स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

Share this news

खरसाङ , (निसं):खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी पुग्न सफल भएको छ। खरसाङ्को भिक्टोरिया खेल मैदानमा भईरहेको स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्ट अन्तर्गत शुक्रवार दुईवटा सेमी फाइनल खेल सम्पन्न भएको छ।

पहिलो सेमीफाइनल खेल आकाशवाणी खरसाङ र मुथुम इलेभेन सिलगढ़ीमाझ सम्पन्न भएको छ। यस खेलमा पहिला ब्याटिङ गर्दै मुथुम इलेभेनले निर्धारित 15 ओभरमा 6 विकेटमा 122 रन बनाएको थियो। 123 रनको लक्ष्यलाई पछ्याउँदै आकाशवाणी खरसाङ 14 ओभर 4 बलमा 84 रन मात्रै बनाएर अल आउट भए। यसको साथै मुथुम इलेभेन सिलगढ़ी फाइनलमा पुग्न सफल बनेको छ।

यस खेलमा मुथुम इलेभेनको बसन्त छेत्री म्यान अफ्‌‍ द म्याच घोषित भए जसले ब्याटिङ्मस 44 रन बनाउनको साथै 2 विकेट पनि लिएका थिए। त्यसरी नै दोस्रो फाइनल खेलमा मन्टिभियट इलेभेनले ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 8 वन विकेटमा 95 रन बनाएका थिए। 96 रनको लक्ष्यलाई खेदो गर्दै डेमोण्ड इलेभेन बोइस सिलगढ़ीले केवल 6 ओभर 4 बलमा नै 1 विकेट गुमाएर लक्ष्य हाँसिल गरेर 9 विकेटले सजिलै विजय बनेका थिए अनि फाइनलमा प्रवेश गरेको छ।

यस खेलमा 16 बलमा 54 रन बनाउने साथै बलिङ्मा पनि 2 विकेट लिने डेमोण्ड इलेभेन बोइसको मञ्जित सिंह म्यान अफ्‌‍ द म्याच घोषित भए। अब आगामी 14 दिसम्बरको हुने फाईनल खेल मुथुम इलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ीमाझ उपाधिको लागि हुने भएको छ। यस दुईवटा सेमी फाइनल खेलमा निर्णायकको रुपमा कबीर राई, अनिल लेप्चा रहेका थिए भने स्कोररको रुपमा अर्पण गुरुङ रहेका थिए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ