Police raid illegal gas cylinder business in Siliguri, shopkeeper arrested

सिलिगुडीमा अवैध ग्यास सिलिन्डर कारोबारमा प्रहरीको छापा, पसले पक्राउ

Share this news

सिलगढी मेट्रोपोलिटिन पुलीसको भक्ति नगर थाना टोलीले अवैध रूपमा ग्यास सिलिन्डर संकलन तथा बिक्री भइरहेको घटनाको पर्दाफास गरेको छ। प्राप्त गोप्य सूचनाका आधारमा पुलीसले इस्टर्न बाइपास क्षेत्रस्थित एक पसलमा गैरकानुनी रूपमा ग्यास सिलिन्डर भण्डारण गरिएको जानकारी पाएको थियो। सूचना प्राप्त हुनासाथ पुलीस टोलीले रातिको समयमा छापा मारेको थियो। छापाका क्रममा वार्ड नम्बर ४० अन्तर्गत पर्ने उक्त पसलबाट घरेलु प्रयोगका ठूला तथा साना ग्यास सिलिन्डर धेरै मात्रामा फेला परेका थिए। पुलीसले त्यहाँबाट ८ वटा घरेलु ग्यास सिलिन्डर र १२ वटा साना सिलिन्डर बरामद गरेको छ। साथै, दुई वटा डिजिटल मेसिन र ग्यास रिफिलिङका लागि प्रयोग हुने दुई वटा नोजलसमेत जफत गरिएको पुलीसले जनाएको छ। यस अवैध कारोबारमा संलग्न रहेको आरोपमा पसल सञ्चालक उत्तम दत्तालाई पुलीसले पक्राउ गरेको छ। उनी सिलगढीको नगर निगमअन्तर्गत वार्ड नम्बर ४१ को शास्त्री नगर क्षेत्रका बासिन्दा रहेको बताइएको छ। पक्राउ परेका दत्तालाई आज जलपाइगडी अदालतमा पेश गरिएको छ।
भक्ति नगर थाना पुलीसले अवैध ग्यास रिफिलिङ कानुनी रूपमा अपराध मात्र नभई स्थानीय बासिन्दाको ज्यानका लागि समेत गम्भीर जोखिम हुने भन्दै यस्ता गतिविधिमाथि निरन्तर निगरानी र कडा कारबाही गरिने स्पष्ट पारेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड