गोर्खाल्याण्ड पुल जनताले राखेका नाम र यो कुनै पोलिटिकल स्टण्ड होइनः आईजीजेएफ

Share this news

खरसाङ,  (मोहन प्रसाद)ः तुङसुङ चिया बगानमा हालैमा बनाइएको गोर्खाल्याण्ड नामक पुल कुनै राजनितिक दलले बनाएको होइन, उक्त पुल त्यस क्षेत्रका जनताले बनाएका हुन्‌‍, जनताले गोर्खाल्याण्ड नाममा कुनै पोलिटिकल स्टण्ड गरेका होइनन्‌‍। जसले पनि पोलिटिकल स्टण्ड रहेको कुरा गरिरहेका छन्‌‍, तिनीहरूले उक्त कुरा बुझ्नु पर्छ भनी इण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय कार्यकारिणी समिति सदस्य नर्बु छिरिङले मन्तव्य प्रकट गरेका छन्‌‍।
खरसाङ्मा हिमालय दर्पणसित बोल्दै नर्बु छिरिङले बताए अनुसार, गत 8 दिसम्बरको बेलुकी जुन प्रकारले पश्चिम बंगालको आबकारी विभागले दार्जीलिङ्को एउटा हेरिटेज रेस्टुरेन्टको बारलाई सील गऱ्यो, साथै त्यसको एक दिन अघि मात्र उक्त बारका मालिक अनि इण्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय एडवर्ड्सको बाहुली बाट तुङ्सुङ चिया बगानमा गोर्खाल्याण्ड नामक पुलको उद्घाटन भएको थियो, यी सबै घटनाक्रम हेर्दा, लक्ष्य गरेर नै बारलाई सील गरिएको देखिएको अनि बुझिएको छ।
तिनले थप जनाए अनुसार, उक्त घटनाको भत्सर्ना केवल तिनको पार्टीका सदस्यहरूले वा समर्थकहरूले मात्र गरिरहेका छैनन्‌‍ तर सामाजिक सञ्जाल मार्फत भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, अखिल भारतीय गोर्खा लीग सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले, व्यक्ति विशेषहरूले, संघ-संस्थाहरूले उक्त घटनाको भत्सर्ना गरिरहेका छन्‌‍।
तिनले यो पनि बताए कि पुलको नाम गोर्खाल्याण्ड राख्दा कसैलाई आपत्ति नहुनु पर्ने हो । छुट्टै राज्य गोर्खाल्याण्ड पहाड़वासीको भिजन हो, सबैको मुटुको धड्कन हो। त्यति मात्र होइन्‌‍ पहाड़मा जुन जीटीए नामक स्वायत्त प्रशासन चलिरहेको छ, उक्त स्वायत्त प्रशासन केन्द्र, राज्य साथै यहाँको राजनीतिक दल गोर्खा जनमुक्ति मोर्चा माझ सम्झौता अनुरुप गठन भएको हो। उक्त स्वायत्त प्रशासन जीटीएमा स्वयं गोर्खाल्याण्ड शब्द रहेको छ। गोर्खाल्याण्ड कुनै असंवैधानिक शब्द वा मांग होइन। यो एउटा संवैधानिक मांग हो।
यस बाहेक कतिपयले विधानसभा चुनाव अघि गोर्खाल्याण्डको नाममा पुलको उद्घाटन गर्नु अनि पुलबाट गोर्खाल्याण्ड नारा लगाउनु एउटा पोलिटिकल स्टण्ड रहेको मन्तव्य प्रकट गरिरहेका छन्‌‍। तिनीहरूले बुझ्नु पर्छ कि उक्त पुलको नाम गोर्खाल्याण्ड त्यस क्षेत्रका मानिसहरूद्वारा राखिएको हो। जनताले पोलिटिकल स्टण्ड गरेका होइनन्‌‍। पहाड़का मानिसहरूको एउटा मात्र प्रमुख मांग गोर्खाल्याण्ड हो । वर्तमानमा चुनाव अघि गोर्खाहरूको राजनीतिक समस्या समाधान गर्नलाई केन्द्र सरकारद्वारा इण्टरलोक्युटर पहाड़मा पठाउने व्यावस्था भइरहेको छ। अर्थात्‌‍ चुनाव अघि गोर्खाल्याण्डको नारा अथवा गोर्खाल्याण्डको नाममा पुल कुनै पोलिटिकल स्टण्ड वा कसैलाई ठेस लाग्ने विषय होइन। गोर्खाल्याण्ड पहाड़वासीको दीर्घकालीन एउटा संवैधानिक मांग हो ।
जुन सिङ्गिङ बारको वैध कागज पत्र नरहेको कुरा भइरहेको छ, यस्ता सिङ्गिङ बार पहाड़ अनि समतलमा धेरै रहेका छन्‌‍। यस्ता सिङ्गिङ बारको सहयोगमा स्थानीय कलाकारहरूलाई कलाको क्षेत्रमा प्रोत्साहन गर्ने कार्य गरेको हुन्छ । दार्जीलिङ्को एउटा हेरिटेज बारलाई सील गर्न आबकारी विभागले कुनै कारण देखाए पनि उक्त समग्र घटनाको क्रमले यही दर्शाएको छ कि लक्ष्य गरेर नै बार सील गरिएको हो । यस्तो कार्य नगर्नु पर्ने थियो । उक्त घटनाको घोर भत्सर्ना गर्दै उक्त घटनाले आफूहरू दुखी रहेको तिनले बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

आजको रोजाइ