पथश्री प्रकल्प अन्तरगत दुई किलोमीटर बाटोको शिलान्यास 

Share this news

बिजनबारी, 13 दिसम्बर(निसं): गोर्खाल्याण्ड टेरिटोरियल एस्मिनिस्ट्रेसन( जीटीए)-को दुई नम्बर समष्टि रेलिङ- कैजले समष्टिको कैजले ग्राम अन्तर्गत बडारेमा बिहीबार र दुई किलोमिटर सडक निर्माण कार्यको थालनी गरियो। कैजले कोलबुङ रोडदेखि झेपी गरसिङे रोडसम्म जोडने बाटोले गाउँका पाँच दर्जनभन्दा अधिक घरधुरी प्रत्यक्ष रूपमा तथा कैजले नयाँ नोर रेलिङ लगायतका गाउँहरुका मानिसहरुलाई झेपी हुदै रिम्बिक-लोधोमा क्षेत्रसगै कैजले एव गोक दुई ग्रामको तल्लो भेगमा आवतजावत गर्न सुविधा हुनेछ। यसको साथमा उक्त परिकल्पनाको निम्ति लगभग एक कडोर सतासी लाखको बजेट आवन्टन गरिएको विभागले जनाएको छ। शिलान्यास कार्यक्रममा जीटीए कृषि विभागीय प्रभारी एव क्षेत्रीय सभासद सतिश पोख्रेल, कैजले ग्राम पञ्चायत  प्रधान प्रमिला लामा ग्रामभरीका विभिन्न वार्ड सदस्यगण, पञ्चायत समिति सदस्य जेबी मगर, भागोप्रमो रेलिङ-कैजले समष्टिका नेतृत्वगण ठेकादार लगायत गाउँवासीहरु बिशेश उपस्थिति थियो। यसैबीच कार्यक्रममा सम्बोधन गर्दै सभासद पोख्रेलले राज्यकी मुख्यमन्त्रीले ग्रामीण भेगको मानिसहरुलाई पुर्वाधार बिकासको निम्ति यस परियोजना शुरु गरेको बताउदै उनीप्रति गाउँवासीहरुको पक्षमा आभारी रहने बताए। यसका साथमा पोख्रेलले गाउँवासीहरुको आवज बन्दै जीटीएका प्रमुख कार्यपाल अनित थापाले परियोजनालाई पास गरिदिएको बताउदै उनीप्रति रेलिङ कैजले समष्टिको जनमानसमा सदैव ऋणी रहने बताए भने केवल रेलिङ कैजले समष्टिमा मात्रै योपटक 26 किलोमिटर भन्दा अधिक बाटो पथश्री-4 प्रकल्प मार्फत थालनी भएको बताए। अर्कोतिर आफुहरुले विगत लामो समयदेखी गाउँसम्म पुग्ने बाटोको माग गर्दै आएको तथा आज यसरी पुरा भएकोमा गाउँवासी उत्साहित भएको गाउँवासीको पक्षमा श्याम छेत्रीले बताए भने उनले गाउँलेहरुको पक्षमा सभासद सतिश पोख्रेल तथा जीटीए कार्यपाल अनित थापाप्रति सदैब  आभारी रहने समेत उनले बताए। याद रहोस्, पथश्री-4 प्रकल्प अनुरुप रेलिङ कैजले समष्टिको विभिन्न गाउँहरुमा लगभग 26 किलोमीटर बाटो निर्माण हुनेछ । जसले गाउँका मानिसहरूलाई यातायात गर्न सुगम मात्रै होइन गाउँमा उत्पादन भएको साग-सब्जी राम्रो मूल्य पाउने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

आजको रोजाइ