पथश्री प्रकल्प अन्तरगत दुई किलोमीटर बाटोको शिलान्यास 

Share this news

बिजनबारी, 13 दिसम्बर(निसं): गोर्खाल्याण्ड टेरिटोरियल एस्मिनिस्ट्रेसन( जीटीए)-को दुई नम्बर समष्टि रेलिङ- कैजले समष्टिको कैजले ग्राम अन्तर्गत बडारेमा बिहीबार र दुई किलोमिटर सडक निर्माण कार्यको थालनी गरियो। कैजले कोलबुङ रोडदेखि झेपी गरसिङे रोडसम्म जोडने बाटोले गाउँका पाँच दर्जनभन्दा अधिक घरधुरी प्रत्यक्ष रूपमा तथा कैजले नयाँ नोर रेलिङ लगायतका गाउँहरुका मानिसहरुलाई झेपी हुदै रिम्बिक-लोधोमा क्षेत्रसगै कैजले एव गोक दुई ग्रामको तल्लो भेगमा आवतजावत गर्न सुविधा हुनेछ। यसको साथमा उक्त परिकल्पनाको निम्ति लगभग एक कडोर सतासी लाखको बजेट आवन्टन गरिएको विभागले जनाएको छ। शिलान्यास कार्यक्रममा जीटीए कृषि विभागीय प्रभारी एव क्षेत्रीय सभासद सतिश पोख्रेल, कैजले ग्राम पञ्चायत  प्रधान प्रमिला लामा ग्रामभरीका विभिन्न वार्ड सदस्यगण, पञ्चायत समिति सदस्य जेबी मगर, भागोप्रमो रेलिङ-कैजले समष्टिका नेतृत्वगण ठेकादार लगायत गाउँवासीहरु बिशेश उपस्थिति थियो। यसैबीच कार्यक्रममा सम्बोधन गर्दै सभासद पोख्रेलले राज्यकी मुख्यमन्त्रीले ग्रामीण भेगको मानिसहरुलाई पुर्वाधार बिकासको निम्ति यस परियोजना शुरु गरेको बताउदै उनीप्रति गाउँवासीहरुको पक्षमा आभारी रहने बताए। यसका साथमा पोख्रेलले गाउँवासीहरुको आवज बन्दै जीटीएका प्रमुख कार्यपाल अनित थापाले परियोजनालाई पास गरिदिएको बताउदै उनीप्रति रेलिङ कैजले समष्टिको जनमानसमा सदैव ऋणी रहने बताए भने केवल रेलिङ कैजले समष्टिमा मात्रै योपटक 26 किलोमिटर भन्दा अधिक बाटो पथश्री-4 प्रकल्प मार्फत थालनी भएको बताए। अर्कोतिर आफुहरुले विगत लामो समयदेखी गाउँसम्म पुग्ने बाटोको माग गर्दै आएको तथा आज यसरी पुरा भएकोमा गाउँवासी उत्साहित भएको गाउँवासीको पक्षमा श्याम छेत्रीले बताए भने उनले गाउँलेहरुको पक्षमा सभासद सतिश पोख्रेल तथा जीटीए कार्यपाल अनित थापाप्रति सदैब  आभारी रहने समेत उनले बताए। याद रहोस्, पथश्री-4 प्रकल्प अनुरुप रेलिङ कैजले समष्टिको विभिन्न गाउँहरुमा लगभग 26 किलोमीटर बाटो निर्माण हुनेछ । जसले गाउँका मानिसहरूलाई यातायात गर्न सुगम मात्रै होइन गाउँमा उत्पादन भएको साग-सब्जी राम्रो मूल्य पाउने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ