28 दिसम्बरदेखि जीटीए अण्डर-17 फ़ुटबल सुरु 

Share this news

पेशोक, 13 दिसम्बर(निसं): बड़ा मंगवा यूथ क्लबको आयोजनामा आगामी 28  दिसम्बरदेखि जीटीए अण्डर-17 फ़ुटबल टूर्नामेन्ट हुन गईरहेको छ, जसको निम्ति खेलमैदानको तयारी युद्धस्तरमा चलिरहेको छ। धेरै बर्षको अन्तराल पछि बड़ा मंगवा खेलमैदानमा फ़ुटबल खेलको आयोजना भव्यताको साथ हुने कुरोले स्थानीयवासीमा हर्षा छाएको छ भने साना देखि वृद्धा-वृद्धा सम्मका खेलप्रेमी मानिसहरुमा फ़ुटबल टूर्नामेंट हेर्ने उत्कट चाहँना रहेको खेलमैदान तयारीको कार्यमा दिलोज्यान दिएर सहयोग दिनेहरुको मनोभाव बात प्रष्ट भएको देखिएको बताइएको छ भने स्थानीय पूर्ण बहादुर छेत्री, क्लबका पदाधिकारीवर्ग लगायत अन्यहरुको मत बाट मानिसहरुमा फ़ुटबल खेल प्रति कतिको माया छ भन्ने अडकल कॉटन सकिन्छ।विगत अस्सीको दशकमा बड़ा मंगवा खेलमैदानमा नामी-नामी खेलाडीहरुले पाईला टेकेर आफ्नो खेल प्रस्तुती दिएर गएको स्थानीयवासी, बुजुर्गहरुको भनाई छ भने स्थानीयहरु मंगमायाको पुरानो खेलकुदको गरिमालाई पुन: फर्काई ल्याएको हेर्न चाँहन्छन। त्यही गरिमालाई पुन: फर्काएर ल्याउन कटिबद्ध रहेको बड़ा मंगवा यूथ क्लबका मुख्य संयोजक देवकुमार छेत्री, सचिव सूरज तिमसिना आदिले बताएका छन भने अब समय नजिकै आएकोले स्थानीयवासीमा उत्साह धेरै बढेको बताए। यता खेल आयोजक बड़ा मंगवा यूथ क्लब पनि मैदानको साफ-सफाई गर्नमा लागि परेका छन भने खेलमैदानको साफ़-सफाई, दर्शकदीर्घालाई सफा गरेर चिटिक्क पारिने कार्य सकिए तापनि अब रंगा पचेराको कार्य पनि गरिनु पर्ने अनि अन्य कार्य पनि बाँकी रहेको क्लबका सचिव तिमसिनाले जनाएका छन् ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ