28 दिसम्बरदेखि जीटीए अण्डर-17 फ़ुटबल सुरु 

Share this news

पेशोक, 13 दिसम्बर(निसं): बड़ा मंगवा यूथ क्लबको आयोजनामा आगामी 28  दिसम्बरदेखि जीटीए अण्डर-17 फ़ुटबल टूर्नामेन्ट हुन गईरहेको छ, जसको निम्ति खेलमैदानको तयारी युद्धस्तरमा चलिरहेको छ। धेरै बर्षको अन्तराल पछि बड़ा मंगवा खेलमैदानमा फ़ुटबल खेलको आयोजना भव्यताको साथ हुने कुरोले स्थानीयवासीमा हर्षा छाएको छ भने साना देखि वृद्धा-वृद्धा सम्मका खेलप्रेमी मानिसहरुमा फ़ुटबल टूर्नामेंट हेर्ने उत्कट चाहँना रहेको खेलमैदान तयारीको कार्यमा दिलोज्यान दिएर सहयोग दिनेहरुको मनोभाव बात प्रष्ट भएको देखिएको बताइएको छ भने स्थानीय पूर्ण बहादुर छेत्री, क्लबका पदाधिकारीवर्ग लगायत अन्यहरुको मत बाट मानिसहरुमा फ़ुटबल खेल प्रति कतिको माया छ भन्ने अडकल कॉटन सकिन्छ।विगत अस्सीको दशकमा बड़ा मंगवा खेलमैदानमा नामी-नामी खेलाडीहरुले पाईला टेकेर आफ्नो खेल प्रस्तुती दिएर गएको स्थानीयवासी, बुजुर्गहरुको भनाई छ भने स्थानीयहरु मंगमायाको पुरानो खेलकुदको गरिमालाई पुन: फर्काई ल्याएको हेर्न चाँहन्छन। त्यही गरिमालाई पुन: फर्काएर ल्याउन कटिबद्ध रहेको बड़ा मंगवा यूथ क्लबका मुख्य संयोजक देवकुमार छेत्री, सचिव सूरज तिमसिना आदिले बताएका छन भने अब समय नजिकै आएकोले स्थानीयवासीमा उत्साह धेरै बढेको बताए। यता खेल आयोजक बड़ा मंगवा यूथ क्लब पनि मैदानको साफ-सफाई गर्नमा लागि परेका छन भने खेलमैदानको साफ़-सफाई, दर्शकदीर्घालाई सफा गरेर चिटिक्क पारिने कार्य सकिए तापनि अब रंगा पचेराको कार्य पनि गरिनु पर्ने अनि अन्य कार्य पनि बाँकी रहेको क्लबका सचिव तिमसिनाले जनाएका छन् ।

Share this news
आजको रोजाइ
पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

आजको रोजाइ