icds inaugration
icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

Share this news

पङ्खाबारी, (निसं): खरसाङ आईसीडीएस प्रोजेक्ट अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायत अन्तर्गत अपर दुधे डम्फेटारमा तरुवा आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो। यस उद्घाटन कार्यक्रम अनलाइन मार्फत राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले कुचबिहारबाट गरिन्‌‍।

यस उद्घाटन समारोहमा क्षत्रीय सभासद्‌‍ कल्पना प्रधान साथै खरसाङ्की सीडीपीओ केलसाङ लमु शेर्पाको हातबाट रिबन काटेर गरियो। यस अवसरमा एरिया सुपरभाइजर ज्योति राई, भागोप्रमो ललित प्रधान साथै कर्मीहरू दिल कुमारी शर्मा, हिमा कुमारी सुब्बा, कल्पना प्रधान, नितु गदाल, सरिता तामाङ साथै मान्ती सुनार अनि स्थानीय उपभोक्ताहरू, गर्भवती महिला, प्रसुती महिला शिशुहरू तथा किशोरी र अन्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत प्रथममा आईसीडीएस भवनको जमीन दाता राजकुमार थापाकी धर्मपत्नी बिरला थापालाई सम्मान जनाइयो भने नानीहरू दिया केसी र अफसाना थामीले नृत्य प्रस्तुत गरेका थिए। समारोहमा ललित प्रधानले यस केन्द्र निर्माण हुनुमा केन्द्रको कर्मी मान्ती सुनार र गाउँका सचेत व्यक्तिहरूको प्रमुख योगदान रहेको जानकारी गराए।

सभासद्‌‍ कल्पना प्रधानले उपोभोक्ताहरूलाई साथै कर्मचारीहरूलाई बधाई दिए। तिनले शिशुको सर्वाङ्गीण विकासको लागि प्रत्येक दिन शिशुलाई आईसीडीएस केन्द्र पठाउने अनि शिशुलाई कुपोषण मुक्त बनाउने सुझाव दिइन्‌‍। कार्यक्रमको अन्तमा सुपर भाइजर ज्योति राईले उपस्थित हुने सबैलाई विभागको पक्षबाट धन्यवाद दिइन्‌‍ अनि यो केन्द्रलाई माया गर्ने आफ्नो घर सम्झेर सधैँ केन्द्रमा आउने सुझाव दिइन्‌‍। कार्यक्रमको सञ्चालन मान्ती सुनारले गरेकी थिइन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ