icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

Share this news

पङ्खाबारी, (निसं): खरसाङ आईसीडीएस प्रोजेक्ट अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायत अन्तर्गत अपर दुधे डम्फेटारमा तरुवा आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो। यस उद्घाटन कार्यक्रम अनलाइन मार्फत राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले कुचबिहारबाट गरिन्‌‍।

यस उद्घाटन समारोहमा क्षत्रीय सभासद्‌‍ कल्पना प्रधान साथै खरसाङ्की सीडीपीओ केलसाङ लमु शेर्पाको हातबाट रिबन काटेर गरियो। यस अवसरमा एरिया सुपरभाइजर ज्योति राई, भागोप्रमो ललित प्रधान साथै कर्मीहरू दिल कुमारी शर्मा, हिमा कुमारी सुब्बा, कल्पना प्रधान, नितु गदाल, सरिता तामाङ साथै मान्ती सुनार अनि स्थानीय उपभोक्ताहरू, गर्भवती महिला, प्रसुती महिला शिशुहरू तथा किशोरी र अन्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत प्रथममा आईसीडीएस भवनको जमीन दाता राजकुमार थापाकी धर्मपत्नी बिरला थापालाई सम्मान जनाइयो भने नानीहरू दिया केसी र अफसाना थामीले नृत्य प्रस्तुत गरेका थिए। समारोहमा ललित प्रधानले यस केन्द्र निर्माण हुनुमा केन्द्रको कर्मी मान्ती सुनार र गाउँका सचेत व्यक्तिहरूको प्रमुख योगदान रहेको जानकारी गराए।

सभासद्‌‍ कल्पना प्रधानले उपोभोक्ताहरूलाई साथै कर्मचारीहरूलाई बधाई दिए। तिनले शिशुको सर्वाङ्गीण विकासको लागि प्रत्येक दिन शिशुलाई आईसीडीएस केन्द्र पठाउने अनि शिशुलाई कुपोषण मुक्त बनाउने सुझाव दिइन्‌‍। कार्यक्रमको अन्तमा सुपर भाइजर ज्योति राईले उपस्थित हुने सबैलाई विभागको पक्षबाट धन्यवाद दिइन्‌‍ अनि यो केन्द्रलाई माया गर्ने आफ्नो घर सम्झेर सधैँ केन्द्रमा आउने सुझाव दिइन्‌‍। कार्यक्रमको सञ्चालन मान्ती सुनारले गरेकी थिइन्‌‍।


Share this news
आजको रोजाइ
अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

सिलिगुडीमा अवैध ग्यास सिलिन्डर कारोबारमा प्रहरीको छापा, पसले पक्राउ

सिलिगुडीमा अवैध ग्यास सिलिन्डर कारोबारमा प्रहरीको छापा, पसले पक्राउ

अप्पर मामरिङ प्राथमिक पाठशाला अनि समाज सुधार समितिको संयुक्त आयोजना बिदाइ समारोह सम्पन्न

अप्पर मामरिङ प्राथमिक पाठशाला अनि समाज सुधार समितिको संयुक्त आयोजना बिदाइ समारोह सम्पन्न

आजको रोजाइ