न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

Share this news

खरसाङ, (मोहन प्रसाद): भारतीय जनता पार्टीका खरसाङबाट दार्जीलिङ जिल्ला (पहाड़) का उपाध्यक्ष आरबी लामाले स्थानीय जीटीए प्रशासन अनि राज्य सरकारको कड़ा आलोचना गर्दै वर्तमानमा यिनीहरूको नीतिको कारण नै चिया श्रमिकहरू यस्तो दयनीय अवस्था पुगेको आरोप लगाएका छन्‌‍।

तिनले राज्य सरकार अनि स्थानीय जीटीए प्रशासनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको केन्द्र सरकारद्वारा अगावै पारित गरिएको न्यूनतम रोजको अधिनियम पश्चिम बंगालको चिया बगानहरूमा लागू गरिएको भए साथै श्रमिकहरूले पाउनु पर्ने सबै सुविधा अनि अधिकारहरू श्रमिकहरूलाई इमान्दारी पूर्वक दिइएको भए सबै मिलाएर चिया श्रमिकको रोज 8 सय रुपियाँ भन्दा पनि धेर हुने थियो भनी बताएका छन्‌‍। तिनले राज्य सरकारले अनि स्थानीय प्रशासनले केन्द्र सरकारद्वारा जारी गरेको न्युनतम रोज ऐन जीटीए क्षेत्र सहित पश्चिम बंगालको अन्य चिया बगानहरूमा झट्टै लागुगरियोस्‌‍ भनी माग गरे। तिनले यो पनि बताए कि तिनको पत्नी एकजना चिया श्रमिक हुन्‌‍। तिनको पत्नीले चिया बगानमा दुःख गरेको तिनले देखेका छन्‌‍। चिया बगानका अन्य दिदी-बहिनीहरूले पनि वर्ष भर बगानमा दुःख गरेका देखेका छन्‌‍।

चिया बगानका श्रमिकहरूको दुःख देखेर तिनले हालैमा कतिपय श्रमिकहरूलाई आफ्नो मन्तव्य राखेका थिए। यदि केन्द्र सरकारद्वारा जारी गरिएको न्यूनतम रोज पहाड़मा लागू भएको खण्डमा साथै श्रमिकहरूले पाउनु पर्ने सबै सुविधा, सहुलियत अनि अधिकार पाए भने श्रमिकहरूको रोज 8 सय रुपियाँ भन्दा पनि धेर हुनेछ । लामाले जीटीएका सत्तारुढ़ दलका नेतृत्वहरूले भाजपालाई भाटा लगाउनु पर्छ भनी भनिरहेका छन्‌‍ तर जनमानसले बुझ्नु पर्छ कि कसलाई भाटा लगाउनु पर्ने हो। केन्द्रमा रहेको भाजपा सरकारले जनहितमा, श्रमिक हितमा, बाटो, पानी, स्वास्थ्य, रोजगार आदि सबै विषयहरूमा करोडौं रुपियाँ यहाँ पठाउने गर्छ तर ती राशिहरूको यहाँ धाँधली अनि दुरूपयोग हुन्छ ।

विकास मूलक कार्यहरूमा यहाँ परसेन्टेज कुरो हुन्छ । जसमा नेतादेखि लिएर विभिन्न वर्गका विभागीय अधिकारीहरू पनि लिप्त रहेका देखिएको छ। चिया श्रमिकको रोजको मुद्दा सहित सबै विषय वस्तुहरूमा यिनीहरुको कारण साधारण मानिसहरूले दुःख भोग्नु परिरहेको छ भनी आरोप लगाउदै भाजपाको पक्षबाट न्यूनतम रोज ऐन लागु गरेर चिया श्रमिकहरूले पाउने विभिन्न सुविधा अनि हक अधिकार श्रमिकहरूले पाएको हुनुपर्ने बताए। लामाले भने, पहाड़का कतिपय नेतृत्वहरूले भाजपा होसियार भन्छन्‌‍, ती नेताहरूले बुझ्नु पर्छ कि भाजपा होसियार नै छ।

आज नरेन्द्र मोदी जस्ता भाजपाका नेतृत्वहरूको कारण अनि होसियारीले नै विश्वमा भारत देश अघि बढ़िरहेको छ। त्यति मात्र होइन, देशको विभिन्न प्रान्तमा भाजपाको जनमत बढ़िरहेको छ। हामी आश्वस्त छौँ कि आउँदो 2026 को विधानसभा चुनावमा भाजपा पश्चिम बंगालमा आउने छ, त्यसपछि सबैलाई भाजपाले पहाड़को हितमा के गर्नेछन्‌‍ भन्ने देखाइने छ।


Share this news
आजको रोजाइ
अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

सिलिगुडीमा अवैध ग्यास सिलिन्डर कारोबारमा प्रहरीको छापा, पसले पक्राउ

सिलिगुडीमा अवैध ग्यास सिलिन्डर कारोबारमा प्रहरीको छापा, पसले पक्राउ

अप्पर मामरिङ प्राथमिक पाठशाला अनि समाज सुधार समितिको संयुक्त आयोजना बिदाइ समारोह सम्पन्न

अप्पर मामरिङ प्राथमिक पाठशाला अनि समाज सुधार समितिको संयुक्त आयोजना बिदाइ समारोह सम्पन्न

आजको रोजाइ