mahanadi high school (1)

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

Share this news

तीनधारे, (निसं): महानदी हाई स्कूलको प्रधान अध्यापक एंव सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइएको छ। टेक्नो इण्डियाद्वारा केही समय अघि कोलकातामा महानदी हाई स्कूलका प्रधान अध्यापक महेन्द्र छेत्रीलाई द्रोणाचार्य अवार्डद्वारा सम्मानित गरिएको थियो। उनको यस अवार्डको लागि महानदी ग्राम पञ्चायतको संसद तीन, सिविटार क्षेत्रका पञ्चायत सदस्य राजीव तामाङ्को तर्फबाट सम्मान जनाइएको छ।

यस अवसरमा उनलाई नवदीप क्लब सिविटारको सदस्य राजेन्द्र प्रधानको बाहुलीबाट खदार्पण र टोपी पहिराइएको थियो। त्यसरी नै समाजसेवी सूर्यनारायण प्रधानको बाहुलीबाट दोसल्ला ओढ़ाइयो भने सम्वर्ध्दना पत्र पञ्चायत सदस्य राजीव तामाङले प्रदान गरेका थिए। नवदीप क्लब सिविटारको सचिव मौसम नेवारले सञ्चालन गरेको कार्यक्रममा पञ्चायत सदस्य राजीव तामाङले वक्तव्य राख्दै प्रधान अध्यापक महेन्द्र छेत्रीलाई द्रोणाचार्य अवार्डको लागि बधाई दिएका छन्‌‍।

उनले महानदी हाई स्कूलबाट माध्यमिक र उच्च माध्यमिक परीक्षामा उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्‌‍। यस कार्यक्रममा डीएचआरद्वारा आयोजित कार्यक्रममा महानदी हाई स्कूलकी दशौँ श्रेणीकी विद्यार्थी शुभेच्छा राईले स्कलरशीपको परीक्षामा उच्च अंक प्राप्त गरेर क्विन अफ्‌‍ हिलको टाइटल जितेकोमा खदार्पण गरेर बधाई दिइएको छ।

कार्यक्रममा सह शिक्षक महेन्द्र छेत्रीले धन्यवाद ज्ञापन गरेका थिए। यसरी सम्मान प्रदान गरेकोमा प्रधान अध्यापक महेन्द्र छेत्रीले पञ्चायत सदस्य राजीव तामाङ साथै उपस्थित सबै ग्रामवासीलाई धन्यवाद दिएका छन्‌‍। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महानदी हाई स्कूलका सह शिक्षक महेन्द्र छेत्रीले विस्तृत जानकारी गराएका छन्‌‍।


Share this news
आजको रोजाइ
अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

सिलिगुडीमा अवैध ग्यास सिलिन्डर कारोबारमा प्रहरीको छापा, पसले पक्राउ

सिलिगुडीमा अवैध ग्यास सिलिन्डर कारोबारमा प्रहरीको छापा, पसले पक्राउ

अप्पर मामरिङ प्राथमिक पाठशाला अनि समाज सुधार समितिको संयुक्त आयोजना बिदाइ समारोह सम्पन्न

अप्पर मामरिङ प्राथमिक पाठशाला अनि समाज सुधार समितिको संयुक्त आयोजना बिदाइ समारोह सम्पन्न

आजको रोजाइ