मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

Share this news

खरसाङ, 10 दिसम्बर (निसं): मजुवा क्षेत्रका युवाहरूलाई खेलकुदप्रति प्रोत्साहन प्रदान गर्दै 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद्‌‍ श्याम शेर्पाले क्रिकेटको जर्सी प्रदान गरे। 28 नम्बर समष्टि अन्तर्गत रहेको मजुवा क्षेत्रका युवाहरूको खेलकुदप्रति लगाव देखिएकोले यसरी क्रिकेटको जर्सी प्रदान गरिएको हो भनी सभासद्ले बताएका छन्‌‍। जर्सी प्राप्त गरेकोमा खुशी प्रकट गर्दै क्षेत्रका युवाहरूले सभासद्प्रति कृतज्ञता प्रकट गर्दै सभासद्ले गुणस्तरको क्रिकेटको जर्सी प्रदान गरेका छन्‌‍ भनी बताएका छन्‌‍। खेलकुदमा सक्रिय रहेका एक युवा समीर राईले जानकारी गराए अनुसार यस भन्दा अधि पनि युवाहरूलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले सभासद्ले क्रिकेटको समानहरू प्रदान गरेका थिए साथै फुटबलको जर्सी र फुटबल पनि प्रदान गरेका थिए। समीर राईले भने, हामी युवाहरूको तर्फबाट सभासद्‌‍ श्याम शेर्पाप्रति आभार प्रकट गर्छौँ अनि धन्यवाद दिन्छौँ। आगामी दिनहरूमा हामी यस क्षेत्रको एउटा राम्रो क्रिकेट टीम बनेर अघि आउइनेछौँ भन्ने हामीलाई विश्वास छ। सभासद्‌‍ श्याम शेर्पाले आफूले क्रिकेटको जर्सी प्रदान गरेको बारेमा बताउदै भने, वर्तमानमा कतिपय युवाहरू नशालु पर्दाथको कुलतमा फँसेर आफ्नो जीवन नष्ट गरिरहेका छन्‌‍। एक युवा कुलतमा पर्नुको असर तिनको परिवार, गाउँ-घर र समाजलाई पनि पर्छ। नाला, बाटो, झोड़ाको समस्यामा मात्र होइन हामीले समाजमा युवाहरूलाई सही दिशामा अघि बढ़ाउन पनि आवश्यक छ। युवाहरू कुन दिशामा जादैछन्‌‍, भन्ने पनि हामीले याद गर्नुपर्छ। युवाहरूलाई खेलकुदमा प्रोत्साहन प्रदान गर्नको निम्ति हामीले विगतमा समष्टिको नगरपालिका अनि पञ्चायत दुवै क्षेत्रमा फुटबलको जर्सी, फुटबल साथै अन्य खेलकुदको समान वितरण गरेका थियौँ। भविष्यमा पनि युवाहरूलाई सही बाटोमा दोहोऱ्याउन अनि खेलकुद, सङ्गीत, कला, शिक्षा क्षेत्रमा प्रोत्साहन प्रदान गर्न सक्दो प्रयास गर्ने छौँ। युवाहरूलाई नशालु पदार्थ सेवनबाट जोगाउन सचेतना मूलक कार्यक्रमहरूको पनि आयोजना गर्नेछौँ। यस कार्यमा हामी पुलिस विभागलाई साथमा लिएर अघि बढ़नेछौँ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ