खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

Share this news

खरसाङ, (निसं): अहिले खरसाङमा चिसो निकै बढ़ेको छ। मंगलवार खरसाङको न्यूनत तापमान 10-11 डिग्री सेल्सियस अनि अधिकतमा तापमान 20-21 डिग्री सेल्सियस मापन गरिएको थियो। दिउँसो घाम लाग्ने गरेकोले मानिसहरूले अधिक जाड़ोबाट केही राहत अनुभव गरिरहेका छन्‌‍ भने रातको समयमा कठ्याङ्ग्रिने जाड़ोको सामना गरिरहेका छन्‌‍। दिसम्बर महिनाको अन्त अनि जनवरी महिनाको आरम्भमा अझ चिसो बढ़ने अनुमान लगाइएको छ। खरसाङ्का अनुभवी व्यक्तिहरू अब एक पल्ट हल्का वर्षा अथवा उच्च स्थानहरूमा हिमपात भएपछि अझ चिसो बढ़ने बताइरहेका छन्‌‍। चिसो मौसम शुरु हुन साथै खरसाङ्का धेरै विद्यालयहरूमा शीतकालिन बिदा भइरहेको छ भने कतिपय विद्यालयहरू अझसम्म सञ्चालनमा रहेका छन्‌‍। कतिपय विद्यालयमा माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएससीको कोचिङ चलिरहेको अथवा विद्यार्थीहरू विभिन्न कोचिङ सेन्टर वा शिक्षक-शिक्षिकाहरू कहाँ ट्युशन पढ़न गाइरहेका छन्‌‍। यसरी कोचिङ क्लास, ट्युशन जाने अनि विद्यालय जाने विद्यार्थीहरूले यो चिसो मौसमको सामना न्यानो लुगा लगाएर गरिरहेका छन्‌‍। चिसो मौसमको कारण वृद्ध-वृद्धा, रोगी, अशक्त, शिशुहरूलाई निकै समस्या भइरहेको थाहा लागेको छ। शरीर तातो राख्नको निम्ति मानिसहरूले न्यानो लुगा, हिटर, ब्लोवर, आगोको सहारा लिइरहेका छन्‌‍ भने यस समय तातो चिया अधिक बिक्री भइरहेको छ। यो शीतकालको जाड़ोदेखि बाँच्नको निम्ति खरसाङ्का निकै मानिसहरू सिलगढ़ी, सिलगढ़ी संलग्न स्थान अनि अन्य स्थानतिर गएका छन्‌‍।


Share this news
आजको रोजाइ
अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

सिलिगुडीमा अवैध ग्यास सिलिन्डर कारोबारमा प्रहरीको छापा, पसले पक्राउ

सिलिगुडीमा अवैध ग्यास सिलिन्डर कारोबारमा प्रहरीको छापा, पसले पक्राउ

अप्पर मामरिङ प्राथमिक पाठशाला अनि समाज सुधार समितिको संयुक्त आयोजना बिदाइ समारोह सम्पन्न

अप्पर मामरिङ प्राथमिक पाठशाला अनि समाज सुधार समितिको संयुक्त आयोजना बिदाइ समारोह सम्पन्न

आजको रोजाइ