Puran became a lieutenant colonel

पुरण याेन्जन आरटीलेरीमा बने भारतीय सेनामा लेफ्टिनेन्ट कर्णल

Share this news

मिरिक नगरपालिका वार्ड सात विशाले रसदल गाउँका पुरण याेन्जन आरटीलेरीमा पदाेन्नति भएर लेफ्टिनेन्ट कर्णल बनेका छन्। भारतीय सेनामा यति माथिल्लो सम्मान जनक पदमा पुगेर मिरिकका छाेरा पुरण याेन्जनले मिरिककाे नाम उच्च पार्नुका साथै देश सेवामा उनकाे याेगदान र समर्पणले पाएकाे याे पदले समग्र गाेर्खा जातिकाे छाती गर्वले फुलिएकाे छ। चियाकमानकाे परिवेशमा हुर्किएका दिलीप याेन्जन अनि मनिला याेन्जनका छाेरा पुरण याेन्जन आमा बाबाकाे लगनशीलताबाट प्रेरित भई, उनले डन बोस्को स्कूल र सेन्ट अल्फोन्सस स्कूल, खर्साङमा उत्कृष्ट प्रदर्शन गरे। त्यसपछि जी.सी. दार्जीलिङबाट गणितमा स्नातक (अनर्स) गरे। उनी सन् २००४ मा भारतीय सेनामा भर्ना भए। पाँच वर्षपछि, उनले आफ्नो कमिसन प्राप्त गरे अनि आइएमए देहरादूनमा ४ वर्षको कठोर प्रशिक्षणपछि निरन्तर अगाडि बढ्दै ८ दिसम्बर २०१२ मा लेफ्टिनेन्टको पदमा कमिसन भए। क्याप्टेनबाट मेजर हुँदै ८ दिसम्बर २०२५ मा आर्टिलरी रेजिमेन्टमा लेफ्टिनेन्ट कर्णेलको पदमा पदोन्नति भएकाे छ।
लेफ्टिनेन्ट कर्णल पुरण याेन्जनकाे पदाेन्नतिमा परिवार पक्षले निजी निवासमा केक काटेर उत्सव पालन गर्दै हर्ष प्रकट गर्दै पुरण याेन्जनलाई वधाइ दिएको छ। लेफ्टिनेट कर्णल पुरण याेन्जनका आपा आमा दिलीप याेन्जन, मनिला याेन्जन, श्रीमती सराेजा याेन्जन, छाेरी यशी याेन्जन अनि परिवारका सदस्यहरूले भारतीय सेनाकाे लेफ्टिनेट कर्णल जस्ताे गरिमामय पदमा पुगेर गाउँ घरकाे नाम उच्च पार्नुका साथै गाेर्खाहरू पनि सेनाकाे उच्च पदमा पुगेर देशकाे सेवा गर्न सक्छन भन्ने उदाहरण पुरण याेन्जनले दिएकाे बताए। उनीहरूले पुरण याेन्जनकाे उक्त उपलब्धिमा सम्पूर्ण परिवार हर्षित रहेकाे बताउँ
दै उनकाे उक्त उपलब्धिमा हामी बधाई दिदछाै भने। उनीहरूले लेफ्टिनेन्ट कर्णल पुरण याेन्जन बनेकाे खबर सुन्दा छात्ती गर्वले फुलिएकाे पनि बताए।


Share this news
आजको रोजाइ
Constitution of India in Nepali: First and Chief Translator Shri Kuber Chandra Dahal

नेपाली भाषामा भारतको संविधान : प्रथम अनि प्रधान अनुवादक श्री कुबेरचन्द्र दाहाल

उत्तर बंगाल मेडिकल कलेज औ अस्पतालमा रोगीको मृत्यु, चिकित्सक-नर्स अनि मृतकका परिवारबीच हातापाईं

उत्तर बंगाल मेडिकल कलेज औ अस्पतालमा रोगीको मृत्यु, चिकित्सक-नर्स अनि मृतकका परिवारबीच हातापाईं

Venezuelan opposition leader María Corina Machado

मचाडोले लिन सकिनन् नोबेल शान्ति पुरस्कार

प्रधानमन्त्री मोदी र स्वास्थ्य मन्त्री नड्डाप्रति बिष्टको कृतज्ञता व्यक्त

प्रधानमन्त्री मोदी र स्वास्थ्य मन्त्री नड्डाप्रति बिष्टको कृतज्ञता व्यक्त

बालअधिकार ऐन र सेवामाथि जागरूकता र संवेदनशीलता कार्यक्रम

बालअधिकार ऐन र सेवामाथि जागरूकता र संवेदनशीलता कार्यक्रम

मत्स्य विभागीय सचिवद्वारा जिल्लामा औपचारिक भ्रमण

मत्स्य विभागीय सचिवद्वारा जिल्लामा औपचारिक भ्रमण

निरङ्कर थापाकृत “मार्साङ”लाई शशिप्रभा स्मृति पुरस्कार दिइने

निरङ्कर थापाकृत “मार्साङ”लाई शशिप्रभा स्मृति पुरस्कार दिइने

नाटक-एक जीवनशैली: ललित तिवारीको रंगमञ्चीय संकल्प

नाटक-एक जीवनशैली: ललित तिवारीको रंगमञ्चीय संकल्प

icds inaugration

आईसीडीएस केन्द्रको नव निर्मित भवनको सोमवार उद्घाटन गरियो

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

आजको रोजाइ