Sinkuna Shramik Mela concludes with various rotak programs
Sinkuna Shramik Mela concludes with various rotak programs

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

Share this news

सिटोङ सरकारी कुलैन बगानको आयोजनामा सम्पन्न भएको दुइदिवसीय सिन्कुना श्रमिक मेला विविध रोचक कार्यक्रमहरुको साथमा समापन भयो। दोस्रो दिनको समारोहमा सिन्कुना बगानका सह निर्देशक पेमा लम्हु भुटिया प्रमुख अतिथिको रुपमा उपस्थित रहेकी थिइन्। लाटपञ्चर जीसीपीका व्यवस्थापक डा० युडेन अङ्गमु योञ्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरुमा गोपाल लामिछाने व्यवस्थापक मुख्यालय सिन्कुना विभाग, डा० विरन्जीत चक्रवर्ती व्यवस्थापक रोंगो, डा० नयन थापा व्यवस्थापक नोडल अफसर मन्सोङ्ग उपस्थित रहेका थिए। यसरी नै डा० देवोस्मिता मुखर्जी मङ्पु, रिना सुब्बा विभागीय अधिकारी मन्सोङ्ग, सान्तानु नायक मङ्पु, डा० बानाज आलम मङ्पु, डा० उज्ज्वल कुलापाती विभागीय अधिकारी गैरीवास, बर्नाली विशवास विभागीय अधिकारी लाब्दा विभाग आदिको उपस्थिति रहेको थियोे।
दोस्रो दिन पनि कफी लगायत अन्य खेतीपाती अनि ट्रपिकल अर्किडको खेतीबारे कार्यशाला सम्पन्न भएको थियोे जसमा शोध व्यक्ति डा० नयन थापा मनसोङ्ग, सुरेन राई साङ्गसे आदिले सिन्कुना श्रमिकवर्गलाई तालिम दिएका थिए। दिनको कार्यक्रममा गीत मादले गीत नृत्यादिसंंगै श्रमिकहरुमाझ विविध रोचक खेलाहरु राखिएको थियोे। जसमा महिलाहरुमाझ टपरी गाँस्ने, वेलेन्स दौड अनि केटाहरुमाझ पिलो फाइट र डोरी तनाई जस्ता रोमाञ्चक खेलाहरु सामेल गरिएको थियोे। आयोजक समितिको पक्षबाट आमन्त्रित विभागीय अधिकारीवर्ग अतिथिगणलाई मायाको चिन्ह प्रदान गरिएको थियोे। छोटो समयमा सबै सिन्कुना श्रमिक संघसंस्थाहरुको सहयोगमा श्रमिक मेला सफलता पूर्वक समापन भएकोमा व्यवसेथापक डा० तिथि दत्तले सम्पूर्णप्रति आभार व्यक्त गरिन्। उक्त कार्यक्रमलाई उदघोषक सेवन सुब्बाले संचालन गरेका थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ