गत अक्टाेबर महिनामा आएकाे विनाशकारी पैह्राेकाे चपेटामा परेर मिरिक बस्ती जसबीर गाउँमा एक दम्पतिकाे ज्यान गएकाे थियाे। पैह्राेमा ज्यान गुमाउने बाबा आमाकाे छाेरी कुन्जु डुक्पालाई बुधबार उत्कर्ष बंगाला पश्चिम बंगाल साेसाइटी फर स्कील डेभलाेपमेन्टबाट पचास हजार रूपियाँकाे चेक प्रदान गरियाे। उक्त पचास हजार रूपियाँकाे चेक मिरिक खण्ड विकास कार्यालयमा पश्चिम बंगाल साेसाइटी फर स्कील डेभलाेपमेन्टका काेषाध्यक्ष पी ब्यानर्जी, सचिव समीम बैद्ध, बीएलएस अनुराधा तामाङ ,मिरिक नारी सेवा समितिकी अध्यक्ष श्रीमती मीना सुब्बा, सदस्य रेश्मी राई आदिकाे उपस्थितिमा मिरिक खण्ड विकास अधिकारी देवतम सरकारले पैह्राेमा ज्यान गुमाउनेहरूकाे छाेरी कुन्जु डुक्पालाई प्रदान गरियाे। यस अवसरमा बाेल्दै मिरिक खण्ड विकास अधिकारी देवतम सरकारले पैह्राेमा ज्यान गुमाउने महिलाले मिरिक नारी सेवा समिति भवनमा उत्कर्ष बंगाला पश्चिम बंगाल साेसाइटी फर स्कील डेभलाेपमेन्टबाट प्रशिक्षण लिइरहेका थिइन्। प्रशिक्षणकाे क्रममा उनकाे पैह्राेमा ज्यान गयाे। यही कारण उनकी छाेरीकाे पढाइ लेखाइकाेलागि उत्कर्ष बंगाला पश्चिम बंगाल साेसाइटी फर स्कील डेभलाेपमेन्टबाट पचास हजार रूपियाँ सहयाेग स्वरूप प्रदान गरिएकाे बताए। साेसाइटीका काेषाध्यक्ष पी ब्यानर्जीले मिरिक नारी सेवा समितिसित आबद्ध भएर हामीले नारी भवनमा विभिन्न प्रशिक्षणहरू प्रदान गरिरहेका छाैं। यस्तैमा एक प्रशिक्षणार्थीकाे पैह्राेमा ज्यान गयाे। यसैले उनकाी छाेरीलाई पचास हजार क्षतिपूर्ति स्वरूप प्रदान गरिएकाे बताए। यता मिरिक नारी सेवा समितिका अध्यक्ष श्रीमती मीना सुब्बा अनि बीएलएस अनुराधा तामाङले पैह्राेमा ज्यान गुमाउने बाबा आमाकाे छाेरी कुन्जु डुक्पालाई बुधबार उत्कर्ष बंगाला पश्चिम बंगाल साेसाइटी फर स्कील डेभलाेपमेन्टबाट पचास हजार रूपियाँकाे चेक प्रदान गरिदिएकाेमा आभार प्रकट गरिन्।










