भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

Share this news

खरसाङ,  (निसं): भारतीय मानवाधिकार एशोसिएसन (एचआरएआई), खरसाङ एकाइको एक प्रतिनिधि टोलीले खरसाङ्का नयाँ महकुमा शासक प्रिया यादवसित भेट गरेर मानव अधिकार अनि सङ्गठनको बारेमा चर्चा गरेको छ। महकुमा शासकलाई तिनकै कार्यकक्षमा एचआरएआईका अध्यक्ष सन्दीप कुमारको नेतृत्वमा गएको टोलीले शिष्टाचार भेट गरी परम्परागत खादा लगाएर स्वागत गरेका थिए। भेटघाटको क्रममा प्रतिनिधिमण्डलले प्रत्येक वर्ष 10 दिसम्बरको दिन मनाइने अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको बारेमा महकुमा शासकलाई जानकारी गराएको थियो। यसै अवसरमा एचआरएआईले आगामी 10 दिसम्बर अर्थात्‌‍ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको दिन खरसाङ बजार क्षेत्रमा सञ्चालन गर्ने जनचेतना अभियानको बारेमा पनि महकुमा शासकलाई अवगत गरायो। उक्त अभियानमा विशेषगरी पसल व्यवसायीहरूलाई विद्यालय उमेरका बाल-बालिका अथवा विद्यार्थीहरूलाई सिगरेट, तम्बाकूजन्य पदार्थ तथा अन्य तम्बाकूजन्य वस्तु नबेच्न सचेत गराउने योजना रहेको पनि प्रतिनिधि टोलीले महकुमा शासकलाई अवगत गराएको छ। प्रतिनिधिमण्डलमा सङ्गठनका राज्य सचिव पङ्कज गुप्ता, खरसाङ समितिका सचिव राजकुमार सिंह, संयुक्त सचिव सरवार आलम, कार्यक्रम सचिव दिव्यतम अधिकारी, उपाध्यक्ष शंकर राउत, संयुक्त कोषाध्यक्ष मोनिका राउत सामेल रहेका थिए। भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। हालै खरसाङ सरुवा भएर आएकी महकुमा शासकले बाल अधिकार संरक्षण तथा सार्वजनिक कल्याणका लागि एचआरएआईले गर्दै आएका प्रयासहरूको प्रशंसा गरिन्‌‍ भनी मिडिया सचिव ज्योति कुमार मुखियाले जनाएका छन्‌‍।


Share this news
आजको रोजाइ
विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

विधायक पामिन लेप्चाद्वारा लसिङ गाउँमा स्वास्थ्य चौकी उद्घाटन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

सिन्कुना श्रमिक मेला विविध रोटक कार्यक्रमहरुको साथमा समापन

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

पैह्राेमा ज्यान गुमाउने दम्पतिकी छाेरीलाई 50,000 काे चेक प्रदान

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

दार्जीलिङको पुबुङकी गोर्खे छोरी साइश्रेया भन्डारी पुगिन् विश्वमञ्चमा

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

सिक्किम दूध संघले तालिमद्वारा डेरी कृषकहरूलाई सशक्त बनायो

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

बलिवुडमा ब्याकग्राउण्डबाट कोरियोग्राफरको रुपमा उदाएकी सुष्मा

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

दार्जीलिङ्ग चिया संकट: श्री हर्ष वर्धन श्रृंगलाले संसदमा व्यक्त गरे चिन्ता

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

सिरियामा सत्तापलटकाे एक वर्ष, के भयो ? के हुँदैछ ?

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

कर नियम उल्लङ्घनको आरोपमा ग्लेनारिजको पब र रेष्टुरेन्ट बन्द

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

मलाई गोर्खाल्याण्ड चाहिन्छ, गोर्खाल्याण्डको नाममा भोट माग्दिन

आजको रोजाइ