भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा

Share this news

खरसाङ,  (निसं): भारतीय मानवाधिकार एशोसिएसन (एचआरएआई), खरसाङ एकाइको एक प्रतिनिधि टोलीले खरसाङ्का नयाँ महकुमा शासक प्रिया यादवसित भेट गरेर मानव अधिकार अनि सङ्गठनको बारेमा चर्चा गरेको छ। महकुमा शासकलाई तिनकै कार्यकक्षमा एचआरएआईका अध्यक्ष सन्दीप कुमारको नेतृत्वमा गएको टोलीले शिष्टाचार भेट गरी परम्परागत खादा लगाएर स्वागत गरेका थिए। भेटघाटको क्रममा प्रतिनिधिमण्डलले प्रत्येक वर्ष 10 दिसम्बरको दिन मनाइने अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको बारेमा महकुमा शासकलाई जानकारी गराएको थियो। यसै अवसरमा एचआरएआईले आगामी 10 दिसम्बर अर्थात्‌‍ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको दिन खरसाङ बजार क्षेत्रमा सञ्चालन गर्ने जनचेतना अभियानको बारेमा पनि महकुमा शासकलाई अवगत गरायो। उक्त अभियानमा विशेषगरी पसल व्यवसायीहरूलाई विद्यालय उमेरका बाल-बालिका अथवा विद्यार्थीहरूलाई सिगरेट, तम्बाकूजन्य पदार्थ तथा अन्य तम्बाकूजन्य वस्तु नबेच्न सचेत गराउने योजना रहेको पनि प्रतिनिधि टोलीले महकुमा शासकलाई अवगत गराएको छ। प्रतिनिधिमण्डलमा सङ्गठनका राज्य सचिव पङ्कज गुप्ता, खरसाङ समितिका सचिव राजकुमार सिंह, संयुक्त सचिव सरवार आलम, कार्यक्रम सचिव दिव्यतम अधिकारी, उपाध्यक्ष शंकर राउत, संयुक्त कोषाध्यक्ष मोनिका राउत सामेल रहेका थिए। भेटघाट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। हालै खरसाङ सरुवा भएर आएकी महकुमा शासकले बाल अधिकार संरक्षण तथा सार्वजनिक कल्याणका लागि एचआरएआईले गर्दै आएका प्रयासहरूको प्रशंसा गरिन्‌‍ भनी मिडिया सचिव ज्योति कुमार मुखियाले जनाएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ