गिद्ध पहाड़स्थित भ्यु पोइन्ट नजिक आज बिहान एउटा चितुवा मृत अवस्थामा फेला

Share this news

खरसाङ, (निसं): खरसाङ्को गिद्ध पहाड़स्थित भ्यु पोइन्ट नजिक आज बिहान एउटा चितुवा मृत अवस्थामा फेला परेको छ। उक्त चितुवा मृत अवस्थामा देखिएपछि स्थानीयहरुले वन विभागलाई खबर गरेपछि उक्त मृत चितुवाको पोष्ट मोर्टम गरिएको र यसको रिपोर्ट केही दिनपछि आउने जानकारी प्राप्त भएको छ। उक्त चितुवाको पोष्ट मोर्टम खरसाङ महकुमा अस्पतालको सहयोगमा गरिएको बताइएको छ। यस विषयमा डीएफओ आईएफएस देवेश पाण्डेले उक्त मृत चितुवाको पोष्ट मोर्टम गरिएको र मृत्युको कारण भीरबाट खसेर हुनसक्ने अनुसन्धानबाट खुलेको बताएका छन्‌‍। उनले यस विषयमा आफुलाई खरसाङ रेञ्जको रेञ्जर अफिसरले जानकारी गराएको पनि बताएका छन्‌‍। यस विषयमा वन विभाग, खरसाङ रेञ्जको रेञ्जर अफिसर मनोजकुमार छेत्रीले बताए अनुसार गिद्ध पहाड़मा एउटा चितुवा मृत पाइएको विषयमा जानकारी प्राप्त भएको र जानकारी पाउनसाथ आधा घण्टाको समयमा नै उक्त मृत चितुवा उद्धार गरेर खरसाङ महकुमा अस्पतालको सहयोगमा पोष्ट मोर्टम गरेर आवश्यक प्रक्रिया शुरु गरिएको जानकारी गराएका छन्‌‍। उनले यो मृत फेला परेको चितुवा फिमेल चितुवा रहेको र लगभग एक वर्षको रहेको पनि जानकारी गराएका छन्‌‍। रेञ्जर अफिसर मनोजकुमार छेत्रीले उक्त चितुवा खानेकुराको खोजीमा जाँदा भीरबाट खसेर मरेको हुनसक्ने सम्भावना रहेको कारण उक्त क्षेत्रमा निक्कै ठूलो चट्टानहरु र भीर रहेको बताएका छन्‌‍। उनले यस क्षेत्रमा बिहान बेलुका मानिसहरु एक्लेै नहिँड्न र एकजना मात्र होइन तर समूहमा नै हिँड़डुल गर्नु पर्ने र यस क्षेत्रमा सुरक्षित रहनु पर्ने साथै चितवाबाट सचेत र सुरक्षित रहने आह्वान गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ