Ram Bishta Abhinandan Granth
Ram Bishta Abhinandan Granth

‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण

Share this news

सांगीतिक जीवनमा स्वर्ण वर्षको सफल यात्रा पूर्ण गरे बापत रमेश बन्धु प्रकाशन, सोनादा तथा जीवन ज्योति फाउन्डेसन, तकदाह टिस्टा भेली क्षेत्रद्वारा ‘राम बिष्ट अभिनन्दन ग्रन्थ’ साथै शुभकामना गीतको लोकार्पण कार्यक्रम स्थानीय पुमोङ जनखेल मैदानमा शनिबार आयोजन गरियो। संगीत, साहित्य अनि समाजका दिग्गज हस्तीहरुको उपस्थितिमा लोकार्पण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो। स्मरण गराइन्छ, राम बिष्ट तिमोथीले वितेको पचास वर्षअघिदेखि सङ्गीत क्षेत्रमा गर्दै आएको योगदान महत्वपूर्ण रहेको छ। उनको योगदानलाई कदर गर्दै उनलाई विभिन्न ठाउँमा विभिन्न सङ्घ-संस्थाहरूले अभिनन्दन जनाइसकेका छन्। पुमोङ क्षेत्रमा जन्मेका राम बिष्ट तिमोथीले ख्रीस्तीय गीतहरूको रचना, सङ्गीतलगायत गायनमा अनगन्ति गीतहरू निर्माण गरेका छन्। उनले आफ्नो क्षेत्रका नवप्रतिभाहरूलाई जुन प्रकारले सङ्गीतको क्षेत्रमा प्रोत्साहित गरिरहेका छन्, त्यसको विशेष महत्व रहेको छ। उनको अभिनन्दन ग्रन्थ अनि शुभकामना गीतको लोकार्पणको लागि विभिन्न ठाउँका संगीत, साहित्य अनि समाजका व्यक्तित्वहरूले उनलाई शुभकामना र वधाइ दिएका छन्। रमेश बन्धु प्रकाशन, सोनादा तथा जीवन ज्योति फाउन्डेसन, तकदाह टिस्टा भेली क्षेत्रले राम बिष्ट तिमोथीको योगदानलाई ध्यान दिएर उनको अभिनन्दन ग्रन्थ अनि शुभकामना गीतको लोकार्पणको कार्यक्रम गरेर एउटा कोशेढुङ्गो स्थापित गरेको जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ