first T10 cricket kursoeng
first T10 cricket kursoeng

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

Share this news

खरसाङ, (निसं)ः खरसाङ महकुमा खेलकुद सङ्घको आयोजनामा यहाँको भिक्टोरिया बोइज स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ बनेको छ। 23 नोभेम्बरदेखि आरम्भ भएको स्व0 इन्दिरा राइनी टी-टेन क्रिकेट लीगको फाइनलमा पहिलो ब्याटिङ गर्दै दार्जीलिङ हिमालयन रेलवेलेका खेलाड़ीहरूले निर्धारित 10 ओभरमा केवल 68 रन मात्र बनाए। 69 रनको लक्ष्यलाई पछ्याउदै डीआईबी खरसाङ्का खेलाड़ीहरूले 9 ओभर 2 बलमा 6 विकेट गुमाएर उक्त लक्ष्यलाई प्राप्त गरे।

डीआईबी दलका अलराउण्ड प्रदर्शन गर्ने अजय प्रधानलाई प्लेयर अभ द सिरिजको पुरस्कारले सम्मानित गरियो। दार्जीलिङ हिमालयन रेलवेका खेलाड़ी शिव छेत्रीलाई फाइनलमा एकल सङ्घर्ष गर्दै 22 रन बनाएकोमा म्यान अफ दी म्याच घोषित गरियो। यसैगरी टुर्नामेन्टको तेस्रो स्थानको निम्ति पनि आकाशवाणी खरसाङ अनि खरसाङ ट्राफिक पुलिसमाझ शुक्रवार खेल सम्पन्न भयो। आकाशवाणी खरसाङ्का खेलाड़ी निर्मल गुरुङ्को एकल 49 रनको सहयोगमा आकाशवाणी खरसाङले खरसाङ ट्राफिक पुलिस टीम समक्ष 1 सय 19 रनको लक्ष्य राखिदिएको थियो।

खरसाङ ट्राफिक पुलिसका खेलाड़ीहरूले निर्धारित 10 ओभरमा केवल 89 रन मात्र बनाउ सके। यसरी यो खेलमा आकाशवाणी खरसाङले खरसाङ ट्रिफिक पुलिसलाई 29 रनले परिजित गरेर टुर्नामेन्टमा तेस्रो स्थान हासिल गरेको छ अनि खरसाङ ट्राफिक पुलिस चौथो स्थानमा रहेको छ। यस खेलको म्यान अफ द म्याच निर्मल गुरुङ भए। तिनलाई प्रतियोगिताको सर्वश्रेष्ट फिल्डरको रुपमा पनि पुरस्कृत गरियो। प्रतियोगिताको सर्वश्रेष्ठ बलरको उपाधि डीआईभी खरसाङ्का रोशन तामाङलवाई चयन गरी पुरस्कार प्रदान गरियो।

फाइनल खेलमा प्रमुख अतिथिको रुपमा खरसाङ शहर चिम्नी देवराली समष्टि सभासद्‌‍ श्याम शेर्पा उपस्थित रहेका तिए भने स्व0 इन्दिरा राइनीको परिवारका सदस्यहरू अनि खरसाङ्का वरिष्ठ अधिवक्ता रमेश अग्रवालको पनि विशेष उपस्थिति रहेको थियो। विजेता दल, उपविजेता दल, तेस्रो स्थान, चौथो स्थानमा रहेका टीम अनि सर्वश्रेष्ठ खेलाड़ीहरूलाई प्रमुख अतिथि, विशेष अतिथि अनि स्व0 इन्दिरा राइनीको परिवारका सदस्यहरूको बाहुलीबाट पुरस्कार, ट्रफी, मेडल प्रदान गरिएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ