स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

Share this news

खरसाङ, (मोहन प्रसाद)ः खरसाङ्मा यथाशीघ्र एउटा स्टेडियमको निर्माण हुनुपर्छ भन्ने मागमाथि जोर दिँदै हालैमा खरसाङ्मा स्थापित खरसाङ स्टेडियम निर्माण कमिटीद्वारा शनिवार खरसाङ बजारमा एउटा सामूहिक हस्ताक्षर अभियानको आयोजना गरियो। यस अभियानमा जनसाधरणहरू संगै भारतका महिला फुटबल टिमका प्रमुख कोच क्रिस्पिन छेत्रीले पनि आफ्नो सहभागिता दर्शाउँदै हस्ताक्षर गरे अनि खरसाङ्मा स्टेडियम निर्माणको मागमाथि जोर दिए।
यस अवधि पत्रकारहरूद्वारा सोधिएकोमा क्रिस्पिन छेत्रीले बताए अनुसार, खरसाङ्मा आयोजित यस हस्ताक्षर अभियान मार्फत्‌‍ तिनले खरसाङ्मा एउटा स्टेडियमको आवश्यक रहेको अनि सोही अनुरूप यहाँ स्टेडियम निर्माण हुनुपर्छ भनी माग बल दिएको बताए । तिनले थप बताए अनुसार, खरसाङ्मा स्टेडियमको निर्माण केवल तिनको निम्ति मात्र होइन तर समस्त खरसाङ्का खेलाड़ी, आउँदो पिँढ़ीको निम्ति हो। दार्जीलिङ, कालेबुङ यहाँसम्म कि मिरिकमा पनि खेल मैदानहरू रहेका छन्‌‍ तर दुःखको विषय खरसाङ्मा खेल्नको निम्ति कुनै खेल मैदान नै छैन । यो हस्ताक्षर अभियान अन्तर्गत खरसाङ्मा स्टेडियम निर्माणमाथि जोर दिँदै सम्बन्धित निकायको ध्यान आकर्षण गर्नको निम्ति एउटा पहल शुरु गरिएको तिनले बताए। तिनले आफू खरसाङबाट नै रहेको अनि वर्तमानमा भारत देशलाई फुटबल खेलमा प्रतिनिधित्व गरिरहेको बताउदै स्टेडियम निर्माणको कति महत्व रहेको भन्ने बारेमा क्रिस्पिन छेत्रीले भने, कुनै कलालाई अगाड़ि बढ्नको निम्ति पूर्वाधार चाहिन्छ भन्ने पनि छैन तर यसरी पूर्वाधार बन्यो भने भावी पिँढ़ीलाई एउटा व्यवस्थित प्रकारले अघि लान सकिन्छ। स्टेडियम निर्माणले केवल फुटबल खेलाडीहरूलाई मात्र होइन तर सबै खेललाई नै एउटा व्यवस्थित प्रकारले अघि लान धेरै सहयोग मिल्नेछ।
सामूहिक हस्ताक्षर अभियान कार्यक्रम अन्तर्गत पत्रकारहरूसित बोल्दै, स्टेडियम निर्माण कमिटीका उपाध्यक्ष सञ्जय छेत्रीले उक्त मांग धेरै पुरानो मांग रहेको बताउँदै अब जबर्जस्ती भए पनि खरसाङ्मा स्टेडियम निर्माण गर्नु सक्नु पर्छ भन्ने विषयमा जोर दिए। तिनले भने, दार्जीलिङ, कालेबुङ अनि मिरिकमा पनि खेल मैदान छ, तर खरसाङ्मा अहिले पनि खेल मैदान छैन। खरसाङ्मा स्टेडियमको मागमा धेरै पत्रचारहरू भइसक्यो, धेरै चर्चा भइसक्यो, अब जबर्जस्ती भए पनि स्टेडियम निर्माण गर्न तर्फ कमिटीले कार्य शुरु गरिसकेको छ। तिनले यो पनि जनाए कि खरसाङ्मा सठीक खेल मैदान नहुँदा पनि खरसाङले धेरै उच्च स्तरका खेलाड़ीहरूलाई अघि ल्याइसकेको छ भने स्टेडियम निर्माण भएपछि अझ धेर उच्च स्तरका खेलाड़ीहरूलाई अघि ल्याउन सकिनेछ।
अर्कोतर्फ मीडिया मार्फत्‌‍ कमिटीका अध्यक्ष छिरिङ खाईबाले आउँदो 2026 को विधानसभा चुनाउ अघि नै खरसाङले एउटा स्टेडियम पाएको हुनुपर्छ भन्ने मागमा कमिटी लागि परिरहेको बताए। त्यति मात्र होइन, जुन राजनीतिक दलले वा नेतृत्वले खरसाङ्मा स्टेडियम निर्माणको निम्ति कार्य गर्नेछ, उक्त दल अनि नेतृत्वलाई कमिटीले आउँदो चुनावमा अवश्य समर्थन दिनेछ भनी तिनले बताए। तिनले स्टेडियम निर्माण माथि जोर दिँदै कमिटीले आउँदो दिनमा विविध कार्यक्रमहरूको आयोजन गर्ने, कमिटीका लीगल एडभाइजर एचडब्लु लामा अनि वरिष्ठ अधिवक्ता सपना राईले पनि मीडिया मार्फत्‌‍ स्टेडियम निर्माण माथि जोर दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ