गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

Share this news

खरसाङ, (निसं)ः गोरामुमो खरसाङ ब्राञ्च कमिटीको आयोजनामा यहाँको गोर्खा जनपुस्तकालय भवनको टीएस गुरुङ मञ्चमा 21 औँ छैटौँ अनुसूची सम्झौता दिवस पालन गरियो। ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको यो कार्यक्रममा गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रवक्ता भूपेन गुरुङले स्वगत वक्तव्य राखेका थिए। गोरामुमोका संस्थापक तथा पूर्व अध्यक्ष स्व0 सुवास घिसिङ्को तस्वीर अघि धुप-दीप, फूल-माला र खदार्पणपछि आरम्भ भएको यो कार्यक्रमलाई गोरामुमो खरसाङ टाउन समिटी सचिव भूषण देवानले सञ्चालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रूपमा गोरामुमो केन्द्रीय समिति कोषाध्यक्ष पारस गुरुङ उपस्थित रहेका थिए भने प्रमुख वक्ताको रुपमा पूर्व विधायक एवं गोरामुमो केन्द्रीय समिति नेता एनबी छेत्री, गोर्खा राष्ट्रिय भूतपूर्व सैनिक सङ्गठनका केन्द्रीय संयोजक अशोक गोले, गोरानासं केन्द्रीय सदस्य अमृता थापा, गोरायुमो केन्द्रीय समिति संयोजक आनन्द राई, गोरामुमो खरसाङ ब्राञ्च कमिटी महासचिव युद्ध छेत्री, खरसाङ टाउन कमिटी अध्यक्ष सञ्जय छेत्री, गोरामुमो, गोरायुमो, गोरानासंका केन्द्रीय समिति, खरसाङ ब्राञ्च कमिटी, टाउन समिटी विभिन्न समष्टि कमिटीका अन्यान्य नेतृत्व अनि कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। आफ्नो स्वागत भाषणको क्रममा भूपेन गुरुङले 2005 मा छैटौँ अनुसूचीको विरोध भएकोले गोर्खाहरूले अहिले दुःख पाएको बताउदै भारत सरकार, राज्य सरकार अनि गोरामुमो अध्यक्ष सुवास घिसिङ्माझ छैटौँ अनुसूचीको निम्ति सम्झौता भएको 6 दिसम्बर ऐतिसाहित दिन हो भने। कार्यक्रममा बोल्दै गोरायुमो केन्द्रीय समिति संयोजक आनन्द राईले छैटौँ अनुसूचीको विरोध गर्ने, 2017 को आन्दोलन गोरामुमोले चिठ्ठी लेखेर रोक्यो भन्नेहरूले आफ्नै भूमिमा आउँदा रोहिणीमा टोल ट्याक्स तिरेर आउन पर्ने बनाए भनी दुःख प्रकट गरे। तिनले भने, अब विमल गुरुङ, दावा पाखरीन, अजय एडवर्ड, आरबी राई, हर्क बहादुरहरूले छैटौँ अनुसूची भन्न पर्छ। कसैले गोर्खाल्याण्ड, कसैले यूटी, कसैले 11 जातगोष्ठी, कसैले झोड़ा-नाला भनेकाले इन्टरलोक्युटर पनि कनफ्युज भइसके। हामी एक छैनौँ, एक हुन पर्छ। राईले अघि भने, हामीले नेपाली शब्द चलाउन हुँदैन। गोर्खा र नेपालीमा फरक छ, हामी भारतीय गोर्खा हौँ। यसैले दार्जीलिङ गोर्खा हिल काउन्सिल सुवास घिसिङले ल्याए। भारतीय गोर्खा सङ्घ भन्दा सुहाउछ तर अखिल भारतीय नेपाली सङ्घ सुहाउदैन। यहाँ नेपाली भन्दा मर्का खाइन्दैछ। अहिले सबैले छैटौँ अनुसूची भन्दैछन्‌‍, छैटौँ अनुसूचीको निम्ति सबैले गोरामुमोलाई सहयोग गर्न पर्छ। किनकी छैटौँ अनुसूचीको एमओएसमा सही गर्ने गोरामुमो अध्यक्ष स्व0 सुवास घिसिङ हुन्‌‍। चिया बगानको जग्गा लिज होल्ड ल्याण्ड हो, हामी धेरै भेस्ट ल्याण्डमा बसिरहेका छौँ। सुवास घिसिङले यो भूमिलाई छैटौँ अनुसूची अन्तर्गत गोर्खाको नाममा रजिस्ट्रेशन गराएका हुन्‌‍। दोगोपाप कालमा राज्यका मुख्यमन्त्री यहाँ आउँदा मे आई कम इन्‌‍ सर, भन्न पर्थ्यो। जीटीएमा त्यस्तो छैन, सबै तलबाट चल्छ। दागोपाप मार्फत 243 (एम) ले सुरक्षा प्रदान गरेको यो जग्गा हो। कार्यक्रममा बाल कलाकार प्रणामी शर्माले नृत्य प्रस्तुत गरेका थिए भने धन्यवाद ज्ञापन भूषण देवानले राखेका थिए।


Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ