लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

Share this news

पङ्खाबारी, (सुवास छेत्री): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, लङ्भ्यू खण्ड समितिको आयोजनामा शनिवार यहाँको भेलाकूप सार्वजनिक भवनमा यहाँको केराबारीस्थित साई मन्दिरदेखि भेलाकुप गाउँसम्म पुग्ने पक्की सड़कको शिलान्यास, लङ्भ्यू उपस्वास्थ्य केन्द्र अनि पङ्खाबारी रामहट्टी सार्वजनिक भवनको उद्घाटन समारोह सम्पन्न गरियो।

यस समारोहमा मुख्य अतिथिको रूपमा जीटीए प्रमुख कार्यपाल अनित थापाको उपस्थिति रहेको थियो। त्यसबाहेक समारोहमा विशिष्ट अतिथिको रूपमा भागोप्रमो केन्द्रिय समिति महासचिव अमर लामा, क्षेत्रिय सभासद कल्पना प्रधान, मनोनित सभासद प्रणाम रसाइली, खरसाङ पञ्चायत समिति सभापति अनु प्रधान, पार्टीको पङ्खाबारी लङ्भ्यू अम्बटे समष्टि सचिव ललित प्रधान, केन्द्रिय समिति सदस्य एवम्‌‍ सन्त मेरिज तीन ग्राम पञ्चायत उपप्रधान सन्तोष तामाङ लगायत पार्टीका खण्ड समिति, केन्द्रिय समिति, शाखा प्रतिनिधिहरू, विभागीय अभियन्ताहरू उपस्थित थिए।

समष्टि सभापति तथा सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनको सभापतित्वमा सम्पन्न समारोहलाई ब्लक सभापति नयस लामा, क्षेत्रिय सभासद कल्पना प्रधान, अमर लामा अनि मुख्य कार्यपाल अनित थापाले सम्बोधन गरेका थिए। जिनोद परियारले सञ्चालन गरेको समारोहलाई सम्बोधन गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले लङ्भ्यू चियाबारीको दीर्घ दिनदेखिको समस्या समाधान गर्न सबै राजनीतिक दलहरूलाई एकबद्ध हुने आह्वान गरे। तिनले लङ्भ्यूमा यहाँका मालिकहरू श्रमिकहरुलाई धेरै दुःख दिइरहेका छन्‌‍।

श्रमिकहरूले आफूले गरेको कामको ज्याला पनि भिख मागेको जस्तो गरेर माग्नु परिरहेछ। यो अतिनै दुःखलाग्दो कुरा हो भन्दै तर यसको निम्ति यहाँ कुनै राजनीति नगरेर सबैलाई एउटै मञ्चमा आएर आफ्नो अधिकारको निम्ति लड्ने आह्वान गरे। थापाले आफ्नो अधिकार खोज्दा कमान बन्द गर्छ भने गरोस्‌‍, कम्तीको पनि यहाँका मानिसहरू स्वनिर्भर त हुन्छन्‌‍ भन्दै अब हाम्रो श्रमिकहरूले कुनै पनि अवस्थामा यहाँ दुःख पाउनु हुँदैन भनी लाखेस गरे। तिनले लङ्भ्यू क्षेत्रमा जीटीए अनि पञ्चायत मार्फत धेरै विकासका कार्यहरू भएको दावी गर्दै साङ्गठनिक कार्यहरू पनि हाल गठित ब्लकको नयाँ प्रतिनिधिहरू मार्फत खुबै असल ढङ्गमा भइरहेकोमा सबै लङ्भ्यूवासीलाई बधाई दिए।

तिनले यस्ता विकासका कार्यहरू हुँदै गर्छन्‌‍ तर यसको निम्ति सबै एकता सूत्रमा बाँधिएर ब्लक एवम्‌‍ समष्टिका प्रतिनिधिहरूलाई सहयोग गर्ने आग्रह पनि गरे। सभासद कल्पना प्रधानले जीटीए प्रमुखको पहलमा लङ्भ्यू क्षेत्रमा धेरै विकासका कार्यहरू भएको जनाउँदै यसको निम्ति तिनले आभार प्रकट गरिन्‌‍। अनित थापा यथार्थको राजनीति गर्ने व्यक्ति भएकोले आज उनका कार्यहरू सबै यथार्थमा परिणत भइरहेको जनाइन्‌‍।

प्रधानले पनि लङूभ्यू चियाबारीको अवस्था प्रति चिन्ता व्यक्त गर्दै तर यसको समाधान यहाँ विस्तारै भइरहेको औ आगामी दिनमा पूर्ण रूपले हुनेछ भनी आशा व्यक्त गरिन्‌‍। तिनले यहाँको समस्या समाधानको निम्ति मालिकवर्गसँग लगातार रूपमा सम्पर्क स्थापित गरिरहेको पनि जनाइन्‌‍। यसै अवसरमा क्षेत्रिय सभासद कल्पना प्रधान,अनित थापा ,जीटीए आइडलमा सर्वश्रेष्ठ पाँचौँ स्थानमा पुग्ने समष्टि प्रतियोगी सुजता लामगादे अनि अमर लामालाई ब्लकको पक्षबाट सम्मान जनाइयो भने पङ्खाबारी रामहट्टी समाजको पक्षबाट पनि सभासद कल्पना प्रधान अनि अनित थापालाई सम्बर्द्धना जनाइयो। समारोहपछि ब्लक सभापति नयस लामाले यहाँ यसरी विकासका कार्यहरू सम्पन्न गर्न सहयोग प्रदान गरिदिएकोमा जीटीए प्रमुख अनित थापा अनि सभासद कल्पना प्रधानप्रति आभार प्रकट गरे।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ