राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

Share this news

खरसाङ, (निसं)ः राष्ट्रिय राजमार्ग 55 निकै अघि राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन। यसैले साधरण मानिस अनि पर्यटकहरू अन्योलमा छन्‌‍। कतिपय साधरण मानिसहरूले राष्ट्रिय राजमार्ग 55 110 भएको विषयलाई अहिलेसम्म थाहा नपाएको बताएका छन्‌‍ भने कतिपयले यो विषयलाई पत्यार दिएका पनि छैनन्‌‍। हिलकार्ट रोड त्यसपछि तेञ्जिङ नोर्गे पथ सिलगढ़ीदेखि दार्जीलिङसम्मको लगभग 76 किलो मिटर लामो यो सड़क 1986 को आन्दोलनपछि दागोपाप कालमा गोरामुमो नेता सुवास घिसिङ्को मागपछि राष्ट्रिय राजमार्ग 55 भएको हो। यो सड़क अहिले राष्ट्रिय राजमार्ग 110 भइसकेको छ भने केही महिना अघिदेखि सांसद राजु विष्टको प्रयासमा यो मार्ग पश्चिम बंगालको पीडब्लुडी विभागको राष्ट्रिय राजमार्ग विभागबाट राष्ट्रिय राजमार्ग एवं अवसंरचना विकास निगम लिमिटेडको अधिनमा गएको छ। तथापि यस रोडको विभिन्न स्थानमा लेखिएको राष्ट्रिय राजमार्ग 55 को साईन बोर्डलाई अझसम्म बद्ली गरिने काम भएको छैन। धेरैले अझ पनि यो सड़कलाई राष्ट्रिय राजमार्ग 55 नै ठान्ने अनि भन्ने गरेका छन्‌‍। कतिपय संघ-संस्था अनि व्यक्तिहरूले निवेदन अथवा विज्ञप्ति लेख्दा अझ पनि राष्ट्रिय राजमार्ग 55 नै लेख्ने गरेका छन्‌‍। खरसाङ्को एउटा धार्मिक अनि सामाजिक संगठनका प्रतिनिधिलाई यो सड़क अहिले राष्ट्रिय राजमार्ग 110 भएको छ भनी अवगत गराउँदा आश्चर्च प्रकट गर्दै अहिलेसम्म आफूले राष्ट्रिय राजमार्ग 55 नै हो भन्ने ठानेर विज्ञप्तिमा पनि राष्ट्रिय राजमार्ग 55 नै लेखेको बताए। यसरी सड़क राष्ट्रिय राजमार्ग 55 बाट राष्ट्रिय राजमार्ग 110 भएको भए सूचनाहरू प्रकाशित गर्न पर्ने हो। सड़कको ठाउँ-ठाउँमा लेखिएको बोर्डहरू परिवर्तन गर्नु पर्ने हो तर अहिलेसम्म त्यस्तो कहीँ देखिएको छैन। यसैले हामी जस्ता सर्वसाधरण यस विषयमा कसरी अवगत हुने? खरसाङ घुम्न आएका कतिपय पर्यटकहरूले पनि यो सड़कलाई राष्ट्रिय राजमार्ग 55 नै भन्ने गरेका पाइएको छ। खरसाङ आएका कतिपय पर्यटकले आफूहरू रोहिणी रोड बन्द भएकोले राष्ट्रिय राजमार्ग 55 हुँदै खरसाङ आइपुगेको बताएका छन्‌‍। राष्ट्रिय राजमार्ग 55 राष्ट्रिय राजमार्ग 110 भएको कुरो जानकारी नरहेको अझ पनि कतिपयले बताउने गरेका छन्‌‍। हिमालय दर्पणको जनसाधरण अनि पर्यटकहरूको अन्योलतालाई प्रकाशमा ल्याइसकेको भए तापनि अझसम्म यस मार्गमा लगाइएका पुरानो साईन बोर्ड परिवर्तन गर्ने काम गरिएको छैन। अघिको राष्ट्रिय राजमार्ग 55 र वर्तमानको राष्ट्रिय राजमार्ग 110 मा लगाईएका यस्ता साईन बोर्डहरू परिवर्तन गर्नु पर्ने आवश्यकता देखिएको छ।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ