Thekchen Namdroling Gompa will begin at Marma Tea Farm
Thekchen Namdroling Gompa will begin at Marma Tea Farm

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

Share this news

मिरिक महकुमाको मरमा चियाबारीमा खेन रिम्पोछे फूर्बा दोर्जेको पहलमा शुरू भएको थेकचेन नामद्रोलिङ गोम्पा निर्माण कार्य पुन:शुरू हुने भएको छ। उनको विगत ९ सेप्टेम्बर २०१८ को दिन मरमा चियाबारीको भ्रमण हुँदा मरमाका बौद्ध धर्मवलम्बीहरूले उनकै पहलमा क्षेत्रमा गोम्पा निर्माण हुनु पर्छ भन्ने उद्देश्य राखेर एउटा कमिटी गठन गरिएको थियो भने सोही कमिटीले १८ दिसम्बर २०१९ को दिन उनलाई आमन्त्रित गरेर गोम्पा निर्माण कार्य शुरू गर्ने जमर्को गरिएको थियो। तर कोरोना संक्रमणको कारण गोम्पा निर्माण पुरा हुन नसके तापनि सो कार्यलाई २३ मार्च २०२१ मा उनीसँगकै सम्पर्कमा रहेर निर्माण कार्य अघि बडाउने कुरोलाई मध्यनजर गर्दै मार्च २०२२ देखि निर्माण कार्य अघि बडाएको गोम्पा निर्माण कमिटीले जानकारी गराएको छ। जसका लागि शिक्षक ललित प्रधान, स्वर्गीय पञ्चकुमार सुब्बा अनि ज्ञान दास देवानले जमिन दान गरेपछि भुमि औ भुमि सुधार विभाग मिरिकबाट गोम्पाको जमिनको कागज पत्र पनि बनाएको बएाइएको छ। यसरी नै गोम्पाको हालसम्मको ढाँचा निर्माण हुनुमा सम्पुर्ण मरमावासी तथा सहयोगीहरूको ठूलो योगदान रहेको बताइएको छ। गोम्पा निर्माण कार्यमा विविध वाधा आइरहेकोबीच आज खेन रिम्पोछे फूर्बा दोर्जेले आज गोम्पा निर्माण भइरहेको परिसरको स्थलगत भ्रमण पनि गरेका थिए। यसक्रममा गुब्बा निर्माण कमिटी अध्यक्ष अमिन बोम्जन, सचिव विकास लामा, सह सचिव सुदिप पाख्रिङ, कोषाध्यक्ष असिता तामाङ, सल्लाहकारहरू नुरेस तामाङ, पेम्बा मोक्तान, सरिता तामाङ लगायत स्थानीय बौद्ध धर्मवालम्बीहरूको व्यापक उपस्थिति रहेको थियो भने रिम्पोछेलाई सबैले श्रद्धा लगाएर स्वागत जनाएका थिए।
गोम्पा निर्माण कमिटीका सदस्यहरूले मरमा चियाबारीमा गोम्पा निर्माणले केवल वौद्ध धर्मवलम्बीहरूको लागि मात्र नभएर सम्पुर्ण धर्ममा आस्था राख्ने व्यक्तिहरूलाई टाडा जान नपर्ने बताएका छन्। विशेष गरि विरामी तथा वयोवृद्धाहरूका लागि धेरै सहज हुने उनीहरूले बताएका छन्। तथापि गोम्पा निर्माणमा धेरै लागत लाग्ने हुनाले सहयोगी मनहरूलाई सहयोग गरिदिने आह्वान पनि गरिएको छ। जसका लागि 80015 60879 /9547287581/8494062720 नम्बरहरूमा सम्पर्क गर्न सकिने बताइएको छ। उनीहरूले गोम्पा निर्माणका लागि विभिन्न राजनीतिक दलका नेतृवहरूसँग गुहारको माग गरे तापनि हालसम्म कुनै सहयोग प्राप्त नभएको बताएका छन्। तर एडवर्ड फाउण्डेशनबाट भने सिमेन्ट सहयोग गरिदिने आश्वसन दिएको पनि बताएका छन्। यसरी नै खेन रिम्पोछे फूर्बा दोर्जेले पनि गोम्पा निर्माणका लागि ५० हजार रूपियाँ प्रदान गरेको पनि जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ