हिमालय इनिशिएटिवको एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम

Share this news

दार्जीलिङ, 4  दिसम्बर(निसं): एट्री-ले कञ्चनजङ्गा परिदृश्यका लागि दीर्घकालिन जैविक विविधता र सामाजिक- पारिस्थितिक अनुगमन निर्देशनहरु तयार गर्न बहुविषय विशेषज्ञहरूलाई एकत्रित गर्दै अशोका ट्रस्ट फर रिसर्च इन इकोलोजी एण्ड द इनभाइरोमेन्ट (एट्री), द हिमालय इनिशिएटिवले एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम अन्तर्गत गान्तोकमा गत 28-29 नोभेम्बरमा दुई दिने कार्यशाला आयोजित गरी कञ्चनजङगा परिदृश्यका लागि दीर्घकालिन जैविक विविधता र सामाजिक-पारिस्थितिक अनुगमन दिशानिर्देशन तयार गरेको छ।
यस कार्यशालाले सिक्किम-दार्जीलिङ पहाड़का 13 संस्थाका 16 विशेषज्ञ, 20 जना शोधकर्ता तथा विधार्थीहरू, जसमा इकोलोजिस्ट, संरक्षणकर्मी,सामाजिक वैज्ञानिक, वन अधिकारी अनि अन्यशैक्षिकक्षेत्रका विषयगत विशेषज्ञहरूलाई एकजुट ल्याएर  बहु-विशेषगत दल निर्माण गरेकोछ।
आमन्त्रित विशेषज्ञहरुमा डा. टी. गणेश अनि डा. आर. गणेशन(एट्री, बैंग्लोर), डा. कैलाश गैरा( जीबिएनआइएचई, सिक्किम), डा. रिञ्जि लामा( नर्थ बेङ्गल विश्वविद्यालय, दार्जिलिङ), डा. बोनिता प्रधान( सिक्किम मनिपाल विश्वविद्यालय), डा. राकेश बस्नेत( फरेस्ट एण्ड इनभाइरोमेन्ट डिपार्टमेन्ट, गार्मेन्ट अफ सिक्किम), डा. याङछेनला भुटिया(डिपार्टमेन्ट अफ साइन्स एन्ड टेक्नोलोजी, गार्मेन्ट अफ सिक्किम), डा. रितेश बिश्व(गोरुबथान गार्मेन्ट कलेज, कालिम्पोङ), डा. साइबल सेनगुप्ता( हिमालयन सोसाइटी फर नेचर एण्ड साइन्स, दार्जीलिङ ), डा. आदित्य मोक्तान अनि डा. सुभाङ्कर गुरुङ( सिक्किम अल्पाइन विश्वविद्यालय), डा. प्रेरणा डकाल अनि  जोन भुटिया( नर बहादुर भण्डारी गार्मेन्ट कलेज, सिक्किम), अथर्व सिङ्गा( वर्ल्ड वाइड फण्ड, सिक्किम),  राजेन्द्र गुरुङ( इकोटुरिजम एण्ड कन्जरभेशन सोसाइटी अफ सिक्किम अनि  डुपजाङ्ग लेप्चा( राजीव गाँधी विश्वविद्यालय) थिए भनी एट्री आधिकारिक सुत्रले जानकारी गराएकोछ।
भनी एट्री आधिकारिक सुत्रले जानकारी गराए अनुसार, एट्री, द हिमालयन इनिशिएटिव दलबाट डा. नकुल छेत्री( असोसिएट डाइरेक्टर), डा. सुनिता प्रधान, डा. सैलेन्द्र देवन,  आदित्य प्रधान, डा. मालाभिका नारायणा, डा. अवन्तिका थापा,  साङ्गे भुटिया,  आश्विन छेत्री अनि अन्य सहायक कर्मचारीहरु थिए।
यो दुई दिने कार्यक्रमको उद्देश्य हिमालयको सबैभन्दा विविध र सम्वेदनशील  क्षेत्र, कञ्चनजङ्गा परिदृश्यमा पारिस्थितिक परिवर्तनबुझ्नको लागि एकीकृत रुपरेखा सृजना गर्नु थियो। हाम्रो क्षेत्रको व्यापक रुपमा अध्ययन गरिएको छ तरपनि यसमा अझै पनि समन्वयित दीर्घकालिन अनुसन्धानको कमी छ, जसले पहाड पारिस्थितिक प्रणालीको जटिल गतिशीलता बुझ्नमा सहयोग गर्ने छ , जसले यो कार्यशाला सामयिक र आलोचनात्मक दुवै बनाए भन्ने कुरालाई एट्रीले जोड दियो। पहिलो दिनमा, विशेषज्ञहरूले परिदृश्यलाई असर गर्ने विभिन्न ड्राइभर्स अफ चेन्ज- बारे छलफल गरे। मुद्दाहरु जस्तै वन विनाश, परिवर्तनशील कृषि अभ्यासहरु, जङ्गली जनावरको ढाँचा परिवर्तन, पर्यटक मार्फत दबाव, प्रदूषण र परम्परागत ज्ञान प्रणाली लुप्त हुदै गएको  जस्ता बढ़्दो चिन्ताहरु जोड़ गरिएको थियो।
उनीहरूले पुतली, चरा अनि  उभयचरहरुदेखि लिएर पानीको मुहान, परम्परागत बालीहरु तथा घरायसी सामाजिक-सांस्कृतिक र आर्थिक परिवर्तनसम्म नियमित रुपमा अनुगमन  गर्नु पर्ने कारकहरुको पहिचान गरे, साथै समुदायको सहभागिताद्वारा वैज्ञानिक अमुलाङ्कन र सामाजिक- आर्थिक सर्वेक्षणको आवश्यकतामा जोड़ दिए।
धेरै जस्तो विशेषज्ञहरूले वातावरणीय समस्याहरुको प्रारम्भिक पहिचान पारिस्थितिक प्रणाली र यसमा निर्भर समुदाय, दुवैको बचाउको लागि आवश्यक भएको कुरामा सहमति जनाए। दोस्रो दिनमा भारतका विभिन्न भागहरूबाट केस स्टडीहरु प्रस्तुत गरियो, जसले गर्दा दीर्घकालिन अनुगमनले कसरी काम गर्छ् भन्ने देखाइएको थियो भनी एट्री आधिकारिक सुत्रले जानकारी गराएकोछ।
एट्री-को जानकारी अनुसार, वक्ताहरूले पश्चिम  घाट र पूर्वी हिमालयमा आफ्नो विशेषज्ञताबाट प्राप्त भएको अनुभवहरु बाड़े, साथै नागरिक नेत्रित्वको पहलको महत्व समाभएको गरे र लामो समयसम्म निरन्तर अवलोकनले सामान्यताले परिवर्तनहरुको पहिचान हुन सक्छ भन्ने कुरामा जोड दिए।
कार्यशालाको अनुसन्धानकर्ता, सरकारी विभागहरु र स्थानीय समुदायहरुको बिच अझ बलियो सहकार्यको आह्वान गर्दै सम्पन्न भयो ताकि हाम्रो क्षेत्रले आगामी वर्षहरुमा विकास योजना, संरक्षण प्रयासहरु र जलवायु कार्यलाई मार्गदर्शन भरपर्दो सुचना आधार निर्माण गर्न सकोस भनी एट्री आधिकारिक सुत्रले जानकारी गराएकोछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ