बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

Share this news

आउँदो २०२६ को बङ्गाल विधानसभाको चुनाव आउन अघि सबैको नजर एकपल्ट बिमल गुरुङ तर्फ गइरहेको छ। बिमल गुरुङ पहाडका एकजना बलियो नेता हुन् उनले २०१९ मा राजु बिष्टलाई अडियो भोइसको माध्यमबाट नै भोट जिताएर सांसद बनाएका थिए। यसरी नै आज बिमल गुरुङले यस २६ को चुनावमा कुन पार्टीलाई सघाउने हो भन्ने कुरा पनि अघि आइरहेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका पीआरओ एसपी शर्मा अघिबाट नै बिमल गुरुङ र भाजपा फेरि एक भएर चुनाव लडे खतरा हुने शङ्का गर्दै उनीहरूबीच द्वन्द्व फैलाउन चाहन्छन्। किनकि यदि बिमल गुरुङ र भाजपा माझ झगडा लगाउन सके उनीहरुलाई यस चुनाव जित्न सजिलो पर्ने हुनाले गोर्खा जनमुक्ति मोर्चा र भाजपामाझ द्वन्द फैलन सक्ने खालको भिडियोहरु बनाएर सामाजिक सञ्जालमा हालिरहेका छन्। साथै अर्कोतिर आइजीजेएफका मुख्य संयोजक अजय एडवर्डलाई बिमल गुरुङले केही दिनअघि वार्तामा निम्ताउँदा उनी नगए तापनि बिमल गुरुङले मन नदुखाइदिने भन्दै उहाँकै प्रशंसा गरिरहेको देखिरहेका छौं। यसको साथै हाल गोर्खाको मुद्दाबारे चर्चा भइरहेको बेला बिमल गुरुङले जीटीआर जस्तो प्रक्रिया सञ्चालन गर्ने विषयमा बोल्दा पनि सांसद राजु बिष्टले बिमल गुरुङ हाम्रो पहाडका अभिभावक हुन् भन्दै उनकै प्रशंसा गरिरहेको देखिन्छ। बिमल गुरुङ खुल्ला रुपमा सडकमा उत्रिएर आए अझै पनि सबै पार्टीहरुलाई खतरा हुने देखिन्छ। उनका समर्थकहरूको घुइँचो देखिन्छ आजभोलि पनि। यसको प्रमाण ७ अक्टोबरको दिन भएको गोजमुमोको १८औं स्थापना दिवसमा उपस्थित भीडबाट पाइन्छ। त्यस कार्यक्रमले पनि पहाडमा अर्को दिशा मोड्न सक्ने पनि संकेत दिइरहेको छ। यसैको साथै यसपालिको विधानसभा चुनावमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले के भाजपासँग नै गठबन्धन गर्ने हुन् त भन्ने कुरामा प्रश्न उठिरहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ