युवाहरूले गरे क्षतिग्रस्त सडकको मर्मत

Share this news

मिनरल स्प्रीङ, 3  दिसम्बर(निसं): पूर्व निर्धारित कार्यक्रम अनुसार गत आइतबार अनि सोमबारको दिन स्थानीय आँपबोटे अनि घट्टे गाउँका सक्रिय युवाहरुले श्रमदानद्वारा आफ्नो गाउँ जाने क्षतिग्रस्त सडकको मर्मत गरे भने यस कार्यमा स्थानीय गोदाम धुरा गाउँका केही युवाहरुले पनि सहभागिता जनाएका थिए।जोङ्गा गाडी चल्दा देखिको हो, यसरी श्रमदान गरी यातायात सुचारु राख्दै आएको तर गाउँ घरबाट जोङ्गा गाडीको नामो निशान मेटी सक्यो तर श्रमदान गर्नुपर्ने समस्या भने अझै मेटिएको छैन।यो उनीहरूको रहर होइन वाध्यता हो युवाहरु भन्छन्। भल पैह्रोले सडक विच्छेद भए पछि त्यतिकै बसिरहनु पनि त मिल्दैन, समस्या त हाम्रै हो हामीले नै समाधन खोज्नुपर्छ  गुनासो पोख्छन् युवाहरु। विभागले नहेरेको भन्न पनि मिल्दैन।विगत दिनमा उक्त पैह्रो ग्रस्त क्षेत्रमा दुईचोटि मरम्मतीको कार्य गरिएको नै हो।तर पनि फेरि पैह्रो झरेकोले गर्दा समस्या हामीलाई नै परेको छ।के कारणले उक्त ठाउँमा पैह्रो झर्दैछ विभागले राम्ररी निरीक्षण गरी तकनीकीय रूपमा मर्मतको कार्य मा सुधार ल्याउन सकिए असल हुने थियो केही युवाहरु सुझाव राख्छन् साथै जनसाधारणको समस्यालाई बुझेर सम्बन्धित विभागले उक्त सडक मर्मत निम्ति चाँडै पहल गरिदियोस भन्ने पनि उनीहरूको माग छ। दाताहरुको आर्थिक, सामग्री,वाहन, श्रमदान आदिको भरमा अहिलेलाई जसोतसो केही सुविधा र सुरक्षित यातायात सुचारु राख्ने प्रयास भएको छ तर बर्खा-मासमा सडकको अवस्था के रहन्छ केही भन्न सकिन्न यसर्थ बर्खा लाग्न अघि नै बाटोको मरम्मती होस् भन्ने स्थानीय मानिसहरू चाहन्छन्। स्थानीय आँपबोटे गाउँ बाहेक खरसाङ, दार्जिलिङ,फुबसिरिङ, हरसिहहट्टा, यांखु, गोदाम धुरा, घट्टे गाउँ आदि क्षेत्रका सहृदयी आर्थिक दाताहरुबाट संग्रह भएको 50 हजार रुपियाँ भन्दा अधिक धनराशि अनि सामग्री दाताहरुको सहयोगमा गत दुई दिन सडक मर्मतको कार्य गरिएपछि अझै केही कार्य बाँकी रहेको अनि सो कार्य आगामी दिनमा गरिने भएको पनि उनीहरूले बताएका छन्। कतिले संस्थागत अनि कतिले व्यक्तिगत रुपमा प्रदान गरेको सो आर्थिक सहयोग, सामग्री सहयोग अनि श्रमदानले सडक मर्मत कार्यमा ठूलो सहयोग पुगेको पनि युवाहरुले जनाएका छन् भने सामग्री ढुवानी मा आफ्नो वाहन निःशुल्क प्रयोग गरी दिएर विशन तामाङ अनि अम्बर बहादुर थामीले धेरै सहयोग पुर्‍याएको युवाहरुले जनाएका छन्। स्मरण रहोस्, गत अक्टोबर महिनाको अन्ततिर आएको वर्षाले गर्दा आँपबोटे घट्टे गाउँ जाने सडक क्षतिग्रस्त भएपछि आठ दिनसम्म यातायात ठप्प रहेको थियो भने त्यसपछि केही युवाहरुको सक्रियतामा सडक खुलाउने कार्य भएको थियो। सडकको जोखिमपूर्ण अवस्थालाई हेरी युवाहरुले उक्त सडक मर्मत गर्ने जमर्को गरेका थिए परिणामस्वरूप अहिले केही हदसम्म सडकको मर्मत गरिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ