Gopal Chhetri honored for helping fire victims
Gopal Chhetri honored for helping fire victims

अग्नि पीड़ितहरूलाई सहयोग गरेकोमा गोपाल छेत्रीलाई सम्मान जनाइयो

Share this news

खरसाङ, (निसं): सिंगेल चिया बगानस्थित कफीबारीको ग्राम सुधार समितिले एक कार्यक्रम बीच तपाईको आवाज ट्रष्टका संस्थापक गोपाल छेत्रीलाई सम्मान जनाएको छ। गोपाल छेत्रीले त्यस गाउँमा गत 15 मईको दिन भएको अग्निकाण्डमा घर जलेका पाँच परिवारको निम्ति कार्य गरेकोमा उक्त सम्मान जनाएको हो भनी बताइएको छ। कर्ण लामाको अध्यक्षतामा कफीबारीमा सम्पन्न भएको कार्यक्रममा छेत्रीलाई खदा लगाएर सम्मान पत्र प्रदान गरिएको थियो। कार्यक्रममा समितिका अध्यक्षको साथमा सचिव मिलन लामा, अन्य पदाधिकारी र सदस्यहरू उपस्थित थिए।

गोपाल छेत्रीले यस बारेमा बताउदै भनेका छन्‌‍, मैले गरेको सहयोगको निम्ति सम्मान दिएकोमा म कफीबारी ग्राम सुधार समितिलाई धन्यवाद दिन्छु। 15 मईको दिन भएको दुःखद अग्निकाण्डको बारेमा जानकारी लिन म स्वयम्‌‍ उक्त स्थानमा त्यसै दिन बेलुका पुगेको थिएँ। 16 मईको दिन हामीले पीड़ित परिवारहरूको पक्षबाट खरसाङ थानामा एउटा प्राथमिकी दर्दा गरेका थियौँ, त्यसै दिन हामीले इण्डियन अयल कर्पोरेशनलाई पत्रचार पनि गऱ्यौँ। 19 मईको दिन इण्डियन अयलका पदाधिकारीहरूको टोलीले घटनास्थलको भ्रमण गरेको थियो। 20 मईको दिन हामीले पीड़ित परिवारको पक्षबाट सन्त मेरिज 2 ग्राम पञ्चायत सदस्य सङ्गा लामा, कफीबारी ग्राम सुधार समिति सचिव मिलन लामाद्वारा जारी गरिएको प्रमाणिक पत्र, खरसाङ अग्निशमन विभागबाट प्रदान गरिएको रिपोर्ट, त्यसै गाउँको पासाङ दोर्जे लामाको घरमा भएको खाना पकाउने ग्यास लिक भएको प्रमाण सहित इण्डियन अयल कर्पोरेशनका एरिया म्यानेजरलाई पत्र दिएका थियौँ। त्यसपछि मैले 6 महिनासम्म यस विषयमा जानकारी लिनलाई सिलगढ़ीस्थित इण्डियन अयलको कार्यायमा पटक पटक पुगेको थिए। यसरी कार्य गर्दा अग्निकाण्डका एक पीड़ित सरस्वती सुब्बाको भारतीय स्टेट ब्याङ्कको खातामा क्षतिपुरण स्वरुप 50 हजार रुपियाँ इण्डियन अयलले हालिदियो। यसको निम्ति कर्पोरेशनप्रति म कृतज्ञ छु, मेरो कार्यको प्रशंसा गर्दै कफीबारी ग्राम सुधार समितिले मप्रति कृतज्ञता जताएको छ।

तिनले तरल प्रेटोलियम ग्यास एउटा अति जलनशील पदार्थ भएकोले यस सम्बन्धमा सरकारले धेरै सुरक्षातामक उपायहरू जारी गरेको बताउदै सरकारले यसको निम्ति कम्पनी अनि डिस्ट्रिब्युटरहरूको निम्ति विभिन्न नियम र मापदण्ड लागु गरेको छ। यस बारेमा उपभोक्ताहरू सचेत बन्न पर्छ, सरकारले प्रदान गरेका सुविधाहरू पनि छन्‌‍, यी सुविधाहरू प्राप्त गर्नको निम्ति धेरै उपभोक्ता अनभिज्ञ छन्‌‍, यस बारेमा कार्य गर्न आवश्यक छ भनी बताए। खरसाङ्मा दुईवटा तरल पेट्रोलियम ग्यासको एजेन्सी रहेको छेत्रीले बताउदै यी एजेन्सीहरूले यस दिशामा उपभोक्ताहरूको सुरक्षालाई ध्यानमा राखेर कार्य गर्नु पर्ने पनि बताए।

तिनले भने, घटना हुन नदिन सतर्कता अपनाउन पर्छ, नियमहरू इमान्दारी पूर्वक लागु गरिन पर्छ, घटना घटेपछि यसको जिम्मेवार को हुनेछ? तिनले उपभोक्ताहरूलाई ग्यासको सिलिण्डर प्रदान गर्दा तौलेर, लिकेज जाँचर गरेर सुरक्षित तरिकाले वितरण गर्नु पर्ने पनि बताए।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ