foundation-day-of-hill-terai-primary-teachers-organization-in-gaidadhura
foundation-day-of-hill-terai-primary-teachers-organization-in-gaidadhura

गाड़ीधुरामा भागोप्रमो हिल तराई प्राथमिक शिक्षक सङ्गठनको स्थापनि दिवस

Share this news

पङ्खाबारी, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन मध्ये एक हिल तराइ प्राथमिक शिक्षक संगठनको 9औँ स्थापना दिवस तथा अन्तरक्रियात्मक कार्यक्रम आइतवार गाड़ीधुरा सार्वजनिक भवनमा भव्यताको साथ सम्पन्न गरियो।

सङ्गठनको केन्द्रिय समिति अध्यक्ष शैलेश छेत्रीको सभापतित्वमा सम्पन्न य्स कार्यक्रमको प्रमुख अतिथि गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय अध्यक्ष अनित थापा थिए भने विशिष्ट अतिथिहरूमा भागोप्रमो केन्द्रिय समिति उपाध्यक्ष तथा कार्यकारी सभासद सञ्चबीर सुब्बा, केन्द्रीय समिति सदस्य तथा जीटीए सभाका उपाध्यक्ष राजेश चौहान, केन्द्रीय समिति सदस्य तथा कार्यकारी सभासद्‌‍ कल्पना प्रधान, केन्द्रिय समिति सदस्य तथा सभासद्‌‍ सन्दिप छेत्री, विद्यालय सेवा आयोगका अध्यक्ष विजय कुमार राई थिए। जीटीए क्षेत्रभरिका संगठनका प्रतिनिधिहरूको बाक्लो उपस्थिति माझ सम्पन्न स्थापना दिवसलाई सङ्गठनको केन्द्रिय समिति महासचिव मुन्ना पाख्रिनद्वारा सञ्चालन गरिएको थियो भने स्वागत सम्बोधन संगठनका प्रचार प्रसार सचिव शिशिर राईले राखेका थिए।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि अनित थापाले संगठनको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरे औ संगठन दिगो रहि रहोस भन्ने कामना पनि दिए। तिनले शिक्षकहरू समाजका निर्माणकर्ता हुन भन्दै उनको उद्धेश्य शिक्षकहरूलाई झण्डा बोकाएर नारा लगाउन लगाउने होइन तर जसले हामीलाई दिइरहेका छन्‌‍ उसलाई हामीले पनि केही दिएको हुनुपर्छ भन्ने मात्र हो भनि बताए। थापाले आगामी विधानसभा चुनाउ हाम्रो निम्ति महत्वपूर्ण रहेको बताउँदै यसमा जीत तिनको होइन तर जनताको हुने बताए।

म जति ठूलो हुनु थिएँ भएँ योभन्दा ठूलो हुन चाहन्न र हुने पनि होइन भन्दै थापाले यो चुनाउले पहाड़वासीको निम्ति कि ढोका खोलिन्छ कि ताला लाग्नेछ भनि बताए। स्थापना दिवसलाई भागोप्रमो केन्द्रीय उपाध्यक्ष सञ्चबीर सुब्बा, केन्द्रीय सदस्य राजेश चौहान, कल्पना प्रधान, एचटीपीटीए सदस्य तथा भागोप्रमो गोरूबथान समष्टिमा महासचिव काशिराम प्रधान, एचटीपीटीए सदस्य तथा भागोप्रमो जलढाका रोंगो समष्टि संयोजक सोमकुमार गुरूङ, एचटीपीटीए सदस्य तथा रिम्बिक लोधोमा समष्टि भागोप्रमो महासचिव मिलन प्रधान आदिले सम्बोधन गरेका थिए।

संगठनको पक्षबाट प्रचार प्रसार सचिव शिशिर राईले यस स्थापना दिवस तथा अन्तरक्रियात्मक कार्यक्रम सफल रहेको बताउँदै उपस्थित सम्पूर्ण सदस्यगण, प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरू, स्थानीय पार्टी कार्यकर्ता लगायत कार्यक्रम सफल बनाउनुमा सहयोग पुर्य़ाउने सम्पूर्णलाई धन्यवाद दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ