an-interlocutor-will-come-to-make-a-list-of-goods-for-delhis-kheer-amar-lama
an-interlocutor-will-come-to-make-a-list-of-goods-for-delhis-kheer-amar-lama

दिल्लीको खीरको सामानको लिस्ट बनाउने इन्टरलोक्युटर आउने: अमर लामा

Share this news

दार्जीलिङ,2 अक्टोबर(निसं): जोरबङ्लो-सुखियापोखरी खण्ड अन्तर्गत पश्चिम बंगाल ग्रामीण विकास विभाग, दार्जीलिङ डिभिजन-द्वारा आयोजित रघुबीर बस्ती देखि धनबीर बस्ती हुदै सुनवार बस्तीसम्म पुग्ने 5.04 किलो मिटर सडक निमार्ण कार्यको शिलान्यास कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रीक मोर्चा(भागोप्रमो)-का महासचिव अमर लामाले भारती जनता पार्टी(बीजेपी)-प्रति कटाक्ष गर्दै इन्टरलोक्युटर , बीजेपी अनि गोर्खालाई दिईएको वचन माथि प्रतिक्रिया दिँदै भने, “हाम्रो एकजना विधायकले घरी घरी भन्थे कि दिल्लीमा केही पाक्दैछ। अहिले के पाक्दैछ भनी हाल्नु हुँदैन। दुश्मन लाग्छ।
अनि अलिक पछि उनले भने खिर पाक्दैछ। सबैले थप्पडी पनि बजाए। धेरैले पत्याए पनि। तर हामीले पत्याएनौं। उनीहरू ( बीजेपी) माथी हामी यो जुनीमा पत्याउनेवाला छैनौं। बरु राजनीति छोड्नेछौ तर केन्द्रको सत्तासिन दल (बीजेपी) लाई पत्याउने छैनौं। इन्टरलोक्युटर भनेको सौदा गर्नु अघि के के ल्याउने हो त्यो सूची तयार गर्ने व्यक्ति हुन। तर यहाँ त खिर पाक्दैछ भन्थे। के भयो त्यो खीर को कि आफै घोप्टाइ पठायो?”प्रश्न चिन्ह छ।
गतको चुनाउमा मोदी चामलको नाममा भोट मागेको कुरा निकाल्दै लामाले भने, “यिनीहरूले दिनु त केही सक्दैन। राशनको कुरा पनि फेरि आउनु थालेको छ। सरकारले राशन दिने प्रथा प्रधानमन्त्री पण्डित नेहरूको समय देखिको हो। जब डा. मनमोहन सिंह प्रधानमन्त्री थिए। त्यो समय खाद्य सुरक्षा योजना अन्तर्गत निःशुल्क राशन वितरण हुनु थालेको हो। बीजेपीको दया मायाले दिएको चामल चाहिँ होईन। 21औं शताब्दीमा पनि हामी चामलको नाममा भोट हाल्छौ। यो भन्दा ठूलो ठूलो कुरा बीजेपी-ले दिनु सक्छ।
तर दिने कुनै छाँटकाँट छैन। इन्टरलोक्युटर-मा नै भुलाई राखेको छ। गठबन्धन मुद्दा तय गर्नु नसकेर अन्योलमा छन्।”
असाममा 6 जात गोष्ठीलाई जनजातिको दर्जा दिने निणर्य को उल्लेख गर्दै लामाले भने, “हिजो मात्र आसामको बीजेपी सरकारले विधान सभामा 6 जात गोष्ठीलाई जनजातिको दर्जा दिने प्रस्तावलाई अनुमोदन गर्‍यो। त्यही पार्टी ( बीजेपी) ले गोर्खाको छोडिएको 11 जातगोष्ठीलाई जनजाति दिन्छु भनेर वचन दिएको कति वर्ष भयो। तर आज सम्म यस मुद्दा एक कदम पनि अघि बढेको छैन। यसपालिको चुनाउमा भोट माग्नु  बीजेपीले यो मुद्दालाई फेरि उठाउनेछ। हामी होसियार बन्नुपर्छ।”
एसआईआर-को फारम समयमा वुझाउने अपील गर्दै उनले भने, “भारतीय चुनाउ आयोगले एसआईआर फारम बुझाउने गत 4 डिसेम्बर देखि बढाएर 11 डिसेम्बर बनाएको छ। मिति बढायो भन्दैमा पर्खी रहने काम नगर्नु।गत 11 डिसेम्बरपछि पहिलो मतदाता सूची निस्कन्छ। यदि कसैकाे पहिलो ड्राफ्ट मतदाता सूचीमा नाम छुट्न गए सुनवाई को पहल सुरू हुनेछ। त्यो सुनवाई समय यदि कसैलाई समस्या भए हाम्रा शाखा, समष्टिका जानकारहरूले सहयाेग गर्नेछन्।” शिलान्यास गरिएको बाटो निर्माण कार्यको लागत रकम 536.58 लाख रहेको छ।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ