we-will-contest-the-upcoming-legislative-assembly-election-under-our-own-symbol-anit-thapa
we-will-contest-the-upcoming-legislative-assembly-election-under-our-own-symbol-anit-thapa

आगामी विधान सभा चुनाउमा आफ्नै चिन्हमा लड्नेछौ : अनित थापा

Share this news

दार्जीलिङ, 2 दिसम्बर(निसं): जोरबङ्लो-सुखियापोखरी खण्ड अन्तर्गत रघुबीर बस्ती देखि धनबीर बस्ती हुदै सुनवार बस्तीसम्म पुग्ने 5.04 किलो मिटर बाटो निमार्ण कार्यको शिलान्यास समारोहमा गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए) मुख्य कार्यपाल अनित थापाले आफ्नो सम्बोधनमा विगतका दिनहरूमा नेताहरुले सपना मात्र देखाएको आरोप लगाउँदै भने, “आज सम्म हामीले सपना मात्र देखेका थियौं। सपना देख्न अनि देखाउनु सबै भन्दा सजिलो रहेछ।
नेताहरुले देखाएको सपनामा हामी धेरै उड्यौं। सपना देख्नु अनि देखाउनु मात्र भयो। तर विपनामा हिँड्नु थाल्दा धेरै गार्हो हुँदो रहेछ। सपनामा हिँड्दा धेरै दुःख पायौं। गार्हो नै भए पनि विपनामा नै हिँड्नु पर्ने रहेछ। यो निर्माण हुँदै गरेको बाटो मैले विपनामा हिँडेर काम गरेको उपलब्धी हो। क्षेत्रीयता अनि क्षेत्रीय राजनीतिको सुरक्षा आजको आवश्यकता हो भन्दै थापाले भने, “हामीले सांसदको चुनावमा उम्मेदवार हाम्रो भए पनि अरुको चुनाउ चिन्हमा भोट लडेका थियौं।
क्षेत्रीय राजनैतिक दलको सुरक्षाको निम्ति  यसपालिको विधानसभाको चुनाउमा हामी आफ्नै चुनाउ चिन्हमा लड्नेछौ। सबै क्षेत्रीय पार्टीले आफ्नै चुनाउ चिन्हमा चुनाउ लड्ने आव्हान गरेकाेछु। बाहिरको दललाई हामीले पहाडमा हाबी हुनुदिनु हुँदैन। क्षेत्रीय राजनीतिलाई बचाउनु भनेको भावी पिडिको आवाज बचाएर राख्नु हो। राष्ट्रिय पार्टीलाई भोट नदिनुहोस्। क्षेत्रीय दलको नेतालाई भोट दिनुभयो भने तपाईंले आफ्नो नेतालाई घर कै आँगनमा भेट्नुहुनेछ।”
थापाले उपस्थित सभासद, पञ्चायत प्रधान अनि सदस्यहरूले इङ्गित गर्दै भने, “खदा माला लगाउनमा जति मज्जा लिनु हुन्छ त्यति कै काम गर्नु पनि मज्जा लिनुहोस्। नहुने कामलाई नाई भन्नु पनि सिक्नुहोस्। सक्दो भारी मात्र बोक्नु पर्छ नत्र भने जुन जनताले तपाईलाई जिताए त्यही जनताले तपाई विरूद्ध भोट हाल्ने छन्।”उनले फेरी भने, “बीजीपीएम-को राजनैतिक कार्यक्रम धेरै हुँदैन। हामी काममा ज्यादा समय बिताउँछौं। राजनीति कुर्सीमा कसैले स्याबासी दिँदैन। पञ्चायत प्रधान अनि सदस्यहरूको बिजिपीएम पार्टीलाई स्थानीय क्षेत्रमा बलियो बनाउँनु धेरै ठूलो हात रहनेछ।”
जोरबङ्लो-सुखियापोखरी खण्ड अन्तर्गत पश्चिम बंगाल ग्रामीण विकास विभाग, दार्जीलिङ डिभिजन-द्वारा आयोजित रघुबीर बस्ती देखि धनबीर बस्ती हुदै सुनवार बस्तीसम्म पुग्ने 5.04 किलो मिटर बाटो निमार्ण कार्यको शिलान्यास गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए) मुख्य कार्यपाल अनित थापाको बाहुलीबाट भयो। बाटो निर्माण कार्यको लागत रू 536.58५ लाख रहेको छ अनि यो कार्य यही सप्ताह देखि सुरु हुने थापाले सम्बोधनमा जोडे।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ