life-sentence-for-murdering-neighbor
life-sentence-for-murdering-neighbor

 छिमेकीलाई हत्या गर्ने दिपलाई आजीवन कारावासको सजाय 

Share this news

दार्जीलिङ, 2 दिसम्बर(निसं): दिसम्बर महिनाको चिसो रातमा मनोरञ्जन अनि मित्रताको भेटघाट कार्यक्रम भइरहेको बेला आफ्नै छिमेकीलाई कैचीले प्रहार गर्दै निर्मम हत्या गर्ने दीप तामाङ उर्फ जुगललाई आज दार्जीलिङ जिल्ला अनि सत्र अदालत दोषी प्रमाण पाएपछि हत्यारा तामाङलाई आजीवन सश्रम कारावासको सजाय सुनाएको छ। यसरी अदालत तथा कानुनले आफ्नो भाइको हत्यारालाई सजाई दिएको साथै दिवंगत भाइले न्याय पाएकोमा हर्ष प्रकट गर्दै जिल्ला अदालत कानुन अधिकारीहरू साथै गवाहीहरूलाई मृतक उर्गेन तामाङ (55) का दिदी तथा परिवारले धन्यवाद दिएकोछ।

दार्जीलिङ  जिल्ला अदालत सरकारी अधिवक्ता प्रणय राईले घटनाबारे विस्तार गर्दै बताए अनुसार, गत वर्ष 2024 सालको दिसम्बर महिनाको30 तारिखको  राती रङ्गली-रङ्गलीयट थाना अन्तर्गत पर्ने लोवर लामाहट्टा बस्ती निवासी 55 वर्षीय उर्गेन तामाङलाई छिमेकी दीप तामाङ उर्फ जुगलले हत्या गरेको घटना प्रकाशमा आएको थियो।

घटना अनुसार, डिसेम्बर महिनाको अन्ततिर 30 डसम्बरको राती मनोरञ्जनपूर्ण भेटघाट कार्यक्रम भइरहेको समय त्यस मनोरञ्जन दलभित्र रहेका दीप तामाङ उर्फ जुगल साथै उर्गेन तामाङबीच  तातो भनाभरी भएको थियो , त्यस भना भैरीको समय दिपु तामाङ उर्फ जुगलले छेवैको कैची उठाएर प्रहार गर्दै उर्गेन तामाङको हत्या गरेका थिए, यस घटना लिएर रङ्गली-रङ्गलीयट थानामा प्राथमिकी दर्ता भएपछि दीप तामाङ उर्फ जुगललाई पक्राउ गरिएको थियो।

आजसम्म उनी न्यायपालिकाको हिरासतमा थिए भने आज उनलाई दार्जीलिङ जिल्ला अनि सत्र अदालतका न्यायाधीश जिमुदवाहन विश्वासले आजीवन सहश्रम कारावासको सजाई सुनाएको सरकारी अधिवक्ता प्रणय राईले बताए। सरकारी अधिवक्ता प्रणालीको जानकारी अनुसार त्यस घटनालाई लिएर 14 जनाको गवाही साथै छानबिन प्रक्रिया पूरा भएपछि जिल्ला अदालतले उनलाई हत्याराको रूपमा भारतीय दण्ड संहिता अन्तर्गत आजीवन सहश्रम कारावास सुनाएको हो।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ