aibf Secretary Akash Lama honored with the 'Society Pride Award'
aibf Secretary Akash Lama honored with the 'Society Pride Award'

अइबुफो सचिव आकाश लामा “समाज गौरव सम्मान”द्वारा सम्मानित

Share this news

अल इण्डिया बुद्धिष्ट फोरम महासचिव एवं महाबोधि मुक्ति आन्दोलनका प्रणेता आकाश लामा, बालाघाट मध्य प्रदेशमा “समाज गौरव सम्मान”द्वारा सम्मानित भएका छन्।
भारतीय लगायत विश्वका बौद्ध भीक्षु, भान्ते, लामा- टुल्कु रिम्पोर्छे लगायत विभिन्न सदस्य , संघ – संगठनहरुलाई संगठित गरि ऐतिहासिक विश्व बौद्ध धार्मिक धरोहर महाबोधि महाविहार( बुद्ध गया) लाई अन्य धर्म- सम्प्रदायको अवैध अतिक्रमण देखि मुक्त गर्नको निम्ति विगत तीन-चार वर्षदेखि लगातार रुपमा शान्तिपूर्ण आन्दोलन , बौद्ध शान्ति रयाली, शान्तिमय धरना, भोक हडताल, लगायत मुख्यतः बुद्ध गया म्यानेजमेन्ट कमिटी ( बीटीएमसी)मा संलग्न नौ सदस्यीय कमिटीमध्ये अधिकांश पाँच सदस्य हरु अन्य ( हिन्दु महन्त) ले प्रायः सम्पूर्ण सञ्चालनको अधिकार जबरन गैर- संवैधानिक / कानुनी रुपमा सयौं बर्षहरुदेखि आफ्नो कब्जामा लिइराखेको प्रतिवादमा भारतको संविधान लागू हुन अघि परिस्थिति बस् बनाइएको बीटी एक्ट 1949, कानुन आजपर्यन्त महाबोधि महाविहार कमिटीमा लागू भइरहेको छ, जबकि प्राय: सबै त्यसताकअथवा त्यस अघि बनिएको कानुन हरु देशमा संविधान लागू भएपछि स्वत: खारेज हुने संवैधानिक प्रावधान छ।

यसैको प्रतिवादमा उक्त बीटी एक्ट 1949 कानुन लाई रद्ध गरिनु पर्ने मांग लिएर गत २०१२ मा जापानी बौद्ध भिक्षु भान्ते सुरेस ससाईद्वारा भारतको माननीय सर्वोच्च अदालतमा गरिएको रिट पिटिसन फाइलको कुनै सुनुवाइ प्रायः अठाह्र वर्षहरु वितिसक्दा पनि नहुँदा त्यसैलाई आधार मान्दै अल इण्डिया बुद्धिष्ट फोरम महासचिव माननीय आकाश लामाले गत २०२३ मा पुनः एउटा याचिका दर्ता गरेपछि भर्खरै गत १६ मई २०२५ देखि उक्त विषयमा माननीय सुप्रिम कोर्टमा सुनुवाइको क्रम जारी रहेको छ साथै यसको चुडान्त फैसला अब चाँडै बौद्धहरुको पक्षमा हुने तथा सकरात्मक परिणाम निस्कने भारत लगायत विश्वका बौद्ध समाजको नजर भारतको सुप्रिम कोर्टमाथि रहेको छ।

यस ऐतिहासिक विश्व बौद्ध धरोहर जहाँ भगवान बुद्धद्वारा “बुद्धत्व” ज्ञान प्राप्ति स्थल महान् बौद्ध सम्राट राजा अशोकले प्रतीकको रुपमा उक्त विशाल बौद्ध चैत्य निर्माण गरेका थिए भने यसलाई अक्षुण्न राख्न कुनै अन्य धर्म सम्प्रदायको हस्तक्षेप हुन नपाउने मांगमा अडिग “महाबोधि महाविहार मुक्ति आन्दोलन” गत १२ फरवरी २०२५ देखि लिएर लगातार २९० दिन टेकिसकेको छ। साथै जबसम्म उक्त अवैद्य कानुन रद्ध हुँदैन तब सम्म आन्दोलन जारी रहने अल इण्डिया बुद्धिष्ट फोरम एवं अल बुद्धिष्ट अर्गनाइजेसनका नेतृत्वगण आकाश लामा , डा० चन्द्रकिर्ती भान्ते, भदन्त प्रज्ञाशिल महाथेरो, ज्ञानज्योति भान्ते आदिले दृड संकल्प को साथ घोषणा गरिसकेका छन्।

महासचिव आकाश लामाले बौद्ध समाजलाई दिएको यस ऐतिहासिक अतुलनीय शान्तिमय बौद्ध जागरण ले वर्तमान भारत लगायत विश्व नै भगवान बुद्ध ले प्राप्त गर्नु भएको पवित्र “बुद्धत्व” स्थललाई यसको यथास्थितिमा फर्काइल्याउन एकमुष्ट, प्रतिवद्ध भई उठेको छ, जसको श्रेय अल इण्डिया बुद्धिष्ट फोरम / अल बुद्धिष्ट अर्गनाइजेसनलाई जाने आयोजक वर्गले मान्यता दिँदै यसको सम्मानमा मध्य प्रदेशको बालाघाट बौद्ध शाखाद्वारा माननीय आकाश लामा, महासचिव अ० इ० बु० फो०लाई “समाज गौरव सम्मान”ले अलंकृत गरिएको जानकारी प्रचारप्रसार सचिव सुरेन पाखरिनले प्रेस विज्ञप्ति जारी गरेका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ