स्टेटहुड कोअर्डिनेशन कमिटीलाई आइजीजेएफको समर्थन

Share this news

अराजनैतिक संगठन स्टेटहुड कोअर्डिनेशन कमिटीले उठाएको पहललाई आइजीजेएफको पूर्ण समर्थन जनाएको छ। अलग राज्यको मुद्दा अराजनैतिक संगठनहरूले उठाए चूनावको शिकार हुनेदेखि जोगिने आइजीजेएफका प्रमुख अजय एडवर्डसले बताएका छन्। उनले अराजनैतिक संगठन स्टेट हुड कोअर्डिनेशन कमिटीले गरेको पहललाई हामी आत्मासात गर्दै समर्थन गर्छौ भन्दै कालेबुङको गोर्खा दुःख निवारक सम्मेलन भवनमा वरिष्ठ अधिवक्ता एवं समाज सेवी प्रभाकर देवानको अराजनैतिक संगठन स्टेट हुड कोअर्डिनेशन कमिटीले पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन माग विषय लिएर सर्वदलीय बैठक डाकेको थियो।

उक्त सर्वदलीय बैठकमा राजनैतिक दलहरूसंग संगै सामाजिक संघ संस्थाहरूलाई पनि आमंत्रित गरेको थियो। जुन सर्वदलीय बैठकमा इण्डियन गोर्खा जन शक्ति फ्रण्टलाई पनि आमंत्रित गरेको हुनाले आइजीजेएफको चार सदस्य टोली क्रमैले पूर्व आइपीएस अधिकारी नर्बु भुटिया, पूर्व सभासद प्रकाश गुरूङ, फिन्जो वाङगेल गुरूङ र कमल शर्माले अंश ग्रहण गरेका थिए। पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन माग राजनैतिक माग रहेको भए तापनि यस मागलाई फत्ते गर्न साथै लक्ष्यसम्म पुराउन सबैको सहभागिता अवश्यै चाहिन्छ। प्रभाकर देवान समाज सेवी हुन् अनि पेशाले उनी अधिवक्ता ।

पहाड तराई डुवर्स तथा गोर्खा जाति र हाम्रो समाजको हितमा केही गरौं भन्ने सोच लिएर उनले अराजनैतिक संस्था स्टेट हुड कोअर्डिनेशन कमिटीको गठन गत धेरै अघि गरिसकेका छन्। समाज सेवी एवं स्टेट डुड कोअर्डिनेशन कमिटिका संस्थापक प्रभाकर देवानले आइतबार कालेबुङको गोर्खा दुःख निवारक सम्मेलन भवनमा सर्वदलीय बैठकको आयोजना गरेका थिए।

उक्त सर्वदलीय बैठकमा पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन समस्या समाधानको मार्ग निकाल्न केन्द्रीय गृहमंत्रालयले इन्टरलोक्युटर नियुक्ति गरेको विषयमाथि गहन चर्चा-परिचर्चा गर्दै इन्टरलोक्युटर समक्ष सिर्फ अलग राज्यबाहेक अन्य कुनै विषयमाथि चर्चा नगर्ने उपस्थित नेतृत्वहरूले आ आफ्नो पक्ष राख्यो अनि पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन समस्या समाधानको निम्ति भारत सरकारमाथि दबाउ बनाउन जोइन्ट एक्सन कमिटी गठन गर्ने विषयमा चर्चा भयो। इण्डियन गोर्खा जन शक्ति फ्रण्टले आफ्नो जन्मकालदेखि नै बंगालदेखि बाहिर अनि भारतभित्र छुट्टै व्यवस्थाको कुरा गर्दै आइरहेको छ।

आइतबार बसेको सर्वदलीय बैठकमाथि धेरैको आ-आफ्नो दृष्टिकोण छ। चुनाव आउँछ जान्छ, राजनैतिक पार्टीहरू चुनावी मैदानमा ओर्लिन्छ तर सामाजिक संस्थाहरूलाई चुनावसंग कुनै चासो र सरोकार छैन।

सामाजिक संघ-संस्थाहरूले पहाड तराई डुवर्स तथा गोर्खा जातिको हितमा केही गर्न पर्छ भन्ने सोच रहेको छ। अजय एडवर्डसले समाज सेवी एवं बरिष्ठ अधिवक्ता प्रभाकर देवानको स्टेट हुड कोअर्डिनेशनले उठाएको निःस्वार्थ कदमलाई स्वागत गर्छु अनि कसैले पनि पहाड तराई डुवर्स तथा गोर्खाहरूको हितमा सोच्छ भने त्यसलाई हामीले राजनैतिक चश्माले हेर्नु हुँदैन। उनको कदमलाई होमा हैसे गर्न पर्छ। अलग राज्यको मुद्दालाई राजनैतिक दलहरूले विगत 40 वर्षदेखि अघि बढाउँदै लगेको भए तापनि आजसम्म मुद्दाले लक्ष्य हासिल गर्न सकेको छैन। त्यसकारण यो पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन मागलाई अराजनैतिक संगठनहरूले अघि बडाए अलग राज्यको मुद्दा चुनावको शिकार हुनदेखि जोगिने अजय एडवर्डसले बताए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न