स्टेटहुड कोअर्डिनेशन कमिटीलाई आइजीजेएफको समर्थन

Share this news

अराजनैतिक संगठन स्टेटहुड कोअर्डिनेशन कमिटीले उठाएको पहललाई आइजीजेएफको पूर्ण समर्थन जनाएको छ। अलग राज्यको मुद्दा अराजनैतिक संगठनहरूले उठाए चूनावको शिकार हुनेदेखि जोगिने आइजीजेएफका प्रमुख अजय एडवर्डसले बताएका छन्। उनले अराजनैतिक संगठन स्टेट हुड कोअर्डिनेशन कमिटीले गरेको पहललाई हामी आत्मासात गर्दै समर्थन गर्छौ भन्दै कालेबुङको गोर्खा दुःख निवारक सम्मेलन भवनमा वरिष्ठ अधिवक्ता एवं समाज सेवी प्रभाकर देवानको अराजनैतिक संगठन स्टेट हुड कोअर्डिनेशन कमिटीले पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन माग विषय लिएर सर्वदलीय बैठक डाकेको थियो।

उक्त सर्वदलीय बैठकमा राजनैतिक दलहरूसंग संगै सामाजिक संघ संस्थाहरूलाई पनि आमंत्रित गरेको थियो। जुन सर्वदलीय बैठकमा इण्डियन गोर्खा जन शक्ति फ्रण्टलाई पनि आमंत्रित गरेको हुनाले आइजीजेएफको चार सदस्य टोली क्रमैले पूर्व आइपीएस अधिकारी नर्बु भुटिया, पूर्व सभासद प्रकाश गुरूङ, फिन्जो वाङगेल गुरूङ र कमल शर्माले अंश ग्रहण गरेका थिए। पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन माग राजनैतिक माग रहेको भए तापनि यस मागलाई फत्ते गर्न साथै लक्ष्यसम्म पुराउन सबैको सहभागिता अवश्यै चाहिन्छ। प्रभाकर देवान समाज सेवी हुन् अनि पेशाले उनी अधिवक्ता ।

पहाड तराई डुवर्स तथा गोर्खा जाति र हाम्रो समाजको हितमा केही गरौं भन्ने सोच लिएर उनले अराजनैतिक संस्था स्टेट हुड कोअर्डिनेशन कमिटीको गठन गत धेरै अघि गरिसकेका छन्। समाज सेवी एवं स्टेट डुड कोअर्डिनेशन कमिटिका संस्थापक प्रभाकर देवानले आइतबार कालेबुङको गोर्खा दुःख निवारक सम्मेलन भवनमा सर्वदलीय बैठकको आयोजना गरेका थिए।

उक्त सर्वदलीय बैठकमा पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन समस्या समाधानको मार्ग निकाल्न केन्द्रीय गृहमंत्रालयले इन्टरलोक्युटर नियुक्ति गरेको विषयमाथि गहन चर्चा-परिचर्चा गर्दै इन्टरलोक्युटर समक्ष सिर्फ अलग राज्यबाहेक अन्य कुनै विषयमाथि चर्चा नगर्ने उपस्थित नेतृत्वहरूले आ आफ्नो पक्ष राख्यो अनि पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन समस्या समाधानको निम्ति भारत सरकारमाथि दबाउ बनाउन जोइन्ट एक्सन कमिटी गठन गर्ने विषयमा चर्चा भयो। इण्डियन गोर्खा जन शक्ति फ्रण्टले आफ्नो जन्मकालदेखि नै बंगालदेखि बाहिर अनि भारतभित्र छुट्टै व्यवस्थाको कुरा गर्दै आइरहेको छ।

आइतबार बसेको सर्वदलीय बैठकमाथि धेरैको आ-आफ्नो दृष्टिकोण छ। चुनाव आउँछ जान्छ, राजनैतिक पार्टीहरू चुनावी मैदानमा ओर्लिन्छ तर सामाजिक संस्थाहरूलाई चुनावसंग कुनै चासो र सरोकार छैन।

सामाजिक संघ-संस्थाहरूले पहाड तराई डुवर्स तथा गोर्खा जातिको हितमा केही गर्न पर्छ भन्ने सोच रहेको छ। अजय एडवर्डसले समाज सेवी एवं बरिष्ठ अधिवक्ता प्रभाकर देवानको स्टेट हुड कोअर्डिनेशनले उठाएको निःस्वार्थ कदमलाई स्वागत गर्छु अनि कसैले पनि पहाड तराई डुवर्स तथा गोर्खाहरूको हितमा सोच्छ भने त्यसलाई हामीले राजनैतिक चश्माले हेर्नु हुँदैन। उनको कदमलाई होमा हैसे गर्न पर्छ। अलग राज्यको मुद्दालाई राजनैतिक दलहरूले विगत 40 वर्षदेखि अघि बढाउँदै लगेको भए तापनि आजसम्म मुद्दाले लक्ष्य हासिल गर्न सकेको छैन। त्यसकारण यो पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन मागलाई अराजनैतिक संगठनहरूले अघि बडाए अलग राज्यको मुद्दा चुनावको शिकार हुनदेखि जोगिने अजय एडवर्डसले बताए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ