पर्ट्नरशीप अनि स्टेकहोल्डर्स-को राज्यसभा सांसदसित सभा

Share this news

पेशोक,1 दिसम्बर (निसं): डीड्ब्लुएस-को पहलमा पर्ट्नरशीप अनि स्टेकहोल्डरस मीट साथै राज्यसभा सांसद एवं डीड्ब्लुएस अध्यक्ष हर्षवर्धन शृंगला उपस्थिति रहेको कार्यक्रममा बन्द चियाबगानका ती महिला श्रमिकहरुलाई लिएर गठित स्वनिर्भर समुहहरु मार्फत आत्मनिर्भर बनाउन दार्जीलिङ वेलफेयर सोसाइटीले अहम भुमिका निर्वाह गर्दै आएको साथै ती स्वनिर्भर समुहहरुलाई व्यवसायमा अग्रपंक्तिमा जान गेट्स फाउण्डेसन अनि ग्रान्ट थोर्नट्नको विशेष सहयोग रहेकोबारे चर्चापरिचर्चा भएको डीड्ब्लुएस-ले जानकारी गराएकोछ।

थप जानकारी अनुसार, पेशोक चियाबारीको डाकबंगला सार्वजनिक भवनमा हिजो ग्रान्ट थर्नट्न अनि गेट्स फाउण्डेसन-को सहयोगमा एक पार्ट्नरशीप अनि स्टेकहोल्डर्स मीट् हिजो सफलतापुर्बक सम्पन्न भयो। राज्यसभा सांसद एवं डीड्ब्लुएस-का अध्यक्ष हर्षवर्धन शृंगलाको उपस्थिति रहेको थियो। शृंगलाको साथमा गेट्स फाउण्डेसनका प्रतिनिधि लगायत अन्य व्यक्ति बिशेषहरुको उपस्थिति थियो। पुर्वार्धको कार्यक्रममा सांसद एवं अध्यक्ष शृंगलाले पेशोकमा रहेको ड्ल्ले खोर्सानीको रोपाई, फलेको स्थिती, च्याउँ खेतीको एकाई, अनि ड्ल्ले खोरसानीको पेस्ट तयारी गरिने युनिट जहाँ पेस्ट तयार गरिने, बोट्लिङ, लेबलिङ आदि गरिने गरिन्छ, को भ्रमण गर्दै जायजा लिए। त्यसपछि शृंगलाले सातवटा स्वनिर्भर समुहले तयार गरेका उत्पादहरुको स्ट्ल भ्रमण गरे।

मगरजोङ, समरिकपानी, पानीघट्टा ,मुण्डाकोठी,अम्बोटे,मकैबारी अनि पेशोक चियाबारीका स्वनिर्भर समुहका सदष्यहरु द्वारा राखिएको स्ट्लमा विविध उत्पादहरुको स्थलगत भ्रमण गर्दै जानकारी पनि लिए।उत्तरार्धको कार्यक्रममा उपस्थित अतिथिवर्ग, स्टेकहोल्डर्स, सातवटा चियाबगानहरुबाट आएका स्वनिर्भर समुहका सदस्यहरुलाई सम्बोधन गर्दै मुख्य अतिथि राज्यसभा सांसद एवं दार्जीलिङ वेलफेयर सोसाइटीका अध्यक्ष हर्षवर्धन शृंगला उपस्थित सबैलाई आभार जनाउदै बधाई ट्क्राए।

शृंगलाले दार्जीलिङ वेलफेयर सोसाइटीले गर्दै ल्याएको यो कार्य किन गरे भन्नेबारे जानकारी गराउदै ती बन्द चियाबगनका श्रमिकहरु पनि व्यवसायिक बनेर लखपती,करोडपति बनोस् भन्ने चाँहनाले उनीहरुको जीवनयापनको तरिकालाई माथि उठाउन अर्थव्यवस्थाको पनि पहल गर्दै ल्याएको बताए। उनीहरुले तयार पारेको उत्पदहरु एकदमै जैविक रहेको र यसलाई घरेलु ओरिजिन भनेर भनिएको शृंगलाले प्रष्ट पारे। उक्त अवसरमा ती स्वनिर्भर समूह द्वारा उत्पादित उत्पादहरुको पुस्तिका प्रोड्क्ट क्याट्लक को विमोचन संगै वेबसाइट पनि लञ्च गरियो।

अब कसैले पनि उक्त वेबसाइट मार्फत उत्पादहरु हेर्न सकिने, अन्लाईन मगाउन सकिने जस्ता सुविधा रहेको पनि मुख्य अतिथि शृंगलाले जानकारी दिए। गेट्स फाउण्डेसन-का हरि मेननले सांसद एवं दार्जीलिङ वेलफेयर सोसाइटीका अध्यक्ष शृंगलाको सहयोगमा यहाँ गेट्स फाउण्डेसन मार्फत बन्द चिया बगानका महिलाहरुसँग काम गर्न सक्षम बनेको अवगत गराए।

मेननले भने, शृंगला सरको सहयोगमा अनि जीटीए , डीड्ब्लुएस-को सहयोगमा बन्द चियाबगानका महिलाहरुलाई लिएर प्राकृतिक वस्तुको प्रयोग गर्दै जैविक उत्पाद तयार गर्न कार्य गर्न शुरु गरियो जसको निम्ति गेट्स फाउण्डेसन, गेट्स थर्नट्न मार्फत आर्थिक सहयोग उपलब्ध भएको थियो ,जुन कार्यले अहिले ती बन्द बगानका महिलाहरु स्वावलम्बन हुन् सकिरहेका छन् । उक्त कार्यक्रममा मुख्य अतिथिको रुपमा राज्यसभा सांसद एवं दार्जीलिङ वेलफेयर सोसाइटी अध्यक्ष हर्षबर्धन शृंगला उपस्थित थिए भने गेट्स फाउण्डेसनका हरि मेनन, ग्रान्ट थर्नट्न प्रतिनिधि पदमानन्द भी, सोयल कञ्जरभेसन निर्देशक पीएन बस्नेत, सन्त के गुरुङ एवं अन्यहरु विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ