माने डाँडा वार्ड नम्बर दुईमा सडक निर्माण आधार शिला 

Share this news

पेशोक, 30 नोभेम्बर(निसं):विकास भएन र हुँदैन भन्नेहरुलाई यो एउटा उदाहरण हो, उक्त मन्तव्य भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमाका महासचिव एवं एमओडी सभासद प्रणाम रसाईलीले मानेडँडा गाउँमा सड्क मार्गको आधार-शिला राख्न तक्दाह-ग्लेनवर्न समष्टिमा मुख्य अतिथिको आसनबाट सम्बोधन गर्दै भनेका हुन्। तक्दाह-ग्लेनवर्ण समष्टि अधिनस्थ रहेको माने डाँडा ग्राम पञ्चायत अन्तर्गत माने डाँडा वार्ड नम्वर दुई मालतुम गाउँदेखि दश नम्वर गाउँसम्म जाने 3.1200 किमी सडक मार्गको निर्माण कार्यको शुक्रबार आधार शिला राखिएको जानकारी तक्दाह-ग्लेनबर्न समष्टि कोषाध्यक्ष धिरज राईले दिए। तक्दाह अभियान्त्रीकी विभागको अधिन निर्माण कार्यको आधार शिला राखिएको उक्त सडक मार्गको अनुमानित लागत दुई करोड तेइस लाख पन्ध्र हजार छ सय पन्चान्बे रुपियँ ( 2,2315695 ) रहेको बताइएको छ ।
गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन( जीटीए) एमओडी सभासद प्रणाम रसाईली मुख्य अतिथि रहेको उक्त सडक मार्गको आधार शिला (शिलान्यास) राखिएको विशेष अवसरमा तक्दाह अभियन्त्रीक विभाग, रंगली-रंगलीयट खण्ड्का कार्यकारी अभियन्ता स्वर्णिम थापा, पीआरओ विज्ञान मिश्र, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तक्दाह-ग्लेनबर्ण समष्टिका उपाध्यक्ष प्रभाकर गुरुङ, महासचिव सुशोभित गुरुङ, मानेडाँडा ग्राम पञ्चायत प्रधान एवं अन्य विशिष्ट अतिथिको रुपमा उपस्थित थिए। समष्टि उपाध्यक्ष प्रभाकर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमका मुख्य अतिथि सभासद प्रणाम रसाईलीको कराकलम बाट उक्त माने डाँडा बस्तीको वार्ड नम्वर-दुईको मालाथुम गाउँदेखि दश नम्बर गाउँसम्म जाने सडक मार्गको विधिवत आधार-शिला राखिनुका साथै सडक निर्माणकार्यको श्रीगणेश गरिएको धिरज राईले जानकारी दिए। सडक मार्गको आधार-शिला पश्चात दोस्रो चरणको कार्यक्रममा मुख्य अतिथि एमओडी सभासद प्रणाम रसाईलीले सम्बोधन गर्दै भने, विकास भएन र हुँदैन भन्नेहरुको लागि यो उदाहरण हो । रसाईलीले अझ भने,गत अनि वर्तमानमा विकास कार्य गर्न अनि विकासको निम्ति सत्तामा पुग्न जुन कसरत गरिन्थ्यो त्यसमा फरक रहेको बताए । रसाईलीले वितेका समयमा बंगला भाषा पहाडका विद्यालयहरुमा अनिवार्य रुपमा पढाइनु पर्ने सरकारी आदेश नआएको होइन भन्दै , उक्त आदेशलाई पहाडमा लागु हुनबाट पत्र मार्फत रोकिएको अवगत गराए।
कार्यक्रमलाई संचालन गर्दै मानेडाँडा खण्ड समितिका सचिव प्रतिम राईले जीटीए प्रमुख अनित थापाको अथक प्रयासमा विकासको घडेरी बसाउन सक्षम बनेको अवगत गराउदै खुशी व्यक्त एवं आभार व्यक्त गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ