दार्जीलिङ,29 नोभेम्बर(निसं):आईभी बहुउद्देश्यीय सहकारी संस्थाले सुरु गरेको मह उत्पादन एकाईको ऐतिहासिक सम्झौता भएकोछ।दार्जिलिङ पहाडी क्षेत्रमा आईभी बहुउद्देश्यीय सहकारी संस्थाले मह उत्पादन एकाई सुरु गरेको छ।डीसीडीसीबी-ले पहाडका किसानहरुसँग कच्चा मह संकलन गरी यसलाई सहयोग गर्दै आएको थियो। दुई महिनाको प्रयासपछि आईभी र दुई अन्य मह उत्पादक प्राथमिक कृषि सहकारी संस्थाहरु मिनरल स्प्रिङ पीएससी र घैयाबारी अंचल पिएससी बीच सम्झौता भएको छ। सहकारी संस्थाले जानकारी गराए अनुसार,सहकारी संस्थाको सम्झौता कोलकाताबाट आएका राज्य नोडल अधिकारी र पीएमयु सेल-का प्रतिनिधिहरुको उपस्थितिमा भएको हो। कार्यक्रम डीसीडीसीबीका अध्यक्ष केशव राज पोख्रेलको अध्यक्षतामा सम्पन्न भयो। आजै पीएससी-हरुले सुरुवाती संकेतको रुपमा आईभीलाई लगभग 40 लिटर मह हस्तान्तरण गरेका छन्। यस वर्षको लक्ष्य एक हजार लिटर मह उपलब्ध गराउने रहेको छ। आईभी बहुउद्देश्यीय सहकारी संस्थाले पहिले नै दुबई जस्ता विदेशी बजारमा मह बिक्रीको अनुमति प्राप्त गरेको छ। यो पहल किसानहरुको सशक्तिकरण र स्थानीय युवाहरुलाई घरमा नै रोजगारी सिर्जना गर्ने ऐतिहासिक कदम हो। भविष्यमा थप पहलहरु अगाडि बढ्ने योजना छ,सहकारी संस्थाको दाबी छ।










