Groundbreaking ceremony for the construction of Maltum-ten Number Road
Groundbreaking ceremony for the construction of Maltum-ten Number Road

माल्तुम-दश नम्बर सडक निर्माणको लागि शिलान्यास

Share this news

मानेडाँडा ग्राम पञ्चायतमा माल्तुम–दश नम्बर सडक निर्माणको भव्य शिलान्यास कार्यक्रमबीच सम्पन्न भयो। यस कार्यका लागि स्थानीयले गोर्खाल्यान्ड क्षेत्रीय प्रमुख कार्यपाल अनीत थापाप्रति कृतज्ञता व्यक्त गरे। तकदाह–ग्लेनवर्ण समष्टि अन्तर्गत मानेडाँडा ग्राम पञ्चायत संसद् नम्बर २ मा माल्तुमदेखि दश नम्बरसम्मको सडक निर्माण कार्यको परियोजनाले स्थानीय वासिन्दाहरूलाई विकासको लागि नयाँ ढोका खोलेको छ भने क्षेत्रीय समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रममा खरसाङ महकुमा महासचिव तथा एमओडी सभासद् प्रणाम रसाइली, समष्टि पर्यवेक्षक तथा सूचना तथा प्रचार अधिकारी (पीआरओ) विज्ञान मिश्र, रङली-रङलियट खण्डका कार्यकारी अभियन्ता स्वर्णीम थापा र मानेडाँडा ग्राम पञ्चायतकी प्रधान श्रीमती पासाङकित लेप्चाले संयुक्त रूपमा शिलान्यास गरेका थिए। समष्टि उपाध्यक्ष प्रभाकर गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सुरुवात पास्टरको बाइबल वाणी र आशीर्वादबाट भएको थियो।
कार्यक्रममा समष्टि महासचिव सुशोभित गुरुङ, केन्द्रीय समिति सदस्य सन्जय सुब्बा, समष्टि सल्लाहकार पदम गुरुङ, मानेडाँडा ग्राम खण्ड सभापति बिजय राई तथा सचिव प्रतिम राई, समष्टि युवा शक्ति सभापति मणि कुमार राई, सिग्रीम्ताम-ग्लेनवर्ण खण्ड स्तरीय सभापति अजित राई तथा सचिव जीवन थुलुङ, समष्टि युवा शक्ति उपाध्यक्ष सुदिप नन्दी, समष्टि कोषाध्यक्ष धिरज राई लगायतका नेताहरूको उपस्थिति रहेको थियो। यसैगरी, मानेडाँडा ग्राम पञ्चायतका संसद् सदस्यहरू प्रणय राई र रोशनी तामाङ, सिग्रीम्ताम उप–प्रधान प्रवीण राई, पञ्चायत समितिका सदस्यहरू राजेश सुब्बा र श्रीमती सुरेखा चाम्लिङ, सिग्रीम्ताम खण्ड समिति सह–सचिव विनोद सुब्बा, मानेडाँडा खण्ड समिति संगठन सचिव राकेश रामुदामु, शाखा सभापति जय कुमार कुलुङ तथा सचिव पूर्ण बहादुर थापासहित समाजका वरिष्ठ सदस्यहरू र स्थानीय सर्वसाधारणको पनि उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा स्वागत मन्तव्य मानेडाँडा उप-प्रधान नथिनियल लेप्चाले प्रस्तुत गरेका थिए भने सम्पूर्ण कार्यक्रमको सफल सञ्चालन मानेडाँडा ग्राम खण्ड स्तरीय सचिव प्रतिम राईले गरेका थिए। स्थानीय वासिन्दाहरूले प्रमुख कार्यपाल अनित थापाप्रति विशेष धन्यवाद जज्ञापन दिँदै उनको अथक प्रयास, लगनशीलता, निरन्तर पहल र कुशल नेतृत्वका कारण यो विकास परियोजना सम्भव भएको बताएका छन्। एक स्थानीयले भने, “उहाँको पहलले हामीले विकासका नयाँ ढोका खोल्न सफल भयौं, यसका लागि हामी सधैं कृतज्ञ रहनेछौं।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ