टासी साम्तेनलिङ गुम्बामा पाँच दिवसीय तारादेवी पूजा समापन

Share this news

खरसाङ, (निसं): खरसाङको मन्टिभियट रोडमा रहेको टासी साम्तेनलिङ गुम्बामा गत 24 नोभेम्बरदेखि आरम्भ भएको पाँच दिवसीय आर्यतारा देवी (डोल्मा) पूजा समाप्त भएको छ। शुक्रवार गुम्बामा टुल्कु रिम्पोर्छे कुनसाङ राङडोल अनि अन्य लामाहरूद्वारा बिहान 9 बजेदेखि छोक पूजा सम्पन्न गरिएको थियो। छोक पूजापछि बेलुकी चार बजेदेखि टुल्कु रिम्पोर्छे कुनसाङ राङडोलले भक्तजनलाई दिर्घायुको अभिषेक वाङ वितरण गरेका थिए। गुम्बामा खरसाङ शहर लगायत वरिपरि क्षेत्रका भक्तजनहरूको बिहानैदेखि उपस्थिति रहेको थियो। शुक्रवार वाङ वितरणको कार्यक्रम दिउँसो 130ः बजेदेखि राखिएको भए तापनि छोक पूजाको कार्यक्रम निकै लामो समयसम्म चलेकोले रिम्पोर्छेबाट बेलुकी चार बजेदेखि वाङ वितरणको कार्यक्रम आरम्भ गरिएको थियो। तामाङ बुद्धिष्ट एसोसिएशन एवं टासी साम्तेनलिङ गुम्बाको आयोजनामा सम्पन्न यस पाँच दिवसीय आर्य तारा देवी पूजा तथा डोल्मा पूजा अनि मन्त्र जप सोमवार 24 नोभेम्बरदेखि आरम्भ गरिएको थियो। तामाङ बिद्धिष्ट एसोसिएशन एवं टासी साम्तेनलिङ गुम्बाका अध्यक्ष यूएस तामाङले बताए अनुसार एसोसिएशनको सभामा लिइएको निर्णय अनुसार यो पूजाको पूर्ण सफलताको साथमा सुचारु ढंगमा सम्पन्न गरियो। यस पूजामा प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म पूजाको कार्यक्रम रहेको थियो भने साँझ 415ः देखि 5 बजेसम्म मन्त्र जपको कार्यक्रम सम्पन्न गरिएको थियो। 28 नोभेम्बरको दिन बिहान 9 बजेदेखि छोक पूजा आयोजना गरियो अनि छोक पूजापछि टुल्कु रिम्पोर्छे कुनसाङ राङडोलको बाहुलीबाट दीर्घायुको अभिषेक छे-वाङ प्रदान गरियो। युएस तामाङले गुम्बामा यसरी वर्षभर विभिन्न पूजाको आयोजना गरिने गरिएको बताउदै यो पूजा तिथि अनुसार सम्पन्न गरिएको हो भनी बताएका छन्‌‍।


Share this news
आजको रोजाइ
दिलीपकुमार बराइली जस्ता एक योग्य भरपर्दो व्यक्तिलाई समाजले गुमायोः जागृति परिवार

दिलीपकुमार बराइली जस्ता एक योग्य भरपर्दो व्यक्तिलाई समाजले गुमायोः जागृति परिवार

पार्मटी अध्नयक्ष  घिसिङ अनि अन्य नेतृत्वहरूले दिल्लीमा निभाउन पर्ने भूमिका निभाउदैछन्ः गोरामुमो

पार्मटी अध्नयक्ष घिसिङ अनि अन्य नेतृत्वहरूले दिल्लीमा निभाउन पर्ने भूमिका निभाउदैछन्ः गोरामुमो

टासी साम्तेनलिङ गुम्बामा पाँच दिवसीय तारादेवी पूजा समापन

टासी साम्तेनलिङ गुम्बामा पाँच दिवसीय तारादेवी पूजा समापन

बाईपास रोडको हावा घर सोचनीय बन्दैछ

बाईपास रोडको हावा घर सोचनीय बन्दैछ

भागोप्रमो टुङ सन्तमेरिज समष्टिको सभा

भागोप्रमो टुङ सन्तमेरिज समष्टिको सभा

सशस्त्र सीमा बल मुख्यालयद्वारा आयोजित फुटबलमा विष्ट

सशस्त्र सीमा बल मुख्यालयद्वारा आयोजित फुटबलमा विष्ट

गोरामुमो सोनादा पचेङ्ग समष्टिको सांङ्ठनिक सभा सम्पन्न

गोरामुमो सोनादा पचेङ्ग समष्टिको सांङ्ठनिक सभा सम्पन्न

गोपालसिंह नेपाली बस्नेतमाथि सङ्गोष्ठी ३० नोभेम्बरमा हुने

गोपालसिंह नेपाली बस्नेतमाथि सङ्गोष्ठी ३० नोभेम्बरमा हुने

त्रिपूरामा अजय एडवर्डसको जोश पूर्ण आह्वान

त्रिपूरामा अजय एडवर्डसको जोश पूर्ण आह्वान

गोर्खा भाषाको गलत प्रस्तुतिकरणप्रति भागोपको कडा आपत्ति

गोर्खा भाषाको गलत प्रस्तुतिकरणप्रति भागोपको कडा आपत्ति

आजको रोजाइ