लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

Share this news

खरसाङ: खरसाङका विधायक बीपी बजगाईँले सांसद राजु विष्टलाई लोकसभामा प्राइभेट मेम्बर बील ल्याउने सुझाउ दिएका छन्‌‍। सांसदले लोकसभामा प्राइभेट मेम्बर बील ल्याएको खण्डमा विभिन्न राजनीतिक दलहरूको समर्थन जुटाउन आफूले सहयोग गर्ने यसको निम्ति आफू सड़कमा निस्कने समेत बजगाईँले बताएका छन्‌‍। तिनले भनेका छन्‌‍, मैले प्राइभेट मेम्बर बील ल्याउदा पार्लियामेन्टमा पास हुन्छ, मैले प्राइभेट मेम्बर बील ल्याएर संसदमा ड्रामा गर्नु भनी सांसदले भन्दैछन्‌‍। यो ड्रामा होइन, जनतालाई झुक्याइएको पनि होइन। यो लोकतन्त्रको एक महत्वपूर्ण अभिन्न अङ्ग हो। प्राइभेट मेम्बर बील ल्याइएको खण्डमा बीलमा नम्बर लाग्छ, यो अनुमोदित हुन्छ, यसमाथि बहस हुन्छ, इतिसाह बन्छ, यस बीलले जनताको आकाङ्क्षालाई प्रतिनिधित्व गर्छ। विधायकले नेपाली भाषा मान्यता प्रक्रियाको उदाहण दिँदै भनेका छन्‌‍, 1991 मा तत्कालिन सिक्किमकी सांसद दिलकुमारी भण्डारीले पनि नेपाली भाषा मान्यताको मागको निम्ति लोकसभामा प्राइभेट मेम्बर बील ल्याएकी थिए, त्यसको दस्तवेज हामीसित उपलब्ध छ। सांसद भण्डारीले लोकसभामा प्राइभेट मेम्बर बील रणनीति र योजना पूर्वक ल्याएकी थिए। भण्डारीले धेरै सांसदहरूको समर्थन पनि जुटाएकी थिए। प्राइभेट मेम्बर बील सदनमा आउँदा सरकार अत्तालिएको थियो। यो बीलमाथि बहस पनि भयो, सरकारले मणिपूरी, कोङ्कणी र नेपाली भाषाको निम्ति सरकारी बील ल्याउने प्रतिश्रुति दिएपछि प्राइभेट मेम्बर बील फिर्ता लिन भनिएको थियो। त्यही प्राइभेट मेम्बर बीलबाट संसदमा आरम्भ भएको प्रक्रियाबाट नेपाली भाषाले संवैधानिक मान्यता पाएको हो। दिलकुमारी भण्डारीले त्यस समय ड्रामा गरेकी थिएनन्‌‍। त्यस समय नकारात्मक सोच राखिएको थियो भने नेपाली भाषाले मान्यता पाउँदैन थियो। बजगाईँले दावी गर्दै भनेका छन्‌‍, मैले सांसदलाई दुई वर्ष अघि नै प्राइभेट मेम्बर बील लोकसभामा ल्याउने सुझाउ दिएको थिएँ। मैले यसको निम्ति पूर्ण सहयोग गर्ने वचन समेत दिएको थिएँ। हो प्राइभेट मेम्बर बील सदनमा पास हुने सम्भावा कम रहन्छ। स्वतन्त्रतापछि अहिलेसम्म ल्याइएका हजारौँ बीलहरूमध्ये 13-14 वटा मात्र पास भएका रिकर्ड छ, तर यो असम्भव पनि होइन। सांसदले क्रश पार्टी समर्थन जुटाउन सक्नु पऱ्यो, दबाव सृजना गर्न सक्नु पऱ्यो। यदि काम गर्ने इच्छा राख्छन्‌‍ भने हामी क्रश पार्टी समर्थन जुटाउन सहयोग गर्नेछौँ। म आफै मैदानमा उत्रन्छु तर अघि बढ़न पऱ्यो। बील पास नहोल तर सदनमा बहस त हुन्छ, जनाकाङ्क्षा सदनमा आउछ, एउटा राजनीतिक मार्गको शुरुवात त हुन्छ। तिनले सकारात्मक सोच र उर्जा राखेर काम गर्ने सुझाउ सांसदलाई दिँदै पूर्व सांसद दिलकुमारी भण्डारीले यसै अनुरुप कार्य गरेको दावी गरेका छन्‌‍।


Share this news
आजको रोजाइ
गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने