राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (NHIDCL) का NH 717A र NH 10 का जिम्मेवार अधिकारीहरू, राष्ट्रिय जलविद्युत निगम (NHPC) का अधिकारीहरू, र भारतीय रेलवे निर्माण अन्तर्राष्ट्रिय लिमिटेड (IRCON) का अधिकारीहरूसँग कालेबुङमा भएको बहु-एजेन्सी समीक्षा बैठक नेतृत्व सांसद राजु विष्टले गरेका थिए। उक्त चलिरहेको परियोजनाहरू, तीमा भएको प्रगतिको स्थिति, र ती परियोजनाहरू कार्यान्वयन गर्दा भोगिरहेका कठिनाइहरूबारे छलफल भएको थियो। स्मरणीय छ, गत वर्षको मनसुन र अक्टोबर महिनामा भारी वर्षापछि हाम्रो क्षेत्रका धेरै सडकहरूमा ठूलो क्षति भएको थियो, विशेष गरी NH-10 मा, र केही स्थानहरूमा NH717A मा। त्यसयता, NHIDCL ले क्षेत्रको सबै मौसमको सडक निर्माणतर्फ छिटो प्रतिक्रिया दिएको छ। उनीहरूले NH-10 उन्नति र विभिन्न स्थानहरूमा चौडाई बढाउने कामको लागि पहिले नै टेन्डर जारी गरिसकेका छन्। ढलान स्थिरीकरणको काम पनि छिटो भइरहेको छ।
यसका साथै, NH-10 का लागि नयाँ ग्रीनफिल्ड सडक विकल्पको सम्भाव्यता अध्ययन पनि भइरहेको छ, र अध्ययन पूरा भएपछि उनीहरूले कार्यान्वयनको अर्को चरणमा जाने सांसद राजु विष्टले बताए।
NHPC का पदाधिकारीहरूले उनलाई जानकारी दिए, विगत ९/१० वर्षमा, उनीहरूले स्थानीय क्षेत्र विकास कोष (LADF), कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) मार्फत स्थानीय समुदायलाई सहयोग, नदी संरक्षण र पर्खाल संरक्षणमा १२६ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्। विष्टले परियोजनाहरूको विवरण मागेका छन्, ताकि यो जानकारी जनतालाई साझा गर्न सकियोस्। IRCON ले उनलाई जानकारी दिएको छ, सेवोक-राङपो रेललाइनमा ८५% काम सम्पन्न भइसकेको छ, र उनीहरूले निरन्तर प्रगति गर्दैछन्।
विष्टले स्थानीय गाउँ र समुदायहरूले हाल सञ्चालन भइरहेका परियोजनाहरूका कारण भोगिरहेका विभिन्न समस्याहरू पनि उठाएका थिए। ती तीनवटा निकायहरूले विष्टले उठाएका समस्याहरू समयमै समाधान गर्ने आश्वासन दिएका छन्।
हाम्रो क्षेत्रका लागि भरपर्दो र वर्षभरि प्रयोगयोग्य सञ्जाल पुनर्स्थापना गर्ने प्रयासहरू जारी भन्दै सांसद राजु विष्टले जनतालाई आगामी दिनहरूमा विश्वस्तरीय सबै मौसममा प्रयोगयोग्य सडक सञ्जाल हुने आश्वसन दिए।











