MSME Awareness Program to Strengthen the Entrepreneurial System
MSME Awareness Program to Strengthen the Entrepreneurial System

उद्यमशील प्रणालीलाई सुदृढ पार्न एमएसएमई सचेतना कार्यक्रम

Share this news

एमएसएमई–विकास तथा सुविधा कार्यालय (MSME-DFO),गान्तोक, एमएसएमई मन्त्रालय, भारत सरकारले मङ्गनमा उत्तरी पूर्वी क्षेत्र र सिक्किमका लागि एमएसएमईको प्रवर्धन सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम मङ्गलबार आयोजना गरेको थियो।
कार्यक्रमको उद्देश्य स्थानीय उद्यमीहरूको क्षमता विकास गर्नु र सूक्ष्म, साना तथा मध्यम उद्यम (MSMEs) लाई समर्थन र प्रवर्धन गर्न निर्माण गरिएका विभिन्न केन्द्रिय योजनाबारे जनचेतना फैलाउनु रहेको थियो। सो भेलामा मुख्य अतिथिका रुपमा क्षेत्रीय विधायक र सामाजिक कल्याण, WCSC&D कल्याण तथा मुद्रण र स्टेशनरी विभाग, सिक्किम सरकारका मन्त्री साम्दुप लेप्चाले आफ्नो उपस्थिति जनाएका थिए। उनको आगमनलाई MSME-DFO का अधिकारीहरूले हार्दिक स्वागत गरे।

उनलाई स्वागत गरिएको भाषणमा, MSME-DFO गान्तोकका सह-निर्देशक, एन. चौधुरीले कार्यक्रममा राखिएका उद्देश्यहरूलाई प्रकाश पारे अनि आर्थिक विकास, स्वरोजगार अनि स्थानीय औद्योगिक विकासमा MSMES को महत्वपूर्ण भूमिकामा जोड दिए। कार्यक्रममा प्रमुख अतिथि लगायत अन्य अतिथिहरूले पनि आफ्ना विचार व्यक्त गरेका थिए, जसमा जिल्ला कलेक्टर, मङ्गन अनन्त जैन, जिल्ला अध्यक्ष, मङ्गन जिल्ला, काडो लेप्चा, विशेष पदाधिकारी, लाचेन मङ्गन निर्वाचन क्षेत्र, छिरिङ वाङ्ग्याल भुटिया प्रमुख रहेका थिए। सबै वक्ताहरूले उद्यमशीलताका अवसरहरू विस्तार गर्ने, बजार सम्बन्ध सुदृढ गर्ने, ऋण र पूर्वाधार पहुँच सुधार गर्ने तथा ग्रामीण र अर्ध-शहरी उद्यमहरूलाई लाभ पुर्याउन संस्थागत समर्थन निर्माण गर्ने आवश्यकतामा जोड दिएका थिए।
उद्घाटन भाषण गर्दै मुख्य अतिथि साम्दुप लेप्चाले कार्यक्रम आयोजना गरेकोमा MSME-DFO को प्रशंसा गरे अनि यस प्रकारका कार्यक्रमहरूले स्थानीय युवा, कारीगर अनि पहिलो पुस्ताका उद्यमीहरूलाई सशक्त बनाउनेमा महत्वपूर्ण भूमिका राख्ने बताए। उनले विभिन्न केन्द्रीय योजनाहरूका लाभ जिल्लाका सबैभन्दा टाढा क्षेत्रसम्म पनि उद्यमीहरूलाई पुर्‍याउने सरकारको प्रतिवद्धता दोहोर्याए। कार्यक्रमको हिस्साको रूपमा, कर्मचारी भविष्योन्मुख कोष संगठन (EPFO), गान्तोकले कर्मचारी कल्याण र सामाजिक सुरक्षामा केन्द्रित एक समर्पित पहुँच कार्यक्रम सञ्चालन गर्यो।
केसाङ तेन्जिङ, क्षेत्रीय PF कमिश्नरले सहभागीहरूलाई प्रधानमन्त्री विकसित भारत योजना (PMVBY) र कर्मचारी दर्ता अभियान (EEC) लगायतका प्रमुख पहलहरूमा संक्षिप्त जानकारी दिए। उनले समयमै दर्ता गर्ने फाइदा, सामाजिक सुरक्षा कवरेजमा वृद्धि, र सुधारिएको श्रम नियामक ढाँचामा नियोक्ता अनुपालनमा सुधारको महत्वमा प्रकाश पारे। उनले प्रमुख अतिथिलाई २१ नोभेम्बरमा लागू गरिएका नयाँ श्रम संहिताका प्रावधानहरूको बारेमा जानकारी गराए र त्यसका साना र मध्यम उद्यम (MSMES) र व्यवसाय सञ्चालनमा सहजताका लागि प्रभावहरूको व्याख्या गरे। मन्त्रीले यो अपडेटको सराहना गर्दै राज्यभर प्रभावकारी कार्यान्वयनका लागि समन्वित प्रयासको आवश्यकतामा जोड दिए।
प्राविधिक सत्रमा विभिन्न प्रमुख योजनाहरू र समर्थन संयन्त्रहरूमा व्यापक प्रस्तुतीकरण प्रस्तुत गरियो: ती थिए, पीएम विकसित भारत रोजगार योजनाःकेसाङ तेन्जिङ, EPFO, भारतीय मानक ब्यूरो (BIS), प्रतिनिधि, BIS, PMEGP: एसके मीना, निर्देशक, KVIC गान्तोक, जिल्ला औद्योगिक केन्द्र (DIC) योजनाहरूः अर्जुन क्षेत्री, एनएसआईसी नेशनल एससी/एसटी हब: संजीव डेका, प्रमुख प्रबन्धक, एनएसआईसी सब-शाखा, सिलगड़ी, एनईआर र सिक्किममा एमएसएमई प्रवर्द्धन: डा. राहुल काम्बले, सहायक निर्देशक, एमएसएमई: डीएफओ गान्तोक।
प्रतिभागीहरूले क्रेडिट समर्थन, वित्तीय संयन्त्र, प्रविधि अपग्रेडेशन, गुणस्तर प्रमाणपत्र, निर्यात सहायता, मार्केटिङ्ग समर्थन, र साझा सुविधा केन्द्र र मिनी-प्रविधि हबहरूको विकास सम्बन्धी विस्तृत जानकारी प्राप्त गरे।
एक दिने यो सचेतना कार्यक्रमले एमएसएमई योजना, संस्थागत सम्बन्ध सुदृढीकरण र स्थानीय उद्यमीहरूको सशक्तिकरणबारे महत्वपूर्ण जानकारी वितरण गर्न सफल र व्यापक प्लेटफर्मको रूपमा काम गर्यो। यस कार्यक्रमले सिक्किम र उत्तर पूर्वी क्षेत्रमा जीवन्त, समावेशी र दिगो एमएसएमई इकोसिस्टम प्रवर्द्धन गर्ने सरकारको प्रतिवद्धतालाई पुनः पुष्टि गर्‍यो।
कार्यक्रमको अन्त ममेन्टोहरूको वितरण र अक्षय मुर्कुटे, सहायक निर्देशक, एमएसएमई-डीएफओ गान्तोकद्वारा धन्यवाद ज्ञापनसहित सम्पन्न भयो। यो कार्यक्रममा सिक्किम सुविधा आयोगका अध्यक्ष निम छिरिङ लेप्चा, मङ्गनका एमईओ कार्जोङ भुटिया, मङ्गन नगर पञ्चायतका पार्षद, अन्य आमन्त्रित व्यक्ति र स्थानीय जनता उपस्थित थिए, जसको सहभागिताले कार्यक्रमको सफलतामा ठूलो योगदान पुर्‍याएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ