National Unity Day observed at Putung Higher Secondary School

पुटुङ उच्च माध्यमिक विद्यालयमा राष्ट्रिय एकता दिवस पालन

Share this news

भारत नेपाल सीमावर्ती क्षेत्रको लोहागढ सशस्त्र सीमाबल एसएसबीको आयोजनामा मिरिक मुन्तिर पुटुङ उच्च माध्यमिक विद्यालयमा मङ्गलबार राष्ट्रिय एकता दिवस पालन गरियो। आज बिहान एसएसबी लोहागढ हेड क्वाटरका कमान्डर सुदिप दासको उपस्थितिमा पुटुङ उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू लगायत प्रधान अध्यापक महेन्द्र मोक्तान साथै शिक्षक शिक्षीकाहरूले हातमा शान्ति र एकताको प्ले कार्ड लिएर एक रैलीको आयोेजन पनि गरियो। त्यसपछि एसएसबीका जवानहरूद्वारा राष्ट्रिय एकता दिवसको विषयमा जानकारी गरिएको थियो। राष्ट्रिय एकताको विषयमा उपस्थिति विद्यार्थीहरूलाई शपथ गराउँदै आफ्नो देशको निम्ति सत्यनिष्ट भएर शान्ति बनाई राख्ने, आफू स्वयम् समर्पित भएर आफ्नो देशको सन्देश फैलाउँछु, आफ्नो देशको शान्ति र अखण्डताको भावना लिएर सरदार बल्लभभाइ पटेलको दूरदर्शिता सत्य भावना बनाइराख्छु। आफ्नो आन्तरिक सुरक्षा सुनिश्चित गर्न देशको निम्ति योगदान दिन पनि तयार छु भनि शपथ गराए। विद्यालयका प्रधान अध्यापक मोक्तानले लोहागढ एसएसबी हेड क्वाटरका सम्पूर्ण हदाधिकारीहरूलाई धन्यवाद दिए।


Share this news
आजको रोजाइ
गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने