Amber Gurung was awarded the Y.N. Bhandari Excellence Award

अम्बर गुरूङलाई प्रदान गरियो वाइएन भन्डारी उत्कृष्ट पुरस्कार

Share this news

वरिष्ठ पत्रकार अम्बर गुरुङलाई मनन केन्द्र, गान्तोकमा आयोजित राष्ट्रिय प्रेस दिवसको अवसरमा २०२५ को वाइ.एन. भण्डारी सर्वोत्कृष्ट पत्रकारिता पुरस्कारले सम्मानित गरिएको छ। उक्त पुरस्कार मुख्यमन्त्री प्रेमसिङ्म तामाङ गोलेको बाहुलीद्वारा प्रदान गरिएको थियो अनि सूचना तथा जनसम्पर्क विभागद्वारा आयोजना गरिएको थियो। यस सम्मानमा नगद पुरस्कार २ लाख रुपैयाँ, मायाको चिनो र प्रमाणपत्र समावेश छ।
लामा हट्टा, सिमग्रिमटाङ, दार्जीलिङमा जन्मेका गुरुङले सिक्किमको मुद्रित मिडियामा दुई दशकभन्दा बढी समय समर्पण गरेका छन्। उनले तथ्य, सन्तुलित र नैतिक रिपोर्टिङका लागि व्यापक सम्मान कमाएका छन्, जसले सूचित सार्वजनिक बहसमा ठूलो योगदान पुर्‍याएको छ अनि राज्यमा जिम्मेवार पत्रकारिताको मापदण्डलाई मजबुत बनाएको छ। उनी विगत २० वर्षदेखि भारतको प्रमुख नेपाली पत्रिकामध्ये एक हिमालय दर्पणसँग आवद्ध छन्। पत्रकारिताप्रतिको गुरुङको अडिग प्रतिवद्धताले युवा मिडिया पेशाकर्मीहरूलाई प्रेरित गर्ने र स्वतन्त्र, नैतिक तथा जिम्मेवार प्रेसका मूल्यहरूलाई कायम राख्ने कार्य जारी राखेको छ।


Share this news
आजको रोजाइ
गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

खरसाङ महकुमा अस्पताल परिसरमा आगो लाग्यो

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

80 वर्षीय वृद्धले 25 वर्षदेखि मतदान गर्न पाएनन्

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

लोकसभामा प्राइभेट मेम्बर बील ल्याइने सांसदलाई विधायकको सुझाउ

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

ब्लुमिङ याङगाङ २०२५ याङगाङ बजारमा भव्यरुपमा उद्घाटन

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

सिक्किम मिल्क युनियनले मनायो डा. भर्गीज कुरियन जयन्ती

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

वार्ड नं. ३ लोअर बजार, रङपोको लागि बैठक: डब्ल्युएलसी गठन

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

सिक्किमका प्रथम प्रहरी अधिकृत लाल बहादुर प्रधान

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने

कोरोनेशन ब्रिजको विकल्पको टेन्डर डिसेम्बर, २०२५ भित्र लिइने