कालेबुङ जिल्ला प्रहरीद्वारा सेफ ड्राइभ सेभ लाइफ पुरस्कार वितरण कार्यक्रम सोमबार आयोजन गरेको थियो। सन्दर्भमा सेफ ड्राइभ सेभ लाइफ पुरस्कार वितरण कार्यक्रम कालेबुङ जिल्ला प्रहरी कार्यालयले सम्मेलन हलमा आयोजित गरेको कार्यक्रममा श्रीहरी पाण्डे, IPS, SP कालेबुङ उपस्थित थिए। यसक्रममा दुर्गा पूजा समितिहरूलाई पुरस्कार प्रदान गरियो। जसमा ७ औं माइल यूथ कमिटी, कालेबुङलाई- SDSL सम्बन्धी उत्कृष्ट विषयका लागि। कालेबुङ जिल्ला आवासीय पूजा समितिलाई- SDSL सम्बन्धी उत्कृष्ट सचेतना प्रदर्शनका लागि अनि गोर्खा नवा ज्योति संघ, पन्डारा, गोरूबथानलाई – SDSL सम्बन्धी उत्कृष्ट सचेतना अभियानका लागि प्रदान गरियो। गणेश हाई स्कूलका प्रधानाचार्य र MVI, कालेबुङ पनि कार्यक्रममा उपस्थित थिए।











