दार्जीलिङ,24 नोभेम्बर(निसं):गोर्खा राष्ट्रिय मुक्ति मोर्चा(गोरामुमो) दार्जीलिङ ब्राञ्च कमिटीको सांङ्ठनिक सभा सम्पन्न भयो। छैटौं अनुसूची सम्झौता दिवस भव्य रूपमा पालन गरिने भएकोछ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) दार्जीलिङ ब्राञ्च कमिटीको सांङ्ठनिक सभा ब्राञ्च कार्यालय दार्जीलिङमा सम्पन्न भयो। दार्जीलिङ ब्राञ्च अध्यक्ष एमजी सुब्बाको अध्यक्षतामा भएको उक्त सभाको सञ्चालन सचिव पुरण राईले गरेका थिए। सभामा ब्राञ्च कमिटी, समष्टिका समिति तथा भ्रातृ संगठनका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। नयाँ र पुराना समष्टिका प्रतिनिधिहरुको समावेशनेसहित आयोजित यस महत्वपूर्ण सभामा पार्टीको आगामी राजनीतिक तथा सांङ्ठनिक कार्यक्रमबारे ब्राञ्च अध्यक्ष एमजी सुब्बाले विस्तृत जानकारी गराउँदै व्यापक छलफल गरेका थिए। सो जानकारी पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले दिएका हुन्।कार्यक्रमका क्रममा नयाँ चयन गरिएको समष्टि नेतृत्वलाई ब्राञ्च कमिटीले औपचारिक स्वागत गरेको थियो। रिम्बीक-लोधमा समष्टिका, रेलिङ-कैजले समष्टिका प्रतिनिधि समूह, तथा रंगबुल-धोतरिया समष्टिका नव अध्यक्ष रञ्जिता सुब्बालाई अध्यक्ष सुब्बाले खदा अर्पण गरेर बधाई तथा शुभकामना दिए, साथै पार्टीको सिद्धान्त, अनुशासन र संगठनात्मक प्राथमिकता दिँदै आगामी दिनहरूमा थप प्रभावकारी रूपमा काम गर्न निर्देशन पनि थिए।सभाले महत्वपूर्ण निर्णय गर्दै गोरामुमो दार्जीलिङ ब्राञ्चद्वारा आगामी 6 दिसम्बरको दिन छैटौं अनुसूची सम्झौता दिवस भव्य र योजनाबद्ध ढंगले मनाइने घोषणा गरियो।










