दार्जीलिङ,25 नोभेम्बर(निसं): आइतबार चारवटा कार्यक्रम एकै दिनमा गर्दै अन्त्यमा श्री सत्य साई बाबाको जन्मोत्सव हरेक वर्ष झैं यस वर्ष पनि माँ काली मन्दिर, रानीहिट्टी, राजबारीमा गुरूजी पाल्देन डुक्पा अनि माताजी रीना सुब्बाको अगुवाईमा धुमधामले पालन गरियो भनी साई भक्त कृषि प्रधान प्रेरणाले जानकारी गराएका छन्। कार्यक्रमको आरम्भमा उदघोषक समाजसेवी साहित्यकार कृष्ण प्रधान प्रेरणा-लाई खदाद्वारा सम्मान जनाउँदै कार्यक्रमको जिम्मेवारी सुम्पिएको थियो। कार्यक्रम बेलुकीको 5 बजीदेखि रातीको नौ बजीसम्म बडो हर्षोल्लासका साथ पालन गरियो। मुख्य रूपले कलकत्ताबाट श्री सत्य साई बाबाका अनन्य भक्त डा. बिप्लब मजुमदार (वैज्ञानिक), पटना बिहारबाट टुनटुन गुप्त, पंकज प्रसाद गुप्त र अनिल गुप्त अनि दार्जीलिङबाट स्वर्णिम प्रधान, बसन्ती माताजी कार्यक्रमको उपस्थित थिए।, नाँचेर श्री सत्य साई बाबाको १००औं जन्मोत्सव मनाइएको थि
यो भनी मन्दिरको पक्षबाट रीना सुब्बाले जानकारी दिएका छन्।
यो भनी मन्दिरको पक्षबाट रीना सुब्बाले जानकारी दिएका छन्।











