सुनील राईको बाह्रौं कृति प्रणामी धर्म पुस्तकको लोकार्पण

Share this news

दार्जीलिङ,25 नोभेम्बर(निसं):आईतबार दार्जीलिङको रोजब्यङ्क स्थित प्रणामी मन्दिरमा एक भव्य  समारोहवीच लेखक सुनील प्रणामी राईको प्रणामी धर्म पुस्तक केही तथ्य केही सन्दर्भ: श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदाय पुस्तकको विधिवत् लोकार्पण भयो। विभिन्न आध्यात्मिक र इतिहास पुस्तकलाई आधार गरेर प्रणामी धर्म इतिहासलाई खोजपूर्ण रूपमा लेखिएकाे पुस्तक परिचित साहित्यिक श्रष्टा सुनील राईको बाह्रौँ कृति हो, र जम्मा साढ़े तीनसय पृष्ठमा लेखिएको यस पुस्तकद्वारा सम्बन्धित सम्प्रदायको वृत्तान्त परिचय जगजाहेर हुने कुरो प्रणामी धर्मगुरु श्री 108 मोहन प्रियाचारजीले आफ्नो सम्बोधनमा बताए।
श्रीकृष्ण प्रणामी धर्मसभा दार्जीलिङ शाखाले आयोजना गरेको यस महत कार्यक्रममा  गुरुजी श्री 108 मोहन प्रियाचार्यजी महाराजले अध्यक्षता गरेका थिए अनि नेपाली भाषा साहित्यका विद्वान व्यक्तित्व डा. गोकुल सिन्हा प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए। प्रमुख अतिथिले पनि नितान्त रूपमा साहित्यिक सिद्धान्तलाई पालन गरेर लेखिएको यस पुस्तकबाट प्रणामी इतिहास आफूले पहिलो चोटी देख्न पाएको र यसद्वारा प्रणामी सम्प्रदायको परिचय, सिद्धान्त र अभीष्ट अब जन जनमा पुग्ने र सम्बन्धित साहित्यमा शोध गर्ने अध्येतालाई ठूलो सहायता हुनसक्ने कुरो बताए। यसका साथै प्रणामी सिद्धान्तलाई पालन गर्दै एउटा सुसंस्कृत परिवारमा हुर्केर महात्मा बनेका मोहनदास कर्मचन्दको गान्धीवाद देखेरै आफू पनि श्रीकृष्ण प्रणामी निजानन्द सम्प्रदायबाट धेरै प्रभावित रहेको कुरो स्पष्ट बताए।
लोकार्पित पुस्तकमाथि शोधपूर्ण वार्ता प्रस्तुत गर्दै प्राज्ञ समालोचक प्रोफेसर डा. देवचन्द्र सुब्बाले एकाध ठाउँ देखा परेको तक्निकी दोषलाई अर्को संस्करणमा परिमार्जन गर्नुपर्ने सुझाव दिँदै आजको सन्दर्भमा सरल भाषामा लेखिएको यस कृति सामान्य पाठकदेखि लिएर शोधार्थी अध्येताका लागि पनि उपकारी रहेको बताए। यस्तै प्रकारले पुस्तकमाथि नै चर्चा गर्दै वरिष्ठ साहित्यकार समालोचक प्रोफेसर डा. राजकुमार छेत्रीले पनि सम्बन्धित पुस्तक लेखेर सर्जक सुनील राईले आफूमा विद्यावारधि तहको सैद्धान्तिक शोधग्रन्थ लेख्न सक्ने क्षमता प्रस्तुत गरेको बताए।
पुस्तकका लेखक सुनील राईले बितेको कोभिड लकडाउनदेखि प्रारम्भ गरेर साढ़े चार वर्षमा यस कृति लेखी सिध्याएको कुराे प्रकाश पारे। यो कृति लेखन र प्रकाशनसम्मका यस लामो कालखण्डमा अनुभव गरेको तिता-मिठा सम्झना साझा गर्दै पुस्तक प्रकाशनका लागि दिल्लीको प्रतिष्ठित साहित्य प्रकाशन संस्था श्री प्राणनाथ मिशन अघि आएर आज पुस्तक सबैको हातमा पुग्न सकेको बताए। यसमा निर्देशकको रूपमा आफूलाई प्रशस्त सहयोग गरेका धर्मगुरु तथा प्रशिद्ध हिन्दी भाषी साहित्यिक स्रष्टा र द्रष्टा गुरुजी श्री 108 मोहन प्रियाचार्यजी महाराज प्रति स -सम्मान आभार प्रकट गरे। यसका साथै पुस्तक लेखन कार्यमा स्रोत पुस्तक र आवश्यक सुझाव पुरयाएका जम्मा दस जना सहयोगीलाई पनि रूमाल र स्मृति चिह्न प्रदान गरेर कृतज्ञता जनाए।कवि गीतकार कमल रेग्मीले सञ्चालन गरेकाे यस कार्यक्रममा प्रणामी सम्प्रदायका लोकप्रिय कलाकारहरू श्रीमती रोमा थापा ( तकभर), रोशन शेर्पा ( मङ्पु) र पुजन प्रणामी ( बड़ा पुबोंग)- ले सुन्दर भजन प्रस्तुत गरे तथा आयोजक समिति महासचिव मदन शर्मा र अध्यक्ष ज्ञानेन्द्र शर्माले क्रमैले स्वागत सम्बोधन र धन्यबाद ज्ञापन  गरे। यसका साथै पुस्तक प्रकाशक प्राणनाथ मिशन र समारोह आयोजक समिति श्रीकृष्ण प्रणामी धर्मसभा दार्जिलिङ शाखा अनि बाइज्यूराज संघ प्रति पनि आभार प्रकट गर्दै स्मृति चिह्न प्रदान गरे।दार्जीलिङ पहाडी भेगका साहित्यकार लगायत प्रणामी सुन्दरसाथहरुको बाक्लो उपस्थिति रहेको आजको कार्यक्रममा डा. गीता छेत्री, मञ्जुला तामाङ ( सुब्बा), डा. सीके राई, महेन्द्र प्रधान, विजय कुमार राई, सेवा निवृद्ध शिक्षक राजेश थापा र कृतिकारकी माता श्रीमती नन्द कुमारी राईले विशिष्ठ अतिथिका आसन सम्हालेका थिए।गुरुजी श्री 108 मङ्गलदासजी महाराजको तस्वीरमा दीप प्रज्ज्वलन गरेर आरम्भ गरिएको यस समारोहमा वक्ताहरुले भगवान श्री सत्य साई बाबाको शताब्दीऔं जन्मदिनको शुभकामना पनि साझा गरे।

Share this news
आजको रोजाइ
“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

आजको रोजाइ