CAP's West Pandam Constituency Coordination Meeting
CAP's West Pandam Constituency Coordination Meeting

क्याप पार्टीको वेस्ट पानडाम निर्वाचन क्षेत्रको समन्वय सभा

Share this news

सिटिजन एक्सन पार्टी-सिक्किमको वेस्ट पानडाम निर्वाचन क्षेत्रको क्षेत्र स्तरीय समन्वय सभा सिटिजन एक्सन पार्टीका अध्यक्ष गणेश राईको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा केन्द्रिय समितिबाट भुषण अधिकारी उपाध्यक्ष राजनीतिक मामला, दीपेन्द्र राई उपाध्यक्ष सिटिजन एक्सन पार्टी, जर्बो लेप्चा अधक्ष्य मङ्गन जिल्ला, कर्मा भुटिया अध्यक्ष ठेकेदार संघ, गजेन्द्र राई अध्यक्ष पाक्योङ्ग जिल्ला साथै जिल्लाका पदाधिकारी लगायत क्षेत्रीय स्तरका सदस्यहरुका सक्रिय उपस्थिति रहेको थियो।
वक्तव्यको क्रममा पार्टी अध्यक्षले निडर भई सबैलाई अघि बढ्ने आवहान गरे। संविधानले दिएको अधिकारलाई निडर भई प्रयोग गर्नु पर्छ अनि असत्यमाथि आवाज उठाउन सक्नु पर्छ भन्ने कुरामा जोर दिए। पार्टीले सत्तामा आएपछि कुनै जोइनिङ्ग कार्यक्रम नराख्ने कुरा बताए। यसैले अहिले खट्नु हुने कार्यकर्ताहरूले न्याय पाउने वाचा पनि गरे।
राजनीतिक मामिलाका उपाध्यक्ष भुषण अधिकारीले आफ्नो मन्तव्यमा प्रजातान्त्रिक प्रणालीमा हाम्रो सरकार रहे तापनि जनताले आफ्नो अधिकारको उपभोग गर्न नसकेकोमा अब यस्तो सहनु हुँदैन भन्दै सिटिजन एक्सन पार्टी सत्तामा आएपछि यो सबै कुराको पार्टीले ध्यान दिने कुरा बताए। सभामा पाक्योङ्ग जिल्लाका महासचिव मोहन छेत्री जिउले सभामा उपस्थित हुन आउने हाम्रो कार्यकर्ताहरुलाई रोकिएकोमा खेद प्रकट गरे। सभामा 18 वेस्ट पानडाम निर्वाचन क्षेत्रका अन्य वक्ता पी आर राई उपाधक्ष्य पक्योंग जिल्ला साथै श्रीमति इन्दिरा प्रधानले पनि सम्बोधन गरेका थिएl कार्यक्रमको संचालन बोदन शर्मा अध्यक्ष 18 वेस्ट पानडामले गरेका थिए भने धन्यवाद ज्ञापन राम बहादुर छेत्रीले गरेका थिए।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ