दार्जीलिङ, 22 नोमेम्बर (निसं): जोरबंग्लो-सुके पोखरी खण्ड पश्चिम बंगाल आँगनबारी कर्मी एंव सहकर्मी कल्याण समिति शाखाले सरकारले स्मार्ट मोबाइल फोन किन्न दिएको १० हजारमाथि गहिरो आपत्तिजनाएकोछ। यसै बिषय लिएर गत २० नोभेम्बरको दिन दार्जीलिङ आँगनबारी कल्याण समितिका उतर बंगाल जोनकी कार्यकारी सभानत्री मौसमी घोष अनि ब्लककमिटीका फुर्बा किमा शेर्पाकी अगुवाइमा दार्जीलिङ डीपीओसित भेटवार्ता गरी लिखित रूपमा १० हजारको फोनको बिरोधमा ज्ञापनपत्र बुझाएको जानकारी आँगनवाडी कर्मी केसाङ येल्मले दिएकी छिन्। एकीकृत बाल विकासपरियोजनाको सम्पूर्ण आँगनबाडी केन्द्रहरुमा पोषण अभियान अन्तर्गत कार्य गर्नको निम्ति प्रत्येक केन्द्रका आँ गनबाडी कर्मीहरुलाई स्मार्टफोन किन्न १० हजार रूपियाँ गत १८ अक्टोबरको दिन ब्याङ्क खातामा हालिएको आदेशमाथि मौसमी घोषले बिरोध जनाएकी छिन्। उनले भनिन्, १० हजार रूपियाँमा अहिले स्मार्ट फोन पाउन कठिन छ। सीम आफ्नो चलाउनु पर्ने बिभागको आदेश आँगनबारी कर्मी एंव सहकर्मीलाई अति नै अत्यचार भएको छ। अहिले बजारमा अण्डाको दाम ज्यादा भएको कारण दैनिक रूपमा केन्द्र संचालन गर्न कठिनाइ भइरहेको साथै सरकारले ग्यास पनि दिन नसकेको गुनासो आगंनबारी सङ्गठनको छ। यस अवसरमा सुके प्रोजेक्ट, दार्जीलिङ अर्बन प्रोजेक्ट, पुल बिजनबारी प्रोजेक्ट, मिरिक प्रोजेक्ट, खरसाङ अनि फाँसीदेवा प्रोजेक्ट आदिको उपस्थिति रहेको थियो। भेटवार्ता अवधि अधिकारी डीपीओद्वारा उच्च अधिकारीसँग यो बिषय राखिदिने वचन दिएको घोषले बताएकी छिन्।












