फोन किन्न दिएको १० हजारमा सङ्गठनको आपत्ति

Share this news

दार्जीलिङ, 22 नोमेम्बर (निसं): जोरबंग्लो-सुके पोखरी खण्ड पश्चिम बंगाल आँगनबारी कर्मी एंव सहकर्मी कल्याण समिति शाखाले सरकारले स्मार्ट मोबाइल फोन किन्न दिएको १० हजारमाथि गहिरो आपत्तिजनाएकोछ। यसै बिषय लिएर गत २० नोभेम्बरको दिन दार्जीलिङ आँगनबारी कल्याण समितिका उतर बंगाल जोनकी कार्यकारी सभानत्री मौसमी घोष अनि  ब्लककमिटीका फुर्बा किमा शेर्पाकी अगुवाइमा दार्जीलिङ डीपीओसित भेटवार्ता गरी लिखित रूपमा १० हजारको फोनको बिरोधमा ज्ञापनपत्र बुझाएको जानकारी आँगनवाडी कर्मी केसाङ येल्मले दिएकी छिन्। एकीकृत बाल विकासपरियोजनाको सम्पूर्ण आँगनबाडी केन्द्रहरुमा पोषण अभियान अन्तर्गत कार्य गर्नको निम्ति प्रत्येक केन्द्रका आँ गनबाडी कर्मीहरुलाई स्मार्टफोन किन्न १० हजार रूपियाँ गत १८ अक्टोबरको दिन ब्याङ्क खातामा हालिएको आदेशमाथि मौसमी घोषले बिरोध जनाएकी छिन्। उनले भनिन्, १० हजार रूपियाँमा अहिले स्मार्ट फोन पाउन कठिन छ। सीम आफ्नो चलाउनु पर्ने बिभागको आदेश आँगनबारी कर्मी एंव सहकर्मीलाई अति नै अत्यचार भएको छ। अहिले बजारमा अण्डाको दाम ज्यादा भएको कारण दैनिक रूपमा केन्द्र संचालन गर्न कठिनाइ भइरहेको साथै सरकारले ग्यास पनि दिन नसकेको गुनासो आगंनबारी सङ्गठनको छ। यस अवसरमा सुके प्रोजेक्ट, दार्जीलिङ अर्बन प्रोजेक्ट, पुल बिजनबारी प्रोजेक्ट, मिरिक प्रोजेक्ट, खरसाङ अनि फाँसीदेवा प्रोजेक्ट आदिको उपस्थिति रहेको थियो। भेटवार्ता अवधि अधिकारी डीपीओद्वारा उच्च अधिकारीसँग यो बिषय राखिदिने वचन दिएको घोषले बताएकी छिन्।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ