पेब्याण्ड पारा प्राथमिक शिक्षक संगठन सोनादाको बिदाई एवं सम्मान समारोह

Share this news

सोनादा: स्थायी पेब्याण्ड पारा प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्रको आयोजनामा बिदाई एंव सम्मान समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता हिल तराई प्राथमिक शिक्षक एसोसिएसन सोनादा सर्कलको सभापति प्रकाश राईले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहान उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा एआई प्रदीप सुब्बा, सुखिया खण्ड, एसआई आनन्द शर्मा सोनादा सर्कल, लोवर सोनादा ग्राम पञ्चायतको प्रधान बैजन्ती तामाङ, धोत्रे कलेजभेल्ली ग्राम पञ्चायतको प्रधान, पूर्व सभासद महेन्द्र प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमलाई चन्दन लकान्द्रीले सञ्चालन गरेका थिए। अतिथिहरुका बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा स्वागत सम्भाषण राजीव त्रिखत्रीले राखेका थिए कार्यक्रममा एमबी सरले कविता वाचन गरेका थिए भने गीत गोबिन्द सर, राजीव सर, निमा सर र शिक्षिका सबानी आदिले प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा अवकाशप्राप्त सातजना शिक्षक-शिक्षिकाहरुलाई सम्बर्ध्दनासहित बिदाई दिइएको छ। सोनादा क्षेत्रका उक्त सम्मानित शिक्षक शिक्षिकाहरु गत 1 सेप्टेम्बर 2024 देखि 31 अक्टोबर 2025 को समयावधिमा अवकाशप्राप्त भएका थिए। कार्यक्रममा एसआई आनन्द शर्मा, एआई प्रदीप सुब्बाले वक्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित जीटीएको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानले वक्तव्य राखेका थिए। यस विदाई एंव सम्बर्ध्दना कार्यक्रम जिल्ला बोर्ड सदस्य किरण बरदेवाले संयोजकत्व गरेका थिए। यस अवसरमा जिल्ला बोर्ड सदस्य किरण बरदेवाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै शिक्षक शिक्षिकाहरुप्रति आभार प्रकट गरेका छन्‌‍। उनले अवकाशप्राप्त शिक्षक-शिक्षिकाहरुलाई अवकाश जीवनको शुभकामना व्यक्त गर्दै आगामी दिनको लागि शुभकामना व्यक्त गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ