सार्वजनिक भवन निर्माण नभएको गुनासो

Share this news

तीनधारेः तीनधारेको गैरी गाउँमा रहेको गोदावरी संघले विगत सात वर्षदेखि तीनपल्टसम्म सम्बन्धित विभागमा ज्ञापन पत्र बुझाए पनि प्राप्त भएको छ। तीनधारेको गैरी गाउँस्थित गोदावरी संघले विगत 2018 सालदेखि गाउँमा सार्वजनिक भवन निर्माणको लागि खरसाङ सिञ्चाई विभागमा ज्ञापन पत्र बुझाउने कार्य गर्दै आएका छन्‌‍। यसको साथै जीटीए प्रमुख अनित थापाको तर्फबाट पनि 2020 सालमा सिफारिस पनि गरिएको तर अहिलेसम्म पनि गाउँमा सार्वजनिक भवन निर्माण नभएको गैरी गाउँस्थित गोदावरी संघको सचिव नारायण शर्माले जानकारी गराएका छन्‌‍। उनले बताए अनुसार गाउँमा सार्वजनिक भवन निर्माणको मांगमा 2018 मा खरसाङ सिँचाई विभागमा ज्ञापन पत्र बुझाएको अनि 2020 सालमा जीटीए प्रमुख अनित थापाले पनि सिफारिस गरेको अनि गत 7 सेप्टेम्बर 2025 मा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीलाई पनि ज्ञापन पत्र बुझाउँदै खरसाङ सिँचाई विभागमा पुनः सामुहिक रुपमा समाजको तर्फबाट हस्ताक्षर गरेर ज्ञापन पत्र बुझाएको जानकारी गराएका छन्‌‍। क्षेत्रीय सभासदले पनि सार्वजनिक भवन निर्माण गरिदिने पूर्ण आश्वासन दिएको बताएका छन्‌‍। उनले बताए अनुसार तीनधारेको गैरी गाउँस्थित गोदावरी संघ सन्‌‍ 1992 मा स्थापना गरिएको थियो जसमा 62 घर सदस्य रहेको र यस गाउँमा एउटा सार्वजनिक भवन अत्यन्तै आवश्यक रहेको छ। गोदावरी संघको सचिव नारायण शर्माले गैरी गाउँको लागि यहाँको खेल मैदान नजिकतिर सार्वजनिक भवन निर्माण गरिदिए असल हुने र यसको लागि पञ्जीकृत जमीन दिने व्यक्ति पनि रहेको तर स्थानीय सरकार र सम्बन्धित विभागले बनाई दिए असल हुने पनि बताएका छन्‌‍। उनले यहाँ सार्वजनिक भवनको निर्माण गर्नलाई स्थानीय फनेन्द्र उपाध्याय र प्रेमप्रसाद उपाध्यायद्वारा जमीन दिए पनि काम भने नभएको गुनासो गरेका छन्‌‍। उनले यस गाउँको जनताको माग अहिलेलाई सार्वजनिक भवन रहेको र विगत सात वर्षदेखि तीनपल्टसम्म सम्बन्धित विभागमा ज्ञापन पत्र बुझाएको भए पनि अहिलेसम्म सार्वजनिक भवनको निर्माण हुन नसकेकोमा समाजको तर्फबाट गुनासो गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ